५ कार्तिक २०८३, बिहिबार | October 22, 2026

भरतपुर विमानस्थलको विस्तार हुने, सेनाको ब्यारेक आँपटारी सार्ने सहमति



भरतपुर । विमानस्थल परिसरमा सेनाको ब्यारेक रहेका कारण लामो समयदेखि रोकिएको भरतपुर विमानस्थल विस्तार कार्य अब सुरु हुने भएको छ । भरतपुर विमानस्थल विस्तारको योजनामा संघीय सरकारको नीति तथा कार्यक्रममा परेपछि भरतपुर महानगरले सरोकारवालाहरुको बैठक डाकेर विमानस्थल विस्तारको काम अगाडि बढाएको छ ।

महानगरले जिल्लाबाट प्रदेशसभामा प्रतिनिधित्व गर्ने सांसद, प्रमुख जिल्ला अधिकारी, जिल्लाका सुरक्षा निकाय, स्थानीय जनप्रतिनिधि, विमानस्थल प्रमुखसहितलाई बोलाएर गरिएको छलफलले भरतपुर १० मा रहेको नेपाली सेनाको ब्यारेक ९कालीबहादुर गण० लाई भरतपुर १ को आँपटारीमा रहेको दियालो बंगलामा सार्ने सहमति गरेको छ ।

“नेपाली सेनाले विकास निर्माणमा सहयोग गर्दै दियालो बंगलामा जान सहमत भएको छ” बैठक पछि भरतपुर महानगरकी प्रमुख रेणु दाहालले भनीन्, । सेनाको घोडा फर्म ९प्रजनन केन्द्र० समेत भरतपुर ११ बसेनीमा रहेको फायरिङ रेन्जमा सार्ने सहमति भएको महानगर प्रमुख दाहालले जानकारी दिईन् ।

छलफलका क्रममा बागमती प्रदेशसभा सदस्यहरु घनश्याम दाहाल, विजय सुवेदी र मिलनबाबु श्रेष्ठले विमानस्थल विस्तार गर्न ढिला भैसकेको भन्दै सेनाले विकास निर्माणमा देखाएको कामको प्रसंशा गरेका थिए ।

विमानस्थल विस्तारका लागि सेनाको ब्यारेकको आवश्यक जग्गा लिने र बाँकी रहेको ठाउँमा सेनाको टुकुडी राख्दा विमानस्थलको सुरक्षा समेत मजबुत हुने छलफलमा सहभागिहरुको निश्कर्ष थियो ।

छलफलका क्रममा चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले सेनाको ब्यारेक सरेर विमानस्थल विस्तार भएपछि बाँकी रहेको स्थानमा सेनाकै
एयर बेस र ललिस्टिक राख्न दिनुपर्ने बताए । सक्दो छिटो सेनाको ब्यारेक स्थानान्तरण गरेर विमानस्थल विस्ताको काममा अगाडि बढ्नुपर्ने भट्टराईको भनाइ छ ।

हाल भरतपुर विमानस्थलको धावन मार्ग १२ सय मिटरको भए पनि नौ सय मिटर धावन मार्ग मात्रै प्रयोगमा आउन सकेको छ । धावन मार्ग विस्तार गरेर १५ सय मिटर पु¥याइएपछि भरतपुर विमानस्थलमा ८० सिट क्षमता भएका जहाज समेत अवतरण गर्न सक्ने प्राविधिकहरुले बताएका छन् ।

अहिले विमानस्थलमा ४७ सिट क्षमताको जहाज मात्रै अवतरण हुने गरेको छ ।

प्रकाशित मिति : ३१ असार २०७७, बुधबार  ३ : ११ बजे

चीनको सिजाङ स्वायत्त क्षेत्रमा ७.० म्याग्निच्युडको भूकम्प

चीन । चीनको सिजाङ स्वायत्त क्षेत्रमा भूकम्पको धक्का महसुस भएको

हानिनोक्सानी कोषबाट नेपाललाई २० मिलियन अमेरिकी डलर अनुदान

काठमाडौँ । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको

पुनःनिर्माणमा बजेटको कमी हुँदैन : मन्त्री लम्साल

म्याग्दी । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले मनसुनजन्य विपद्बाट क्षतिग्रस्त कालीगण्डकी

नेता गौतमको निधनप्रति अध्यक्ष ओलीको श्रद्धाञ्जली

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले पार्टीका पूर्वकेन्द्रीय सल्लाहकार परिषद्

मौसमविद् भन्छन् – एकसाता दिनपछि वर्षा हुन सक्छ तर त्रसित नबनौं

काठमाडौं । नेपाल मौसम विज्ञान विभागले आगामी मङ्गरबारदेखि मुलुकको केही