२१ आश्विन २०८३, बुधबार | October 7, 2026

साधना लघुवित्तको आइपीओ बाँडफाँड, ६६ हजार १५२ जना आवेदकले पाए सेयर



काठमाडौं । साधना लघुवित्तले जारी गरेको आइपीओ असार २९ गते सोमबार बाँडफाँड भएको छ। बिक्रिकर्ता ग्लोबल आइएमई क्यापिटले सेयर बाँडफाँड गरेको हो । बाँडफाँडमा ६६ हजार १५२ जना आवेदकले १० कित्ताका दरले शेयर पाएका छन भने बाँकी आवेदकको हात खाली भएको छ ।

लघुवित्तले ७ लाख ७ हजार ८ सय कित्ता आईपीओ सर्वसाधारणका लागि बिक्री खुल्ला गरेको थियो जसमा ४ लाख ५५ हजार ७ सय २७ जनाले १ करोड ११ लाख ८७ हजार ९ सय ६० कित्ताका लागि आवेदन दिएका थिए।

कुल शेयरमध्ये ०.५० प्रतिशत अर्थात १० हजार ८९० कित्ता कर्मचारीका लागि र ५ प्रतिशत अर्थात ३५ हजार ३९० कित्ता शेयर सामूहिक लगानी कोषको लागि र बाँकी ६ लाख ६१ हजार ५२० कित्ता शेयर सर्वसाधारणमा बिक्री खुल्ला गरेको थियो।

इक्रा नेपाल लिमिटेडले कम्पनीको आईपिओलाई ग्रेड ४ रेटिङ दिएको छ । आईपीओ बिक्री पश्चात कम्पनीको चुक्ता पूँजी २१ करोड ७७ लाख ८० हजार पुग्ने कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : २९ असार २०७७, सोमबार  ६ : ३१ बजे

संसदीय टोली विपद् प्रभावित क्षेत्रको अवलोकन गर्दै

काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको ‘हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा

लेतेदेखि कोरलासम्म रोकिएका छन् पाँच सय बढी कन्टेनर

मुस्ताङ । मुस्ताङको लेतेदेखि कोरलानाकासम्म झन्डै पाँच सयको सङ्ख्यामा कन्टेनर

वर्षाका कारण कांग्रेसको बन्दसत्र प्रभावित

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आज चौथो दिनको बन्दसत्र

दसैँमा नयाँ पैसा लिन सजिलो : बैंकको एटिएमबाटै १०० को नोट पाइने

काठमाडौं । नेपाल राष्ट्र बैंकले यसपालिको दसैँलाई लगायतका चाडपर्वलाई लक्षित

कांग्रेसको बन्दसत्र सबैका लागि खुला, प्रत्यक्ष प्रसारण गरिने

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आज चौथो दिनको बन्द