१९ भदौ २०८३, शुक्रबार | September 4, 2026

साधना लघुवित्तको आइपीओ बाँडफाँड, ६६ हजार १५२ जना आवेदकले पाए सेयर



काठमाडौं । साधना लघुवित्तले जारी गरेको आइपीओ असार २९ गते सोमबार बाँडफाँड भएको छ। बिक्रिकर्ता ग्लोबल आइएमई क्यापिटले सेयर बाँडफाँड गरेको हो । बाँडफाँडमा ६६ हजार १५२ जना आवेदकले १० कित्ताका दरले शेयर पाएका छन भने बाँकी आवेदकको हात खाली भएको छ ।

लघुवित्तले ७ लाख ७ हजार ८ सय कित्ता आईपीओ सर्वसाधारणका लागि बिक्री खुल्ला गरेको थियो जसमा ४ लाख ५५ हजार ७ सय २७ जनाले १ करोड ११ लाख ८७ हजार ९ सय ६० कित्ताका लागि आवेदन दिएका थिए।

कुल शेयरमध्ये ०.५० प्रतिशत अर्थात १० हजार ८९० कित्ता कर्मचारीका लागि र ५ प्रतिशत अर्थात ३५ हजार ३९० कित्ता शेयर सामूहिक लगानी कोषको लागि र बाँकी ६ लाख ६१ हजार ५२० कित्ता शेयर सर्वसाधारणमा बिक्री खुल्ला गरेको थियो।

इक्रा नेपाल लिमिटेडले कम्पनीको आईपिओलाई ग्रेड ४ रेटिङ दिएको छ । आईपीओ बिक्री पश्चात कम्पनीको चुक्ता पूँजी २१ करोड ७७ लाख ८० हजार पुग्ने कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : २९ असार २०७७, सोमबार  ६ : ३१ बजे

त्रिशूली-३ ‘ए’को सुरुङमा एकजनाको शव फेला

काठमाडौं । रसुवास्थित माथिल्लो त्रिशूली-३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र उद्धारका

त्रिवि शिक्षण अस्पतालमा १९३ शव ल्याइएकामा २४ को पहिचान

काठमाडौँ । रसुवाको भोटेकोशीमा बाढीमा परी ज्यान गुमाएकामध्ये १९३ जनाको

सुनचाँदीको मूल्यमा वृद्धि, छापावाल सुन प्रतितोला ३ लाख ७ हजार ४ सय पुग्यो

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुन र चाँदी दुवैको मूल्यमा

उद्धारपछि सञ्जय साह – ‘सबैलाई बचाउने क्रममा म आफैँ फसेँ, महामन्त्र जप गर्दै बसेँ’

काठमाडौं । भोटेकोशी-त्रिशूली बाढीका कारण माथिल्लो त्रिशूली-३ ‘ए’ जलविद्युत् आयोजनाको

कृष्णभीरमा ट्र्याक खोल्न थालियो

चितवन । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीर माथिको डाँडामा ट्र्याक खोल्ने काम