१६ चैत्र २०८२, सोमबार | March 30, 2026

कोभिड-१९ का कारण भैरहवा भन्सार राजस्वको लक्ष्य प्राप्त गर्न असफल



भैरहवा । कोभिड १९ को नकारात्मक प्रभाव मानव जीवनसँगै राजश्व असुलीमा पनि देखिएको छ ।

हरेक वर्ष लक्ष्य भन्दा बढी भन्सार राजश्व उठाउने रुपन्देहीको भैरहवा भन्सारले गत आर्थिक वर्षमा भने भन्सार विभागले दिएको लक्ष्य समेत हासिल गर्न नसकेको पाईएको छ ।

विभागले भन्सार कार्यालय भैरहवालाई आर्थिक बर्ष २०७६/०७७ मा १ खर्व ६ अर्व ८९ लाख रुपैयाँ राजस्व संकलनको लक्ष्य दिएकोमा विभागले दिएको लक्ष्यभन्दा करिब ३५ अर्ब ७१ करोड कम राजस्व संकलन गर्न सकेको छ ।

आ।व ७६/७७मा भन्सारले ६६.३१ प्रतिशत मात्र राजश्व असुली गरेको भन्सार कार्यालय भैरहवाले जानकारी दिएको छ ।

कोभिड-१९ को संक्रमण रोकथामका लागि सरकारले लगाएको लकडाउनका कारण भैरहवा भन्सारको राजस्व असुली प्रभावित भएको हो । चैत ११ देखि नेपालमा र त्यसपछि भारतमा लकडाउन भएपछि देशको दोस्रो ठुलो नाका भैरहवा भन्सार कार्यालयको राजस्व असुलीमा प्रत्यक्ष असर परेको हो ।

नेपाल र भारत दुबै देशमा लकडाउन भएपछि भारत तथा तेस्रो मुलुकबाट पहिलेको तुलनामा कम मालवस्तु आएका कारण राजश्व कम भएको भैरहवा भन्सार कार्यालयका सुचना अधिकारी भन्सार अधिकृत पुर्णप्रसाद लम्सालले जानकारी दिए ।

सरकारले गरेको लकडाउनका कारण मालवस्तुको आयात–निर्यातमा नेपाल वा भारत सरकारले कुनै अवरोध वा रोक नलगाए पनि मालवस्तुको आयातमा कमी आएको उनले बताए ।

आर्थिक बर्ष २०७६/०७७ मा भन्सारले दैनिक औसतमा १९ करोड राजश्व असुली गरेको छ । यस्तै भन्सारले लकडाउनको १ सय १२ दिनमा चैत ११ देखि असार मसान्त सम्ममाा ९ अर्ब ३५ करोड ४४ लाख मात्र राजस्व संकलन गर्न सकेको छ । लकडाउनमा भन्सारले दैनिक औसत ८ करोड २१ लाख राजश्व संकलन गरेको छ ।

प्रकाशित मिति : १ श्रावण २०७७, बिहिबार  १० : ०१ बजे

शासकीय सुधार कार्यसूची : स्वास्थ्य क्षेत्रमा डिटिजल प्रणाली चुस्त बनाइने

काठमाडौँ । मन्त्रिपरिषद्को चैत १३ को बैठकबाट स्वीकृत शासकीयसम्बन्धी एक

निजी क्षेत्रलाई सहज वातावरण दिने अर्थमन्त्रीको प्रतिबद्धता

काठमाडौं । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले निजी क्षेत्रका लागि प्रशासनिक

ओली पक्राउको विरोधमा आज पनि एमालेको प्रदर्शन

काठमाडौं । नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा

प्रधानमन्त्री बालेन्द्रद्वारा प्रतिनिधिसभाका सांसदहरुसँग छलफल

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभाका सांसदहरुसँग छलफल सुरु गरेका

मङ्गलबार हावाहुरीसहित भारी वर्षाको सम्भावना

काठमाडौं । देशका विभिन्न भागमा मङ्गलबार मेघगर्जन, चट्याङ र हावाहुरीसहित