२० आश्विन २०८३, मंगलबार | October 6, 2026

२५ किलो चाँदी सहित २ जना बारा प्रहरीको नियन्त्रणमा



वीरगंज। २५ किलो चाँदीको गहनासहित भारतबाट नेपाल आउँदै गरेका २ जनालाई बारा प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी बाराको टोलीले भारतबाट अवैध रूपमा चाँदीको गहना ल्याउँदै गरेको अवस्थामा उनीहरूलाई पक्राउ गरेको हो।

भारतबाट बाराको मटिअर्वा–कलैया सडकबाट कलैया आउने क्रममा कलैया–११ विश्वम्भरपुर टोल नजिक ना६१प ७२०४ नम्बरको मोटरसाइकल जाँच गर्दा अवैध गहना फेला परेको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा कलैया–५ बस्ने ३२ वर्षीय इन्द्रदेव यादव र बाराको प्रसौनी गाउँपालिका(६ का ३८ वर्षीय वकिल अन्सारी रहेका छन्।

उनीहरुलाई भन्सार ऐन अनुसार आवश्यक कारवाहीको लागि वीरगंज भन्सार पठाइएको बारा प्रहरीका प्रवक्ता डिएसपी गौतम मिश्रले बताए।

प्रकाशित मिति : २ श्रावण २०७७, शुक्रबार  १० : २१ बजे

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला । गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ ।

घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि रुट परमिट खुला

काठमाडौँ । दसैँको समयमा यात्रुको सहज आवागमनलाई व्यवस्थित बनाउन घटस्थापनादेखि

कांग्रेस सभापतिमा तीन जनाको उम्मेदवारी

काठमाडौँ । नेपाली कांग्रेसको पार्टीको १५औँ महाधिवेशन अन्तरर्गतको निर्वाचनका लागि

शिक्षा पत्रकार समूहको अध्यक्षमा जनक नेपाल चयन

काठमाडौँ । शिक्षा पत्रकार समूहको १३औँ अधिवेशनबाट पत्रकार जनक नेपालको

दसैँको साइत : कात्तिक ४ गते बुधबार १०ः२६ बजे विजया दशमीको उत्तम

काठमाडौं । यस वर्ष विजया दशमीको साइत कात्तिक ४ गते