२४ मंसिर २०८२, बुधबार | December 10, 2025

रङ्गशालामा बन्यो शौचालय



तनहुँ । तनहुँको भिमाद नगरपालिका–६ स्थित क्याम्पस रोड नजिकै निर्माण गरिएको भिमाद रङ्गशालामा शौचालय निर्माण कार्य सम्पन्न भएको छ ।

जिल्लाकै ठूलो दाबी गरिएको भिमाद रङ्गशाला भवन निर्माणपछि शौचालय निर्माण गरिएको हो । शौचालय निर्माणपश्चात उक्त क्षेत्रमा खेलकूदका लागि आउनेका लागि सहज भएको छ । गण्डकी प्रदेश सरकारको रु २५ लाखको लागतमा उक्त शौचालय निर्माण गरिएको हो ।

शौचालय निर्माणका लागि स्थानीय प्रगति टोल विकास संस्था, भिमाद युवा क्लब र जन शान्तिनगर युवा क्लबको सक्रिय सहयोग रहेको शौचालय निर्माण गरिएको निर्माण समितिका अध्यक्ष उज्ज्वल खनालले जानकारी दिए ।

युरिनोसहित महिला, पुरुष र अपाङ्गतामैत्री शौचालय निर्माण गरिएको हो । उनले भने, “शौचालयको माथिल्लो तलामा भिमाद नगर खेलकूद विकास समितिको कार्यालय निर्माण गर्ने तयारी भइरहेको छ ।”

खेल खेल्नका लागि रङ्गशालामा आउने खेलप्रमीका लागि शौचालय नहुँदा अन्यत्र भौतारिनुपर्ने अवस्था थियो । उनले भने, “शौचालय निर्माणपश्चात समस्याको अन्त्य भएको छ ।”

शौचालय भवन माथिल्लो तलामा खेलकूद विकास समितिको कार्यालय निर्माण गर्ने तयारी भइरहेको समितिका अध्यक्ष प्रेम थापाले बताए । भवन निर्माणपश्चात कार्यालयमा एक कार्यालय सहयोगी राखेर खेल्न आउने खेलाडीलाई आवश्यक खेल सामग्री उपलब्ध गराउने लक्ष्य रहेको उनले बताए ।

समितिले खेल सामग्री निःशुल्करूपमा उपलब्ध गराउने छ । उनले भने, “फुटबल, भलिबल, बास्केटबललगायत खेल सामग्री समितिले व्यवस्था गर्नेछ, खेल खेल्न आउने खेलाडीले कुनै पनि खेल सामाग्री ल्याउनु पर्दैन ।”

भिमाद रङ्गशालामा निर्माण गरिएको प्यारापिट दुई हजार ५०० क्षमताको रहेको छ । करिब ७५ मिटर लामो दूरीमा नौवटा स्टेज निर्माण गरिएको छ । गण्डकी प्रदेश सरकारको रु ५० लाखको लागतमा उक्त रङ्गशाला निर्माण गरिएको हो । खेलकूद हेर्न आउने दर्शकका लागि बसेर हेर्न मिल्ने गरी उक्त प्यारापिट निर्माण गरिएको खनालले बताए ।

विसं २०७६ चैत १ मा सम्झौता गरी २०७७ जेठ १५ मा रङ्गशाला सम्पन्न गरेको हो । उक्त रङ्गशाला निर्माण भएपछि प्रदेशस्तरीय खेल प्रतियोगिताको लागि सहज हुने विश्वास गरिएको छ । प्रदेश सरकारद्वारा उक्त रङ्गशालाका लागि पुनस् रु २५ लाख थप बजेट विनियोजन भइसकेको बताइएको छ ।

प्रकाशित मिति : १ श्रावण २०७७, बिहिबार  १० : २७ बजे

निर्वाचनलाई मानव अधिकारमैत्री बनाउन सबैको सहयोग हुनुपर्छ : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी फागुन २१ गते हुने

बागलुङमा धान उत्पादनमा बढ्यो

बागलुङ । यसवर्ष बागलुङमा धान उत्पादन बढेको छ । समयमा

कालिका मानवज्ञान मावि बुटवलमा ६५ औँ वार्षिकोत्सव तथा अभिभावक दिवसका खेलकुद कार्यक्रम सुरु

बुटवल । देशकै उत्कृष्ट सामुदायिक विद्यालयको रूपमा स्थापित कालिका मानवज्ञान

बुटवलको प्रदर्शनीलाई उच्चस्तरमा लैजान उद्योगी-व्यवसायीको एकमत

बुटवल । रुपन्देहीका उद्योगी-व्यवसायी तथा विभिन्न सामाजिक संघ-सस्थाका प्रतिनिधिहरुले दशकौंदेखि

समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता

काठमाडौं । समानुपातिक निर्वाचन प्रणालीका लागि १०० राजनीतिक दलले निर्वाचन