४ पुस २०८२, शुक्रबार | December 20, 2025

करोडौं ठगी गर्न सफल ‘नटवरलाल’ जिन्दल प्रहरीको फन्दामा



काठमाडौं । झापा, बारा, पर्सा, सर्लाही बस्ने २२ जना व्यक्तिहरुबाट ७ करोड ८१ लाख ४२ हजार रुपैयाँ बराबर ठगी फरार रहेका एकजना अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।

झापा दमक नगरपालिका-७ कृष्णसमन्दिर घर भएका २९ वर्षीय मनिष अग्रवाल भन्ने चन्दन जिन्दललाई प्रहरीले भक्तपुरबाट पक्राउ गरेको हो । महानगरीय अपराध महाशाखा काठमाडौंबाट खटिएको प्रहरीले उनलाई भक्तपुर मध्यपुर ठिमि नगरपालिका-३ गठ्ठाघरमा लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको जनाएको छ ।

अभियुक्त जिन्दलले २२ जना व्यक्तिहरुबाट ७ करोड बढी रकम ठगी गर्नुका साथै तथा बारा, पर्साका बिभिन्न खाद्यान्न व्यापारीहरुलाई बिश्वासमा लिई उधारोमा खाद्यान्न ल्याई काठमाडौंका व्यापारीहरुलाई खरिद मूल्य भन्दा पनि सस्तोमा नगदमा बिक्री गर्ने गरेको भेटिएपछि उनी बिरुद्ध ठगीको मुद्दा परेको थियो । प्रहरीका अनुसार उनले झापामा जमिन र हार्डवयर व्यवसायमा ठगी गरेको अनुसन्धानबाट खुल्न आएको छ । पत्रकाउ परेका जिन्दल बिरुद्ध जिल्ला प्रहरी कार्यालय बारामा बैंकिङ कसुर मुद्दा दर्ता भई उच्च अदालत जनकपुर अस्थायी इजलाश वीरगन्जबाट र इलाका प्रहरी कार्यालय दमक झापामा ठगी मुद्दा दर्ता भई झापा जिल्ला अदालतबाट पक्राउ पूर्जी जारी भएको थियो ।

पक्राउ जिन्दललाई आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय बारा पठाइएको महानगरीय अपराध महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : २ श्रावण २०७७, शुक्रबार  ९ : १८ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको