३१ असार २०८३, बुधबार | July 15, 2026

आजको मौसम : देशभरको मौसममा आंशिकदेखि सामान्य बदली, केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना



काठमाडौं । हाल नेपालभर मनसुनी वायुको प्रभाव कायम छ ।

यसकासाथै मनसूनी न्युन चापीय रेखा नेपालको तराई भूभागबाट केहि दक्षिण तिर सरेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

आज देशभर आंशिकदेखि सामान्य बदली रही गण्डकी प्रदेश, प्रदेश १, प्रदेश ५, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका केही स्थानहरुमा हल्का वर्षा भईरहेको विभागले जनाएको छ ।

विभागका अनुसार आज विहान साढे ५ बजे लमजुङ जिल्लाको खुदीबजार र बेंशीसहरमा पछिल्लो ३ घण्टा भारी वर्षा मापन भएको छ ।

जसअनुसार त्यस क्षेत्र भएर बहने साना खोलामा आकस्मिक बहाव तथा कमजोर, भिरालो ठाउँमा पहिरो जान सक्ने सम्भावना रहेकाले सतर्कता अपनाउन जल तथा मौसम विभागले आग्रह गरेको छ ।

आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही केहि स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रदेश ५ र सुदुरपश्चिम प्रदेशका एक, दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

आज राती देशभर सामान्य बदली रही केहि स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रदेश १, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका एक, दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको विभागले जनाएको छ ।

प्रकाशित मिति : ३१ असार २०७७, बुधबार  ६ : ५७ बजे

निजी क्षेत्रलाई सरकारले उच्च प्राथमिकता दिएको छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले देशको पर्यटन प्रवर्द्धनका निम्ति द्रुत

बुटवलमा नक्कली नोट छाप्ने गिरोह पक्राउ, ६ लाखभन्दा बढी नक्कली नोट बरामद

बुटवल । रुपन्देहीको बुटवल उपमहानगरपालिका-६ नेपालगञ्जरोडस्थित एक पसलबाट नक्कली नेपाली

एक खर्ब निक्षेप सङ्कलन गर्न राष्ट्र बैंकको बोलकबोल आह्वान

काठमाडौं । नेपाल राष्ट्र बैंकले रु एक खर्ब बराबरको निक्षेप

उचित मूल्य र बजार नपाएको भन्दै माईतीघरमा गोलभेँडा फालेर किसानको प्रदर्शन

काठमाडौं । स्वदेशी कृषि उत्पादनले उचित मूल्य र बजार नपाएको

ग्यासमा हुने कालोबजारी र पुराना सिलिन्डर नियन्त्रण गर्न समितिको निर्देशन

काठमाडौँ । प्रतिनिधिसभा, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ताहित