१२ भदौ २०८३, शुक्रबार | August 28, 2026

नेपालगन्जमा मनाइयो आदिकवि भानुभक्तको २१३ औं जन्म जयन्ती



नेपालगन्ज । बाँकेको नेपालगन्जमा आदिकवि भानुभक्त आचार्य को २१३ औं जन्मजयन्ती मनाइएको छ । महेन्द्र पुस्तकालय, भानुभक्त चोक संरक्षण तथा ब्यबस्थापन समिति र भेरी साहित्य समाज नेपालगन्जको संयुक्त आयोजनामा नेपालगन्जमा भानु जयन्ती मनाइएको हो ।

महेन्द्र पुस्तकालयको सभाहलमा आयोजित जन्म जयन्ती समारोहमा बोल्दै लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री भन्डारीलाल यादवले समाजमा सबैले केही न केही सकारात्मक योगदान गर्न आवस्यक रहेको र सत्कर्मबाट मात्रै जीवन सार्थक हुने धारणा व्यक्त गरे ।

समारोहका बीच लामो समय देखि साहित्य साधनामा अनवरत क्रियाशिल दुई साहित्यकार सनत रेग्मी र बिष्णुलाल कुम्हाललाई नागरिक अभिनन्दन गरिएको थियो । सम्मानित ब्यक्तित्वहरुलाई मन्त्री यादवसहित आयोजक सस्थाका अध्यक्षहरु कृष्ण प्रसाद श्रेष्ठ, ईन्द्रबहादुर बस्नेत, बलराम यादव, लुम्बिनी प्रदेशसभा सदस्य द्वय मिना श्रेष्ठ, अम्बिका काफ्ले लगायतले दोसल्ला, माला र सम्मान पत्र मार्फत सम्मान गरिएको थियो ।

समारोह सुरु हुनु अघि भानुभक्त चौक न्युरोड नेपालगन्जमा रहेको भानुभक्तको शालिकमा माल्यार्पण गरि त्रीवेणी मोड, त्रिभुवन चौक हुँदै महेन्द्र पुस्तकालय सम्म प्रभातफेरी गरिएको थियो ।

कार्यक्रममा डाक्टर हरि तिमिल्सिनाले भानुभक्तको योगदान बिषयमा चर्चा गरेका थिए भने सम्मानित साहित्यकारद्व्य सनत रेग्मी र बिष्णुलाल कुम्हालले आफुहरुलाई सम्मान र अभिनन्दन गरिएकोमा हर्ष व्यक्त गर्दै आयोजकलाई धन्यवाद दिएका थिए ।

कार्यक्रममा महेन्द्र पुस्तकालयको अतिरिक्त क्रियाकलाप उपसमितिको आयोजनामा आयोजित निबन्ध लेखन प्रतियोगिताका बिजयी बिद्यार्थीहरुलाई पुरस्कृत गरिएको पुस्तकालयका सचिव सतिस निरौलाले जानकारी दिए । उनका अनुसार प्रतियोगितामा प्रथम हुने त्रिभुवन माबी कोहलपुरका महेश्वर उपाध्याय , दोश्रो हुने होलिल्याण्ड नेपालगन्जकी स्वस्तिका यादव , तेस्रो हुने मंगल माबी नेपालगन्जकी गोमा त्रिपाठी र सान्त्वना हुने त्रिभुवन माबी कोहलपुरका गुराँस चन्द ठकुरीलाई नगद , प्रमाणपत्र र पुरस्कार प्रदान गरिएको थियो ।

प्रकाशित मिति : २९ असार २०८३, सोमबार  ४ : २० बजे

भोटेकोशीको भेल : बगायो बस्ती, बढायो सन्त्रास

काठमाडौं । ‘तेता के के हुँदैछ, यता बाढी पसेर फेरि

रसुवा बाढीमा मृत्यु हुनेको संख्या ४६९ पुग्यो, ९७७ जना सम्पर्कविहीन

काठमाडौं । रसुवाको विनाशकारी बाढीमा परी ज्यान गुमाउनेको संख्या ४६९

चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला

चितवन । रसुवा बाढीका कारण त्रिशूली तथा नारायणी नदीमा १७८

तिब्बतमा कृत्रिम ताल फुट्ने जोखिम बढेपछि उद्धार कार्य रोकियो

काठमाडौं । नेपाल-चीन सीमावर्ती तिब्बतमा भीषण पहिरोपछि नदी थुनिएर बनेको