११ चैत्र २०७९, शनिबार | March 25, 2023

कास्कीमा पहिरो जाँदा एकै परिवारका ३ बालबालिकाको मृत्यु



पोखरा । कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नं. ८ स्थित खोराकोमुख, पाखा भन्ने ठाउँमा पहिरो जाँदा एकै परिवारका ३ जना बालबालिकाको घटनास्थलमै मृत्यु भएको छ ।

गएरातिदेखि परेको अविरल वर्षाका कारण प्रेमराज विकको घर पछाडिबाट पहिरो खस्दा बिकका तीन नाति नातिनीको मृत्यु भएको हो ।

पहिरोमा परी ज्यान गुमाउनेमा १६ वर्षीय कुशल बिक, १६ वर्षीया रोजिना बिक र १४ वर्षीय समीर बिक रहेको कास्की प्रहरी प्रवक्ता एवं डिएसपी सुवास हमालले जानकारी दिए ।

उनीहरु सुतेको कोठामाथि पहिरो खसेको थियो । घरको २०० मिटर माथिबाट झरेको पहिरोले घर बगाएको हो । ढुङ्गा माटोले बनेको कच्ची घरको तीन वटा कोठा पहिराले बगाएको हो ।

मृतक ३ बालबालिका प्रेम बिकका ३ छोराका छोराछोरी हुन् । कुशल माइला छोराका छोरा हुन् । रोजिना जेठो छोराकी छोरी हुन् भने समिर कान्छा छोराका छोरा हुन् । माइला छोरा हेम्जामा बस्छन् । कान्छी बुहारी समिर घरमा छाडेर अर्को बच्चाका साथ माइत गएकी छन् ।

राति घरमा ६ जना सुतिरहेको अवस्थामा पहिरो खसेको थियो । बाँकी ३ जना शकुसल रहेको प्रवक्ता हमालले बताए । घटनास्थलमा प्रहरीको टोली पुगेर शव बाहिर निकालिसकेको छ । वडा प्रहरी कार्यालय बगरबाट इन्स्पेक्टर मुक्तिनाथ सापकोटाको नेतृत्वमा टोली घटनास्थलमा पुगेको थियो ।

कास्कीका प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकाल र कास्की प्रहरी प्रमुख जीवनकुमार श्रेष्ठ समेत घटनास्थलतर्फ गएको प्रवक्ता हमालले जानकारी दिए ।

प्रकाशित मिति : २ श्रावण २०७७, शुक्रबार  ९ : ३७ बजे

कोशी प्रदेश नामाकरण विवाद चैत ५ को घटनाबारे छानविन गर्न समिति गठन गर्ने

काठमाडौं । कोशी प्रदेश नामाकरण विवादपछि चैत ५ गते भएको

असिनाले हिउँदेबाली र तरकारीखेती नष्ट

बेनी । शुक्रबार परेको भीषण असिनाले उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा

हरियो धनियाँको मुठा बेचेर वार्षिक तीन लाख

बेनी । दाल, तरकारी र मासुका परिकार स्वादिष्ट र सुगन्धित

प्रहरी महानिरिक्षक सिंहसहित एकैपटक नौं उच्च प्रहरी अधिकारीको अवकासमा

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक धिरजप्रताप सिंहसहित नौ जना उच्च

मिथिलामा वासन्ती छठ पर्व सुरु

महोत्तरी । मिथिलामा श्रद्धा र निष्ठापूर्वक मनाइने वासन्ती छठ (बोलिचालीमा