१० आश्विन २०८०, बुधबार | September 27, 2023

भानुभक्तलाई नेपालीभाषीले आदर र सम्मान गर्न आवश्यक



नेपाली भाषाका आदिकवि भानुभक्तको जन्म धनञ्जय आचार्य र धर्मावतीदेवीका पुत्रको रूपमा तनहूँको रम्घामा विक्रम सम्वत १८७१ असार २९ गते भएको थियो । बाजे श्रीकृष्ण आचार्यबाट शिक्षा पाएका यिनले एउटा घाँसीको घाँस काटेर पाटी पौवा बनाउने इच्छाबाट केही न केही गरी नाम कमाउने प्रेरणा पाएका थिए भन्ने भनाइ छ । उनी सानैमा नेपाली भाषाको कवितामा बोल्थे, कवितामा गाउँथे र कवितामा नाच्थे । एक पटक एक जना बटुवाले उनको परिचय माग्दा उनले कवितामा नै जवाफ दिएका थिए ।

पहाडको अति बेस देश् तनहुँमा श्रीकृष्ण ब्राहृमण थिया ।
खुप् उच्चा कुल आर्यवंशि हुन गै सत्कर्ममा मन्दिया
विद्यामा पनि जो धुरन्धर भई शिक्षा मलाई दिया ।
इन्को नाति म भानुभक्त भनि हूँ यो जानि चिन्ही लिया ।

नेपाली भाषाका आदिकवि नेपाली साहित्यका प्राथमिक (प्रथम) कालका प्रतिनिधि कवि हुन् । उनी वाल्मीकि रामायणका अनुवादकका रुपमा प्रख्यात छन् ।

उनले प्रश्नोत्तर , भक्तमाला , वधूशिक्षा लगायतका कृतिहरू लेखेका छन् । मोतिराम भट्टले उनलाई पहिलो पटक नेपाली भाषाका आदिकवि उपाधि दिएका थिए । भानुभक्त आचार्य राणाकालीन संकटपूर्ण, अस्थिर वातावरणभित्र रामको आदर्श सृष्टि गर्ने एक मार्गदर्शक हुन् ।

मनुष्य जीवन र सम्पूर्ण संसारका प्रतीक रागीवन र मृत्युका प्रतीक रामको राजमहलबाट वनबास यात्रा लोकहितका निम्ति जस्तो पनि काम गर्नुपर्छ भन्ने आदर्श उनले प्रचार गरे । नेपाली जगतमा एकैपल्ट भाषा, साहित्य, संस्कृति, धर्म, दर्शन, परम्परा, चरित्र, मर्यादा, पितृप्रेम, भ्रातृत्व, दाम्पत्य, कर्तव्य, देशप्रेम, जनवात्सल्य जस्ता समग्र विषयको समन्वय एवं समष्टि भाव प्रदान गरेर भानुभक्तले नेपालको राष्ट्रिय विभूति जस्तो सम्मान पाएका हुन् ।

यिनै भानुभक्तको जन्मजयन्ती असार २९ गते विश्वभर रहेका नेपाली भाषी समुदायले मनाउने गर्छन् । भारतमा पनि भानुभक्त विशेष लोकप्रिय छन् । नयाँ दिल्लीमा सोमबार भएको कार्यक्रमको एक झलक यस्तो रह्यो :

विश्वभर छरिएर रहेका नेपाली भाषीहरुले २०६ औं भानुजयन्ति मनाईरहेका छन् । भानु जयन्तीकै अवसर पारेर भारतमा पनि परम पुज्यनीय स्वामी श्रद्धेय बालकृष्ण आर्चाय, आयुर्वेद केन्द्र पतन्जलि योगपीठको अध्यक्षको मार्गदर्शन आशिर्वादले निर्देशनमा ‘हाम्रो स्वाभिमान ट्रस्ट’ भारतले २०६औं भानु जयन्ती आदिकविलाई सम्मान गर्दै राष्ट्रिय कविता वाचन प्रतियोगिता कार्यक्रम २०२० आयोजना गर्यो । कार्यक्रममा भारतका विभिन्न राज्यमा निवासी साना साना बालबालिका सहित २० बर्ष सम्मका युवाले राष्ट्रिय कविता वाचन प्रतियोगिता भाग लिए ।

नयाँ दिल्लीमा आयोजित कार्यक्रममा हाम्रो स्वाभिमान ट्रष्टका महामान्त्री एड्भोकेट प्रेम क्षेत्रीले मन्तव्य राखे । त्यसो त, ट्रष्टले भानुभक्तको कृतित्व र व्यक्तित्वका आयामलाई समेटेर विगतदेखि नै विभिन्न कार्यक्रम आयोजना गर्दै आएको छ । यसपटकको कार्यक्रमको अध्यक्षता नारायण श्रेष्ठले गरे भने कार्य्रकमको संयोजना योगगुरु शिवलाल ज्ञवाली र सहसंयोजन राहुल कुँवरले रतन मल्ल, तेजराम न्यौपानेले गरे । कार्य्रकममा स्वागत मन्तव्य हाम्रो स्वाभिमान ट्रस्टका महामन्त्री एडोकेट प्रेम क्षेत्रीले राखे ।

भारतका विभिन्न राज्यका मुख्य व्यक्तित्वले नेतृत्व गर्दै नारायण ख़तिवडा महिला नेतृ शान्ति विश्वकर्मा असम ,पत्रकार रुबीन गुरुंग Gst , सूरज पाण्डे र नागार्जुन अधिकारी वनारस , श्रीमती मन्जु कार्की उत्तराखण्ड, नेतृत्व श्याम बोहरा, सीपी गिरी उत्तर प्रदेश , सिक्किम लगायतले पनि सहभागीता जनाए । कार्यक्रममा महिला नेतृत्व अनिता क्षेत्री , श्रीमति अन्जु मल्ल सहभागिता रहेको थियो ।

यसैगरी, कार्य्रकम विशेष अथितिहरू Norbu Tshering, DSP(Retd.)  सिलीगुड़ी, प्रोफ़ेसर हरीप्रसाद अधिकारी, बनारस, युवा समाजसेवी आरबी खड्का नयाँ दिल्ली, दुर्गा प्रसाद सुबेदी काठमाडौं, बिष्णु गुरुंग पत्रकार, महिला नेतृ ललिता दत्त ,महिला अध्यक्ष नेपाल , बहन साध्वी देवादिति पतन्जलि योगपीठ, हरिद्वार लगायतका अथितिहरूले कार्य्रकमलाई सम्बोधन गरेका थिए ।

कार्य्रकममा अथिति उत्तम क्षेत्रीले नेपाली भाषालाई भारतीय संबिधानमा कसरी मान्यता दिन सफल भएको थियो भन्ने बारेमा प्रकाश पारे । क्षेत्रीले लामो त्याग र योगदान बारेमा आफ्ना विचारहरू राखेका थिए ।

हाम्रो स्वाभिमान ट्रस्ट भारतले नेपाली भाषामा राष्ट्रिय कविता वाचन प्रतियोगिता कार्य्रकममा तीन ग्रुप बनाएको थियो । पहिलो उमेर ग्रुपमा पहिलो १० वर्षसम्म , जसमा प्रथम अनुष्का भण्डारी नयाँ दिल्ली, द्वितीय गौरवी कार्की उत्तर प्रदेश तृतीय अविनाश भण्डारी असम रहेका थिए । यसैगरी, दोस्रो उमेर ग्रुप १० बर्ष देखि १५ बर्षसम्म जसमा प्रथम ध्रुवराज भट्टराई असम द्वितीय शाश्वत उपाध्याय असम ,तृतीय आर्यन खवास सिलगुड़ी भए । यस्तै, तेस्रो उमेर ग्रुप १६ देखि २० वर्ष सम्मका प्रथम पार्थक दीयाली, दार्जिलिंग, द्वितीय प्रतिमा भुजेल GTA , तृतीय लमस गुरुंग सिलगुड़ी लगायत उपस्थिति थियो ।

हाम्रो स्वाभिमान ट्रस्टको आयोजित राष्ट्रीय कविता वाचन प्रतियोगिता निर्णायक मण्डलमा वरिष्ठ समजासेवी उत्तम क्षेत्री , हाम्रो स्वाभिमान ट्रस्टका संयोजक योगगुरु शिवलाल ज्ञवाली लगायतको टीम थियो । भानु जयन्तीको कार्य्रकम सञ्चालन डाक्टर योगगुरु मोहन कार्कीले गरेका थिए ।

नयाँ दिल्लीको कार्यक्रममा भएको यो कार्यक्रमको समाचार दृष्टान्त जोड्नाको कारण विदेशमा समेत नेपाली भाषा र संस्कृतिको संरक्षणको प्रयार कुन ढंगले भएको छ भन्ने देखाउन पनि हो । अब लागौं फेरि भानुभक्तकै चर्चामा ।

नेपाली भाषाका आदिकवि भानुभक्त आर्चाय बारेमा ठुलो योगदान पुर्याएका मोतिराम भट्ट नेपाली साहित्यका प्रथम गजलकार, जीवनीकार, समलोचक तथा माध्यमिक कालका प्रवर्तक थिए। थोरै बाँचेर नेपाली साहित्यमा अत्यन्तै धेरै योगदान पुर्याउने उनी नेपाली साहित्यका प्रेरक व्यक्तित्व, कुशल नायक र होनहार प्रतिभा मानिन्छन्।

मोतिराम भट्ट नेपाली साहित्यामा भानुभक्त आचार्य पछि आउने सशक्त व्यक्तित्व हुन्। उनले नेपाली भाषा साहित्यमा समालोचनाको सुरु गरे । भट्टले नै संवत् १९४८मा कवि भानुभक्त आचार्यको जीवनचरित्रलाई प्रकाशमा ल्याए। कवि भानुभक्त आचार्यको जीवनचरित्रमा मोतिराम भट्टले प्रभाववादी ढङ्बाट व्याख्यात्मक रूपमा भानुभक्तबारे प्रशंसा गरेको मानिन्छ। आफूले खोजेका कविलाई प्रतिभा सम्पन्न तथा सहज कवि थिए भन्ने प्रमाणित गर्न उनले त्यस जीवनचरित्रमा भानुभक्तले रचेका भनेर जताततै फुटकर सिलोकहरू देखाएका भनिन्छ।

नेपाली भाषा, साहित्य, संस्कृतिको क्षेत्र नेपाली वसोवास गर्दै आएका ठाउँ भारतमा – दार्जिलिङ, कालिम्पोङ, मेघालय, सिलाङ, आसाम, कलकत्ता, मणिपुर, नागाल्याण्ड, मुम्बई , देहरादून, बनारस आदि हुन्। विदेशमा– वर्मा, मलेसिया, सिङ्गापुर, अष्ट्रेलिया, इङल्याण्ड, अमेरिका भारत आदि देशमा विशेष उत्सवका साथ भानुजयन्ती मनाउने प्रचलन छ ।

नेपाली भाषा नेपालको राष्ट्रभाषा हो र भारतको सरकारी मान्यता प्राप्त भाषा हो । यी देश बाहेक भूटान, बर्मा वा नेपाल बाहिरका लाखौंको संख्यामा रहेका नेपालीहरूको मातृभाषा होस नेपाली भाषा भारतीय प्रान्त सिक्किम र पश्चिम बङ्गालको पनि राज्यभाषा (अधिकारिक भाषा) पनि हो।

नेपाली भाषा संस्कृतबाट विकसित भएको एक भाषा हो र नेपाली साहित्यको प्राचीन इतिहासको पत्ता लगाउन धेरै मुस्किल छ । किनभने धेरै विद्वानहरूले संस्कृतमा लेखेका छन । मानव मानवबीच भावना वा विचार सम्वेदना गर्ने माध्यम भाषा हो।

भाषा यस्तो साधन हो जसको माध्यमले हामी आफ्नो विचारहरूलाई व्यक्त गर्छौं र विचार व्यक्त गर्नलाई जुन पारिभाषित ध्वनिहरूको उपयोग गर्छौं ती सबै मिलेर एउटा सम्पूर्ण भाषाको उत्पत्ति गर्छन। प्रायः भाषालाई लिखित रूपमा व्यक्त गर्नको लागि लिपिहरूको सहायता लिनुपर्छ।

भाषा र लिपि, भाव व्यक्तीकरणको लागि दुई विभिन्न माध्यम हुन्। कुनै एउटा भाषालाई कयौं लिपिहरूमा लेख्न सकिन्छ, र दुई वा त्यो भन्दा बढी भाषाहरूलाई एउटै लिपिमा लेख्न सकिन्छ। उदाहरणार्थ पञ्जाबी, गुरूमुखी तथा शाहमुखी दुबै भाषाहरूमा लेखिन्छन् जबकि नेपाली, मराठी, संस्कृत, हिन्दी आदी सबै देवनागरीमा लेखिन्छ। देवनागरी एउटा लिपि हो। यो लिपि विशेष गरेर दक्षिण एसियामा प्रयोग हुन्छ । यो लिपि देब्रे देखि दायाँतर्फ लेखिन्छ । यो लिपि संस्कृत, नेपाली, नेवारी, हिन्दी, मराठी, भोजपुरी, मैथिली, पाली, रोमानी आदि भाषाहरू लेख्नमा प्रयोग भएको पाइन्छ ।

बहुभाषाभाषी मुलुकका जनतामा परस्पर सम्बन्ध सूत्र जोड्न आधार निर्माण गर्ने आधार व्यक्ति भानुभक्तको योगदान आजको सङ्घीय गणतन्त्रात्मक लोकतन्त्र नेपालमा उत्तिकै सान्दर्भिक छ । भानुभक्तका योगदानको स्मरण सँगै सम्मान गर्ने परम्परा अगाडि बढाउदा मात्र अन्य भाषाका आदिपुरुषहरूको पनि स्मृति र सम्मान गर्ने परम्परा विकसित हुदै जानेछ ।नेपाली भाषालाई सशक्त राष्ट्र भाषाका रूपमा दरो पार्ने काम भानुभक्तले गरे ।

‘नेपाली भाषालाई निक्खार र भावमय रूप दिने यिनै पहिला कवि हुन् ।’ आधुनिक भाषा तथा साहित्यका एउटा महान् जातीय कवि भानुभक्त हुन् । विविध वर्गका मानिसलाई मिलाउने एकताको मूलभाषा तथा संस्कृति प्रदान गरेर भानुभक्तले नेपाली मात्रको अनुपम सेवा गरे ।

’पण्डितहरूका विरोधमा जनपक्ष लिने भानुभक्त युगअनुसारका प्रगतिशील थिए ।’ यस्तै यस्ता असङ्ख्य उद्गारहरू, अभिव्यक्तिहरू, श्रद्धाञ्जलि र सद्भावनाहरू व्यक्त भएका छन् भानुभक्तप्रति नेपालीभाषामा काव्यात्मक गति प्रदान गर्नु अत्यन्त कठिन कर्म हो ।

यसर्थ राष्ट्रले दिएको ‘आदिकवि’को उपाधि पनि अपुग हुनजान्छ । परन्तु देशव्यापी रूपमा भानुजयन्ती मनाउने राष्ट्रिय परम्पराले भने केही श्रद्धा प्रकट गरेको देखाउँछ । यसकारण बहुआयामिक व्यक्तित्वका धनी भानुभक्तलाई हामी सम्पूर्ण नेपाली र नेपालीभाषीले आदर र सम्मानका साथ स्मरण गर्नुपर्ने देखिन्छ ।

(भारतको नयाँ दिल्लीमा क्रियाशील युवा समाजसेवी हुन् )

प्रकाशित मिति : २९ असार २०७७, सोमबार  २ : ३५ बजे

Tourism Minister welcomes foreign tourists

Kathmandu: Foreign tourists were welcomed at the Kathmandu-based Tribhuvan International

जसपाले दियो केन्द्रीय नेतालाई जिम्मेवारी

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले आफ्ना केन्द्रीय नेतालाई

मंगोलिया विरुद्ध नेपालको कीर्तिमानी जित

काठमाडौं । चीनमा जारी १९औं एसियाली खेलकुद अन्तर्गत भएको मंगलबार

पर्यटनमन्त्रीद्वारा विदेशी पर्यटकलाई स्वागत

काठमाडौं । विश्व पर्यटन दिवसका अवसरमा नेपाल आउने विदेशी पर्यटकलाई

Namaste Academy Receives Inspection and Praise from Ofsted Education Inspector

Rupandehi, Nepal, September 27, 2023 – In a significant milestone