२५ बैशाख २०८१, मंगलबार | May 8, 2024

पहिलो पटक हुम्ला पुगे दुई टिपर, स्थानीयले गरे फूलमालाले स्वागत



हुम्ला । राष्ट्रिय सडक सञ्जालसँग नजाडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम सिमकोटमा आज दुईवटा टिपर पुगेका छन् । नेपालगञ्ज, सुर्खेत हुँदै एक सातामा ती टिपर सिमकोट आइपुगेका हुन् ।

सदरमुकाम सिमकोटमा दक्षिण कर्णाली करिडोरको बाटो भएर पहिलो पटक हुम्ला पुगेका टिपर र चालक स्थानीयले फूलमालाले स्वागत गरेका छन् ।

उत्तरी नाम्खा गाउँपालिकाको च्याछरा भिर खण्डको सडक छिचोल्नका लागि आवश्यक १२ हजार डिजेल ढुवानी गर्ने क्रममा ती टिपर यहाँ आइपुगेका हुन् । नेपाली सेनाले निर्माण गरिरहेको सर्केगाड र खार्पुनाथ गाउँपालिकाको सीमा क्षेत्रमा पर्ने छारे भिर सडकखण्ड पार गरेर दुईवटा टिपर सिमकोट पुगेको जनाइएको छ ।

नाम्खाको च्याछरा भिर छिचोल्ने जिम्बा लिएको ओएसिस इन्जिनियर्स एन्ड बिल्डर्स प्रालिका प्रोपाइटर प्रेम कार्कीले सोही खण्डका लागि डिजेलको आवश्यक परेपछि टिपर हुम्ला ल्याइएको बताए ।

उनले च्याछरा सडक निर्माणका लागि डिजेल नहुँदा काम रोकिएपछि जिल्ला प्रशासन र मन्त्रालयमा आग्रह गरेपछि छारे खण्डबाट नेपाली सेनाले उक्त सवारी गुड्नका लागि अनुमति दिएको हो ।

छारे भिरबाट ती सवारी चल्न नदिएपछि तीन दिन स्याल्तडी बसेर विभिन्न प्रक्रिया पूरा गरेपछि टिपरलाई यहाँ आउन अनुमति प्राप्त भएको प्रोपाइटर कार्कीले बताए । टिपरले खार्पुनाथ गाउँपालिकाको कर्णाली नदी पार गरेर आएका हुन् । नेपाली सेनाले छारे सडक खण्डबाट अन्य कुनै पनि सवारी साधन र मानिसलाई सोही सडकबाट आवतजावत गर्न दिएको छैन ।

उत्तरी नाम्खाको च्याछरा सडक छिचोल्न बाँकी रहेको १७ किलोमिटर सडकका लागि अझै ३० हजार लिटर डिजेल आवश्यक पर्ने उनले बताए । च्याछरा सडकखण्ड आगामी असार १० गतेसम्म ठूला सवारी साधन गुड्नसक्ने बनाउने लक्ष्य भए पनि आवश्यक ‘म्याट्रल’ नहुँदा ढिलाइ भएको हो । उक्त सडक खण्डलाई असारमा ठूला सवारी सामान्य आवतजावत गर्न सकिने गरी कात्तिकमा सम्पन्न गर्ने कार्कीले बताए ।

प्रकाशित मिति : १४ बैशाख २०८१, शुक्रबार  १० : १६ बजे

नबिल डिवेन्चर २०८९ निष्काशनको बिक्री प्रबन्धकमा एसविआई मर्चेण्ट बैकङ्ग नियुक्त

काठमाडौं । नबिल बैंकले “८% नबिल डिवेन्चर २०८९” नामक ऋणपत्र

माछापुच्छ्रे बैंक बन्यो कर्पोरेट सुपर सिक्सेस सिजन–७ को च्याम्पियन

काठमाडौं । माछापुच्छ्रे बैंकले नेकोस कर्पोरेट सुपर सिक्सेस सिजन–७ को

पेमेन्ट गेटवे प्रकरण : तत्कालीन प्रबन्ध निर्देशक पौडेललाई नौ वर्ष कैद र २३ करोडभन्दा बढी जरिवाना

काठमाडौं । विशेष अदालतले नेपाल टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सुनील

नेकपा एकीकृत समाजवादीले सरकार नछाडने

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले सरकारमा पार्टीको सहभागितालाई निरन्तरता दिने

लुम्बिनीमा रसियन बौद्ध सम्प्रदायको सहयोग, शान्तिको कामना गर्दै पाठ

लुम्बिनी । लुम्बिनी गुरुयोजना क्षेत्रभित्र रसियन बौद्ध समुदायको सहयोगमा तयार