२० आश्विन २०८३, मंगलबार | October 6, 2026

राम जन्मभूमिले लिम्पियाधुरालाई बिषयान्तर गरियो : कांग्रेस प्रवक्ता शर्मा



काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसले राम जन्मभूमिका बिषयमा प्रधानमन्त्री केपी शर्मा ओलीको अभिब्यक्तिले लिम्पियाधुरा समस्याको बिषयान्तर गरेको टिप्पणी गरेको छ । कांग्रेसले लिम्पियाधुरा छाडेर अयोध्यातिर ध्यान नमोड्न प्रधानमन्त्रीलाई आग्रह समेत गरेको छ ।

प्रधानमन्त्री ओलीले भानु जयन्ती मनाउन आयोजित कार्यक्रममा अयोध्या भारतमा नभई पर्साको ठोरीमा रहेको बताएका थिए । प्रधानमन्त्रीको अभिव्यक्ति दिएको भोलीपल्ट कांग्रेसले सरकारको कर्तव्य तत्कालीन कोरोना र कालापानी भएको बताएको छ । प्रवक्ता विश्वप्रकाश शर्माले अयोध्यातिर ध्यान नमोडेरसंसदबाट पारित नक्सामा हक कायम गर्न कूटनीतिक पहल थाल्न सरकारसँग आग्रह गररे ।

अब लिम्पियाधुरासहितका भूभाग फिर्ता ल्याउन राजनीतिक र कूटनीतिक सम्वाद गर्नुपर्नेमा सरकारले अयोध्यातिर ध्यान मोड्न खोजेको कांग्रेसको आरोप छ ।

प्रवक्ता शर्माले प्रधानमन्त्री ओली संसदले दिएको जिम्मेवारी लिम्पियाधुरासहित नेपाली भूमि फिर्ता ल्याउने प्रक्रियातिर प्रवेश गर्नेभन्दा राम जन्मभूमिको कुरा उठाएर अतिरञ्जित आनन्दमा लागेको आरोप लगाए ।

नेपालको राष्ट्रिय र प्रतिनिधिसभाले पास गरेर राष्ट्रपतिबाट समेत प्रमाणिकरण भएको कालापानी, लिम्पियाधुरा र लिपुलेक समेटिएको नक्सा अन्ुसारको भूभाग फर्काउन सरकार गम्भिर नभएको कांग्रेसले बताएको छ ।

प्रकाशित मिति : ३० असार २०७७, मंगलबार  ४ : २६ बजे

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला । गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ ।

घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि रुट परमिट खुला

काठमाडौँ । दसैँको समयमा यात्रुको सहज आवागमनलाई व्यवस्थित बनाउन घटस्थापनादेखि

कांग्रेस सभापतिमा तीन जनाको उम्मेदवारी

काठमाडौँ । नेपाली कांग्रेसको पार्टीको १५औँ महाधिवेशन अन्तरर्गतको निर्वाचनका लागि

शिक्षा पत्रकार समूहको अध्यक्षमा जनक नेपाल चयन

काठमाडौँ । शिक्षा पत्रकार समूहको १३औँ अधिवेशनबाट पत्रकार जनक नेपालको

दसैँको साइत : कात्तिक ४ गते बुधबार १०ः२६ बजे विजया दशमीको उत्तम

काठमाडौं । यस वर्ष विजया दशमीको साइत कात्तिक ४ गते