२८ भदौ २०८३, आइतबार | September 14, 2026

रुकुम घटना हुनुमा जातीय विभेद नै प्रमुख कारण भएको संसदीय समितिको ठहर



काठमाडौं । रुकुम सोती घटना छानविन गर्न गठित संसदीय विशेष समितिले घटनाको प्रतिवेदन सभामुखलाई बुझाएको छ । .

गत जेठ १० गते रुकुम पश्चिमको चौरजहारी, सोती घटनाका सन्दर्भमा अध्ययन गर्न गठित समितिले आज सभामुख अग्नि प्रसाद सापकोटालाई प्रतिवेदन बुझाएको हो । प्रतिवेदन बुझ्दै सभामुख सापकोटाले प्रतिवेदन अध्ययन गरी छिट्टै कार्यान्वयनमा लैजाने प्रतिवद्धता व्यक्त गरे । दुरगामी महत्वको घटना भएकाले छिट्टै अध्ययन गरी कार्यान्वयनमा लैजाने उनले आश्वासन दिए ।

संसदमा बिपक्षि कांग्रेस सहित दसलत सांसदहरुले संसदीय छानविन समितिको माग भएपछि देवेन्द्र पौडेलको संयोजकत्वमा संसदीय समिति गठन भएको थियो ।

समितिले बुझाएको प्रतिबेदनमा रुकुम घटना हुनुमा जातीय विभेद नै प्रमुख कारण भएको ठहर गरेको छ । समितिले घटनाको निश्कर्ष निकाल्दै रुकुम पश्चिम सोतीमा जेठ १० मा घटित घटना हुनुको प्रमुख कारण जातीय भेदभाव तथा छुवाछुत नै भएको उल्लेख छ ।

सभामुखलाई प्रतिवेदन बुझाउने क्रममा छानबिन गर्दाको संक्षिप्त भिडियो पनि प्रस्तुत गरिएको थियो ।

पौडेलले छानबिनको क्रममा पीडित परिवार, गोताखोर, स्थानीय तथा घटनासँग प्रत्यक्ष वा परोक्ष जोडिएकाहरुसँग छलपदल अन्तरक्रिया गरिएको बताए ।

प्रतिनिधिसभा बैठकबाट जेठ २६ गते समिति गठन भएको थियो । समितिले जेठ ३१ गतेबाट काम सुरु गरेको थियो । घटनाको यथार्थ अध्ययन तथा अनुगमन गरी प्रतिवेदन पेश गर्न देवेन्द्र पौडेलको संयोजकत्वमा नौ सदस्यीय संसदीय विशेष समिति गठन भएको थियो ।

प्रकाशित मिति : ३० असार २०७७, मंगलबार  ६ : १९ बजे

भोटेकोशी बाढीपीडितलाई रु सात लाख १५ हजार सहयोग

काठमाडौँ । भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनःस्थापनाका

दश दिनमा उपत्यकामा चार लाख सिलिण्डर वितरण

काठमाडौँ । नेपाल आयल निगमले पछिल्लो २८ दिनमा ५२ हजार

कृष्णभीरमा नयाँ ट्याक परीक्षण सफल

चितवन । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा पहिरो खसेर सडक पूर्णरूपमा अवरुद्ध

छापा सञ्चारमाध्यम सिध्याउने दिशामा सरकार अघि बढेको छ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान रास्वपा