२५ बैशाख २०८१, मंगलबार | May 7, 2024

अमेरिकी विदेशमन्त्री ब्लिन्कन र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता



काठमाडौं । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्कनले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता गरेका छन् । चीनको भ्रमणमा रहेका ब्लिन्कनले शुक्रबार राष्ट्रपति सीसँग भेटवार्ता गरेका हुन् ।

भेटपछि ब्लिन्कनले जिनपिङसँग चीनको समर्थन बिना रुसले यस युद्धमा कठिनाइहरूको सामना गर्ने बताएको उल्लेख गरेका छन् ।

सो भेटमा जिनपिङले चीन र अमेरिकाले प्रतिस्पर्धीका रूपमा नभई सहयोगीका रूपमा काम गर्नुपर्ने बताएका थिए । उनले प्रतिस्पर्धाको दुष्चक्रमा फस्नबाट जोगिनु पर्नेमा जोड दिएका थिए ।

तर, यस भ्रमणको सुरुमा चिनियाँ विदेशमन्त्री वाङ यीले ब्लिन्केनलाई अमेरिकाले चीनको मामिलामा सीमा नाघ्न नहुने बताएका थिए ।

अमेरिकी विदेशमन्त्री ब्लिन्केन अप्रिल २४ देखि चीनको तीन दिने भ्रमणमा छन् ।

प्रकाशित मिति : १४ बैशाख २०८१, शुक्रबार  ८ : ०६ बजे

माछापुच्छ्रे बैंक बन्यो कर्पोरेट सुपर सिक्सेस सिजन–७ को च्याम्पियन

काठमाडौं । माछापुच्छ्रे बैंकले नेकोस कर्पोरेट सुपर सिक्सेस सिजन–७ को

पेमेन्ट गेटवे प्रकरण : तत्कालीन प्रबन्ध निर्देशक पौडेललाई नौ वर्ष कैद र २३ करोडभन्दा बढी जरिवाना

काठमाडौं । विशेष अदालतले नेपाल टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सुनील

नेकपा एकीकृत समाजवादीले सरकार नछाडने

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले सरकारमा पार्टीको सहभागितालाई निरन्तरता दिने

लुम्बिनीमा रसियन बौद्ध सम्प्रदायको सहयोग, शान्तिको कामना गर्दै पाठ

लुम्बिनी । लुम्बिनी गुरुयोजना क्षेत्रभित्र रसियन बौद्ध समुदायको सहयोगमा तयार

सरकारले यातायात क्षेत्र नबुझ्दा समस्या भएको व्यवसायीको गुनासो

बुटवल । यातायात क्षेत्रसँग सम्बद्ध विभिन्न व्यक्तिहरुले सहजरुपमा यातायात व्यवसाय