१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

सितापाईला दम्पत्ती हत्याकाण्डका फरार अभियुक्त १४ वर्ष पछि नेपालगन्जबाट पक्राउ



काठमाडौं । नेपाल प्रहरकिो केन्द्रीय अनुसन्धान व्यूरो (सीआइबी)ले काठमाडौंको सितापाईला सुबेदी दम्पत्तीको हत्यामा संलग्न मध्यका १ जनालाई हत्या भएको १४ वर्ष पछि पक्राउ गर्न सफल भएको छ । १४ वर्ष पहिले दम्पत्ती हत्या गरेर फरार रहेका मध्य १ जनालाई नेपाल भारत सिमाको नेपालगन्ज क्षेत्रबाट पक्राउ गरेको हो ।

दम्पत्ती हत्यामा संलग्न रहेको अभियोगमा सीआइबीले नेपालगन्जको नजिकको नेपाल-भारत सीमा क्षेत्रबाट ३४ वर्षिय जयकिशोर शाहलाई पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्यूरोका प्रवक्ता प्रहरी उपरिक्षक बेल बहादुर पाण्डेले बताए

२०६३ पुस २० गते काठमाडौंको सितापाइलास्थित कान्तिपुर सःमिलका सञ्चालक नातिकाजी सुवेदी र उनकी श्रीमती सानु सुवेदीको हत्या भएको थियो ।

सीआइबीका डीएसपी अनिल घिमिरेको कमाण्डमा खटिएको प्रहरी टोलीले शाहलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार काम बिगार्दा गाली गरेको विषयलाई लिएर सःमिलका कामदारहरु सहित पक्राउ परेका शाह र बाँकेका प्रताप रानाले धारिलो हतियार प्रहार गरी सुवेदी दम्पतिको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

सुवेदी दम्पति सःमिल नजिकै रहेको अमृत मैनालीको घरमा दुई छोराहरु सहित बस्दै आएका थिए। सुवेदी दम्पतिलाई अभियुक्तहरु शाह र रानाले धारिलो हतियार प्रहार गरी हत्या गरेका थिए भने सुवेदीको जेठा छोरा विलभ सुवेदीलाई समेत गम्भीर घाइते बनाएर फरार भएका थिए ।

सुवेदी दम्पतिको हत्यापछि अभियुक्तहरु भारत पुगेका थिए । शाहले जय शर्माको नामबाट भारतीय आधार कार्ड लगायतका कागजात बनाई पहिचानसमेत बदली भारतको लखनउमा बस्दै आएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

हत्याको घटनालाई सीआइबीले स्थापनाकालदेखि नै प्राथमिकतामा राख्दै आएको थियो । विलभ सुवेदीको निरन्तर सम्पर्क र सूचनाको आधारमा अन्तर्राष्ट्रिय स्तरमा समेत सूराकी परिचालन, प्राविधिक विश्लेषण, हुलिया सनाखत समेत गरी शाहलाई पक्राउ गरिएको सीआइबीका प्रवक्ता एसपी पाण्डेले बताए ।

हत्याको अभियोगमा फरार रहेका प्रताप रानालाई समेत प्रहरीले खोजी गरिरहेको छ । हत्या भएका बेला शाह २० वर्षका थिए ।

प्रकाशित मिति : २९ असार २०७७, सोमबार  ३ : ०२ बजे

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीबाट आह्वान भएको सर्वपक्षीय बैठक आज

सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

काठमाडौँ । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र, यस्तो छ कार्यतालिका

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा