२४ मंसिर २०८०, आइतबार | December 11, 2023

एनआरएनएले बाढीपहिरो पीडित राहत कोष स्थापना गर्ने



लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले बाढीपहिरो पीडित राहत कोष स्थापना पर्ने भएको छ ।

गैरआवासीय नेपाली संघका कोषाध्यक्ष महेशकुमार श्रेष्ठका अनुसार गत आइतबार सम्पन्न संघको पदाधिकारी बैठकले केही दिनदेखिको अविरल वर्षाका कारण नेपालका विभिन्न भागमा आएको बाढीपहिरो पीडितको सहयोगार्थ सो कोष स्थापना गर्न लागेको हो ।

नेपालका बिभिन्न क्षेत्रमा वर्षासँगै बाढीपहिरो र डुबानले हजारौं संख्यामा मानिसहरु घरबाहरविहीन र मानवीय तथा भौतिक क्षति भएपछि संघले उनीहरुका लागि सहयोग जुटाउन सक्रियता देखाएको हो ।

महाविपत्तीको बेला विदेशमा रहेका नेपाली समुदायको सानो सहयोगले ठूलो राहत पुग्नसक्ने भएकाले यो अप्ठ्यारो अवस्थामा सबै पक्षलाई एक भएर सहयोग गर्न श्रेष्ठले आव्हान गरेका छन् ।

राहत कोषमा राष्ट्रिय समन्वय समितिको तर्फबाट सहयोग गरिदिनु हुनका लागि संघका सम्पूर्ण राष्ट्रिय समन्वय समितिहरुलाई श्रेष्ठले अनुरोध गरे ।

नेपालका बिभिन्न क्षेत्रमा वर्षासँगै बाढीपहिरो र डुबानले सयौं परिवार विस्थापित भएका छन् । बाढीपहिरोमा परी यो साता मात्र करिब ५ दर्जन मानिसको मृत्यु भइसकेको छ भने करिब तीन दर्जन जना बेपत्ता छन् ।

प्रकाशित मिति : ३१ असार २०७७, बुधबार  १० : ५९ बजे

पोखरामा सवारी दुर्घटनामा दुई युवतीको मृत्यु

पोखरा । पोखरामा आज साँझ कारले स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा

औद्योगिक विकासका लागि नीतिगत निर्णय कार्यान्वयनमा जोड

बुटवल । रुपन्देहीका उद्योगी व्यवसायीले राज्यले ठोस औद्योगिक विकासका लागि

माओवादी केन्द्रका उपमहासचिव मातृका यादव अस्पताल भर्ना

काठमाडौं। नेकपा माओवादीका केन्द्रका उपमहासचिव मातृका यादव अस्वस्थ भएर नर्भिक

अर्थतन्त्र बलियो बनाउनुपर्नेमा अध्यक्ष ओलीको जोड

काभ्रेपलाञ्चोक । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अर्थतन्त्र बलियो

शेखर कोइरालाले बोलाए गुट बैठक

काठमाडौं। नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफू समूहको बैठक