३ पुस २०८२, बिहिबार | December 18, 2025

बाँकेमा सशस्त्र प्रहरीको बिओपी सुरक्षा गस्तीले भेटायो ठूलो परिणामको लागुऔषध 



नेपालगन्ज । बाँकेमा सिमा सुरक्षाका लागि खटिएको सशस्त्र प्रहरीले ठूलो परिमाणको लागुऔषध बरामद गरेको छ ।

बाँकेको कालाबञ्जरा क्षेत्रमा स्थापना गरिएको बिओपीबाट गएको सशस्त्र प्रहरीको गस्ती टोलीले बाँकेको डुडुवा गाउँपालिका-६, भज्जुपुर्वाबाट करीब ८० हजार मूल्य बराबरको ‘वेलसिरेक्स’ नाम गरेको लागुऔषध बरामद गरेको हो ।

सशस्त्र प्रहरी निरीक्षक गोरख सिँह भण्डारीको नेतृत्वमा गएको गस्ती टोलीले २ सय ३५ बोतल ‘वेलसिरेक्स’ लागुऔषध बरामद गरेको सशस्त्र प्रहरीले जनाएको छ । भारतबाट नेपाल तर्फ आईरहेको अवस्थामा सशस्त्र प्रहरीको टोली देखेपछि बोरामा बोकिएको लागुऔषध फालेर तस्कर फरार भएको सशस्त्र प्रहरी निरीक्षक भण्डारीले बताए ।

बरामद गरिएको लागुऔषध आवश्यक अनुसन्धानका लागि नेपाल प्रहरीलाई बुझाइएको उनले बताए ।

प्रकाशित मिति : ३० असार २०७७, मंगलबार  ९ : ०० बजे

सरकार-जेनजी १० बुँदे सम्झौता विरुद्ध सर्वोच्चमा रिट, शुक्रबार पेशी

काठमाडौं । सरकार र जेन–जीबीच भएको १० बुँदे सम्झौता संविधानविपरीत

पार्टी अभियानमा आफ्नो भूमिका र संलग्नता निरन्तर रहन्छ : ईश्वर पोखरेल

काठमाडौं । नेकपा एमालेको अध्यक्ष पदमा पराजित भएपछि ईश्वर पोखरेलले

ओलीका विश्वासपात्र विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित

काठमाडौं । नेकपा एमालेका नेता विष्णु रिमाल केन्द्रीय सदस्य पदमा

पदाधिकारीमा पोखरेल पक्षका गोकर्ण र योगेश मात्र विजयी

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनको अन्तिम मतपरिणाम

एमाले महासचिवमा शंकर पोखरेल पुनः निर्वाचित

काठमाडौं । नेकपा एमालेको महासचिव पदमा शंकर पोखरेल विजयी भएका