१४ फाल्गुन २०८२, बिहिबार | February 26, 2026

कारागारमा रहेका कैदी बन्दीसम्म पुग्यो कोरोना भाइरस, बन्दीको सुरक्षामा रहेका प्रहरीमा पनि कारोना पुष्टि



नेपालगञ्ज । कोरोना संक्रमण बिदेशबाट आउने नेपाली, उनीहरुको सम्पर्कका आएका स्थानीय, उपचारमा संग्लग्न स्वास्थ्यकर्मी, सुरक्षाकर्मी हुँदै कारगारमा रहेका कैदीबन्दीसम्म पुगेको छ ।

नेपालगञ्जस्थित कारागारका रहेका कैदीबन्दी र एक जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

चोरी मुद्दामा धरौटी बुझाउन नसकेपछि बन्दी जीवन विताइ रहेका नेपालगञ्ज ६ का २८ वर्षीय युवा र कारागार सुरक्षामा रहेका एक प्रहरीमा संक्रमण पुष्टि भएको हो ।

कारागारमा विरामी परेपछि थुनुवालाई भेरी अस्पताल लगिएको थियो । उनीमा कारोनाको लक्षण देखिएपछि अस्पतालको आईशोलसनमा राखेर उपचार गरिएको थियो ।

अस्पतालमा उपचारकै क्रममा स्वाव लिएर परीक्षण गर्दा बिरामी परेका उनी र उनको सुरक्षामा सँगै अस्पताल गएका प्रहरीमा कोरोना पुष्टि भएको हो । थुनुवाको शरीरमा रगतको कमी भएपछि अस्पताल लगिएको जेलर देवेन्द्र श्रेष्ठले जानकारी दिए ।

उनीहरु दुबै जनालाई आइसोलेशन सेन्टरमा थप उपचारका लागि पठाईएको कारागार प्रशासनले जनाएको छ ।

७ सय ७७ जना थुनुवा रहेको नेपालगञ्ज कारागारमा प्रशासनले लकडाउन अघिनै भेटघाटमा रोक लगाएको थियो । उनको सम्पर्कमा आएकाहरुको स्वाब लिने तयारी भएको बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।

प्रकाशित मिति : २ श्रावण २०७७, शुक्रबार  ७ : ४८ बजे

रास्वपा नवलपरासीका सभापति ठकुरी नेपाली कांग्रेसमा प्रवेश

नवलपरासी । प्रतिनिधिसभा निर्वाचन हुन एक साता बाँकी रहँदा राष्ट्रिय

सहकारी ठगीविरुद्ध कांग्रेसको ‘शून्य सहनशीलता’ नीति

काठमाडौं । नेपाली कांग्रेसले बचतकर्ताको सुरक्षा र ठगीविरूद्ध ‘शून्य सहनशीलता’को

फागुन २० गतेदेखि मतदान सम्पन्न नहुँदासम्म सवारीसाधन चलाउन नपाइने

काठमाडौं । निर्वाचन आयोगले फागुन २० गते राति १२ः०० बजेदेखि मतदान

प्रतिनिधिसभा सदस्य निर्वाचन : आचारसंहिता उल्लङ्घनका उजुरीमा ८७ वटा स्पष्टीकरण, ५७ जवाफ प्राप्त

काठमाडौं । केन्द्रीय आचारसंहिता अनुगमन समितिमा हालसम्म प्राप्त ८७ उजुरीका