३१ जेष्ठ २०८२, शनिबार | June 14, 2025

बैंक क्लोजिङको खाजा खर्च जोगाएर मृगौलाका बिरामीलाई सहयोग



बुटवल । कपिलवस्तुका दुई जना मृगौलाका बिरामीलाई सिद्धार्थ बैक लिमिटेडका कर्मचारीहरुले आर्थिक सहयोग गरेका छन् ।

मृगौला पीडित हरी न्यौपाने र शिवराज नगरपालिका चन्द्रौटाका प्रकाश विक्रम जि.सी.लाई बैंकका जीतपुर कपिलवस्तु शाखामा कार्यरत कर्मचारीहरुले आफ्नो दैनिक खाजा खर्च कटाएर वाणगंगा आर्थिक सहयोग गरेका हुन ।

बैकका जीतपुर शाखा प्रबन्धक मनोज पौड्यालले सो रकम पीडित परिवारलाई हस्तान्तरण गरेका थिए ।

प्रत्येक आर्थिक बर्षको अन्त्यमा कर्मचारीहरुले क्लोजीङ पार्टि गर्ने गरेको र यस बर्ष कोरोना भाईरसको कारणले सामाजीक दुरी कायम गर्नुपर्ने भएकाले क्लोजीङ पार्टि नगरी सो रकम मृगौला पीडितलाई सहयोग गरीएको शाखा प्रबन्धक पौड्यालले बताए ।

रकम ग्रहण गर्दै मृगौला पीडित न्यौपाने र जिसीले बैङ्कलाई धन्यबाद दिए । कर्मचारीहरु सुरज राजवंशी, दिलिप पौडेल, योगेश पराजुली, कुलदिप बेल्वासे, अनिल कुँवर क्षेत्री र हिम्मत भुषालबाट सो रकम संकलन भएको थियो ।

दुवै जनाको आर्थिक अवस्था निकै दयनीय भएकाले सहयोग गरेको कर्मचारीहरुले बताएका छन् ।

प्रकाशित मिति : ३१ असार २०७७, बुधबार  ९ : ३४ बजे

आजको मौसम : यी प्रदेशहरूमा धेरै भारी वर्षाको सम्भावना

काठमाडौं । हाल कोशी, मधेश, बागमती, गण्डकी प्रदेशका केही भू-भाग

मेयर कप महिला तथा पुरुष भलिबल प्रतियोगिता : आदर्श र धम्बोझी विजयी

नेपालगन्ज । नेपालगन्जमा आयोजित प्रथम नगर मावि स्तरीय मेयर कप

गोप्य फोटो भिडियो बनाई बार्गेनिङ गर्ने २ जना पक्राउ

संखुवासभा । व्यक्तिगत गोपनिय फोटो र भिडियो बनाएर बार्गेनिङ गर्ने

बागलुङ जिप दुर्घटना अपडेट : घाइते तथा मृतकको पहिचान खुल्यो

बागलुङ । आज साँझ बागलुङको ढोरपाटन नगरपालिका–५ अस्तुमा भएको जिप

माओवादी नेता तथा संविधानसभा सदस्य विरेन्द्र जुहारचनको अन्त्येष्टि

मुस्ताङ । संविधानसभा सदस्य एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का