१ श्रावण २०८३, शुक्रबार | July 17, 2026

एनआरएनएले बाढीपहिरो पीडित राहत कोष स्थापना गर्ने



लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले बाढीपहिरो पीडित राहत कोष स्थापना पर्ने भएको छ ।

गैरआवासीय नेपाली संघका कोषाध्यक्ष महेशकुमार श्रेष्ठका अनुसार गत आइतबार सम्पन्न संघको पदाधिकारी बैठकले केही दिनदेखिको अविरल वर्षाका कारण नेपालका विभिन्न भागमा आएको बाढीपहिरो पीडितको सहयोगार्थ सो कोष स्थापना गर्न लागेको हो ।

नेपालका बिभिन्न क्षेत्रमा वर्षासँगै बाढीपहिरो र डुबानले हजारौं संख्यामा मानिसहरु घरबाहरविहीन र मानवीय तथा भौतिक क्षति भएपछि संघले उनीहरुका लागि सहयोग जुटाउन सक्रियता देखाएको हो ।

महाविपत्तीको बेला विदेशमा रहेका नेपाली समुदायको सानो सहयोगले ठूलो राहत पुग्नसक्ने भएकाले यो अप्ठ्यारो अवस्थामा सबै पक्षलाई एक भएर सहयोग गर्न श्रेष्ठले आव्हान गरेका छन् ।

राहत कोषमा राष्ट्रिय समन्वय समितिको तर्फबाट सहयोग गरिदिनु हुनका लागि संघका सम्पूर्ण राष्ट्रिय समन्वय समितिहरुलाई श्रेष्ठले अनुरोध गरे ।

नेपालका बिभिन्न क्षेत्रमा वर्षासँगै बाढीपहिरो र डुबानले सयौं परिवार विस्थापित भएका छन् । बाढीपहिरोमा परी यो साता मात्र करिब ५ दर्जन मानिसको मृत्यु भइसकेको छ भने करिब तीन दर्जन जना बेपत्ता छन् ।

प्रकाशित मिति : ३१ असार २०७७, बुधबार  १० : ५९ बजे

श्रीलंकामा प्रचण्डद्वारा समाजवादको राजनीतिक रूपरेखा प्रस्तुत

कोलम्बो । नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल

प्रधानमन्त्री शाहले आज जुत्ता व्यवसायीसँग छलफल गर्दै

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले विभिन्न पेसा र व्यावसायिका संस्था

सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधन मस्यौदामा सुझाव माग

काठमाडौं । अर्थ मन्त्रालयले सार्वजनिक ऋण व्यवस्थापन ऐन, २०७९ लाई

विकासको अधिकारलाई व्यापार र विकास सहकार्यमा मूलप्रवाहीकरण गर्न नेपालको आग्रह

काठमाडौं । नेपालले विकासको अधिकारलाई वित्तीय सहयोग, व्यापार र विकास

प्रचारको अभावमा भोजपुरको ‘छरछरे पखुवा देवस्थल’ ओझेलमा

भोजपुर । भोजपुर नगरपालिका-१ हेलौछामा अवस्थित धार्मिक तथा ऐतिहासिक महत्व