२० आश्विन २०८३, मंगलबार | October 6, 2026

रुकुम घटना हुनुमा जातीय विभेद नै प्रमुख कारण भएको संसदीय समितिको ठहर



काठमाडौं । रुकुम सोती घटना छानविन गर्न गठित संसदीय विशेष समितिले घटनाको प्रतिवेदन सभामुखलाई बुझाएको छ । .

गत जेठ १० गते रुकुम पश्चिमको चौरजहारी, सोती घटनाका सन्दर्भमा अध्ययन गर्न गठित समितिले आज सभामुख अग्नि प्रसाद सापकोटालाई प्रतिवेदन बुझाएको हो । प्रतिवेदन बुझ्दै सभामुख सापकोटाले प्रतिवेदन अध्ययन गरी छिट्टै कार्यान्वयनमा लैजाने प्रतिवद्धता व्यक्त गरे । दुरगामी महत्वको घटना भएकाले छिट्टै अध्ययन गरी कार्यान्वयनमा लैजाने उनले आश्वासन दिए ।

संसदमा बिपक्षि कांग्रेस सहित दसलत सांसदहरुले संसदीय छानविन समितिको माग भएपछि देवेन्द्र पौडेलको संयोजकत्वमा संसदीय समिति गठन भएको थियो ।

समितिले बुझाएको प्रतिबेदनमा रुकुम घटना हुनुमा जातीय विभेद नै प्रमुख कारण भएको ठहर गरेको छ । समितिले घटनाको निश्कर्ष निकाल्दै रुकुम पश्चिम सोतीमा जेठ १० मा घटित घटना हुनुको प्रमुख कारण जातीय भेदभाव तथा छुवाछुत नै भएको उल्लेख छ ।

सभामुखलाई प्रतिवेदन बुझाउने क्रममा छानबिन गर्दाको संक्षिप्त भिडियो पनि प्रस्तुत गरिएको थियो ।

पौडेलले छानबिनको क्रममा पीडित परिवार, गोताखोर, स्थानीय तथा घटनासँग प्रत्यक्ष वा परोक्ष जोडिएकाहरुसँग छलपदल अन्तरक्रिया गरिएको बताए ।

प्रतिनिधिसभा बैठकबाट जेठ २६ गते समिति गठन भएको थियो । समितिले जेठ ३१ गतेबाट काम सुरु गरेको थियो । घटनाको यथार्थ अध्ययन तथा अनुगमन गरी प्रतिवेदन पेश गर्न देवेन्द्र पौडेलको संयोजकत्वमा नौ सदस्यीय संसदीय विशेष समिति गठन भएको थियो ।

प्रकाशित मिति : ३० असार २०७७, मंगलबार  ६ : १९ बजे

कांग्रेस महाधिवेशन : उम्मेदवारी दर्ता सुरू

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आज नयाँ कार्यसमितिका लागि

गोप्य सूचना चुहाउनेलाई उन्मुक्ति हुँदैन : गृहमन्त्री गुरुङ

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले पदीय हैसियतको दुरुपयोग गर्दै राज्यका

पर्सा प्रहरीद्वारा आईफोनसहित १० लाख बढीको अवैध सामान नियन्त्रणमा

वीरगन्ज । पर्सा प्रहरीले भन्सार छलेर नेपाल भित्र्याउदै गरेको आईफोन

दसैँ मनाउन जमुनाहा नाका हुँदै स्वदेश फर्किनेको भीड

बाँके । भारतबाट दसैँ पर्व मनाउन पछिल्लो दिनमा नेपालगञ्जस्थित जमुनाह

बाटो सहज भएपछि घान्द्रुक जाने पर्यटक बढ्दै

पोखरा । कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नम्बर १० र ११