१६ चैत्र २०८२, सोमबार | March 30, 2026

भरतपुर विमानस्थलको विस्तार हुने, सेनाको ब्यारेक आँपटारी सार्ने सहमति



भरतपुर । विमानस्थल परिसरमा सेनाको ब्यारेक रहेका कारण लामो समयदेखि रोकिएको भरतपुर विमानस्थल विस्तार कार्य अब सुरु हुने भएको छ । भरतपुर विमानस्थल विस्तारको योजनामा संघीय सरकारको नीति तथा कार्यक्रममा परेपछि भरतपुर महानगरले सरोकारवालाहरुको बैठक डाकेर विमानस्थल विस्तारको काम अगाडि बढाएको छ ।

महानगरले जिल्लाबाट प्रदेशसभामा प्रतिनिधित्व गर्ने सांसद, प्रमुख जिल्ला अधिकारी, जिल्लाका सुरक्षा निकाय, स्थानीय जनप्रतिनिधि, विमानस्थल प्रमुखसहितलाई बोलाएर गरिएको छलफलले भरतपुर १० मा रहेको नेपाली सेनाको ब्यारेक ९कालीबहादुर गण० लाई भरतपुर १ को आँपटारीमा रहेको दियालो बंगलामा सार्ने सहमति गरेको छ ।

“नेपाली सेनाले विकास निर्माणमा सहयोग गर्दै दियालो बंगलामा जान सहमत भएको छ” बैठक पछि भरतपुर महानगरकी प्रमुख रेणु दाहालले भनीन्, । सेनाको घोडा फर्म ९प्रजनन केन्द्र० समेत भरतपुर ११ बसेनीमा रहेको फायरिङ रेन्जमा सार्ने सहमति भएको महानगर प्रमुख दाहालले जानकारी दिईन् ।

छलफलका क्रममा बागमती प्रदेशसभा सदस्यहरु घनश्याम दाहाल, विजय सुवेदी र मिलनबाबु श्रेष्ठले विमानस्थल विस्तार गर्न ढिला भैसकेको भन्दै सेनाले विकास निर्माणमा देखाएको कामको प्रसंशा गरेका थिए ।

विमानस्थल विस्तारका लागि सेनाको ब्यारेकको आवश्यक जग्गा लिने र बाँकी रहेको ठाउँमा सेनाको टुकुडी राख्दा विमानस्थलको सुरक्षा समेत मजबुत हुने छलफलमा सहभागिहरुको निश्कर्ष थियो ।

छलफलका क्रममा चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले सेनाको ब्यारेक सरेर विमानस्थल विस्तार भएपछि बाँकी रहेको स्थानमा सेनाकै
एयर बेस र ललिस्टिक राख्न दिनुपर्ने बताए । सक्दो छिटो सेनाको ब्यारेक स्थानान्तरण गरेर विमानस्थल विस्ताको काममा अगाडि बढ्नुपर्ने भट्टराईको भनाइ छ ।

हाल भरतपुर विमानस्थलको धावन मार्ग १२ सय मिटरको भए पनि नौ सय मिटर धावन मार्ग मात्रै प्रयोगमा आउन सकेको छ । धावन मार्ग विस्तार गरेर १५ सय मिटर पु¥याइएपछि भरतपुर विमानस्थलमा ८० सिट क्षमता भएका जहाज समेत अवतरण गर्न सक्ने प्राविधिकहरुले बताएका छन् ।

अहिले विमानस्थलमा ४७ सिट क्षमताको जहाज मात्रै अवतरण हुने गरेको छ ।

प्रकाशित मिति : ३१ असार २०७७, बुधबार  ३ : ११ बजे

प्रधानमन्त्री बालेन्द्रद्वारा प्रतिनिधिसभाका सांसदहरुसँग छलफल

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभाका सांसदहरुसँग छलफल सुरु गरेका

मङ्गलबार हावाहुरीसहित भारी वर्षाको सम्भावना

काठमाडौं । देशका विभिन्न भागमा मङ्गलबार मेघगर्जन, चट्याङ र हावाहुरीसहित

प्रि-मनसुन : चैते धानलाई अनुकूल

काठमाडौं । देशका अधिकांश स्थानमा केही दिनयता निरन्तर रूपमा परेको

पुनः श्रम स्वीकृतिमा ‘क्यू फ्री’ व्यवस्था, आवेदन दिएकै दिन स्वीकृति पाइने

काठमाडौं । पुनः श्रम स्वीकृतिका लागि आवेदन दिएकै दिन कोटा

मुस्ताङको लेते-धम्पु पुल निर्माणमा ढिलासुस्ती

मुस्ताङ । मुस्ताङस्थित थासाङ गाउँपालिकामा निर्माणाधीन (लेते–धम्पु) प्रिस्टेज पुल निर्माण