१ फाल्गुन २०८२, शुक्रबार | February 14, 2026

अतुल्य पर्वत, पवित्र सरोवर, आस्थाको संगम– कैलाश–मानसरोवर : कोरोनाले रोकेको धार्मिक यात्रा (फोटो फिचरसहित)



कोरोना भाइरसको विश्वव्यापी महामारी नहुन्थ्यो भने यतिबेला विश्वभरीका हिन्दु बौद्ध धर्ममा आस्था राख्ने व्यक्तिहरुका लागि यौटा अलौकिक यात्रा प्रबन्धको तयारी भैरहेको हुन्थ्यो ।

संसारको जुन कुनामा बसेर पनि विश्वकै अग्लो छानोमा रहेको यौटा पवित्र हिमपर्वतको काखमा लुटपुटिने उत्कट चाहनाले कुत्कुत्याइरहेको हुन्थ्यो । एक पवित्र सरोवरमा पुगेर त्यहाँको पानीले शरीरलाई सिञ्चत गर्न मन हुन्थ्यो ।

हामी कुरा गर्दैछौं, कैलाश–मानसरोवरको । यो पवित्र क्षेत्र, जहाँ जीवनकालमा मानिस एकपटक पुग्न चाहेको हुन्छ । मृत्युपछि वैतरणी तर्दै स्वर्गको कल्पनाको मिथक धेरै चल्छ । त्यसका लागि पाप गर्न हुँदैन । तर, हामी भौतिक जीवनमै प्रकृतिको त्यो स्वर्गीय आनन्द मिल्ने स्थानको कुरा गर्दैछौं, जहाँ एक पाइला पर्ने वित्तिकै स्वर्ग पुगेको अनुभूति हुन्छ । सायद, धर्मशास्त्रमा स्वर्गको परिकल्पना यसकारण गरिएको हुन्छ, जहाँ सबथोक प्राप्त हुन्छ । तपाईं कैलाश पर्वत र काखैमा रहेको मानसरोवर क्षेत्रमा जब पुग्नुहुन्छ, तपाईंको मस्तिष्कमा एक अतुल्य चुम्बकीय तरङ्ग उत्पन्न भएको आभाष हुन्छ । यही प्रकृतिमै लुटपुटिरहन पाए हुन्थ्यो भन्ने लाग्छ । यो ठाउँ छोडेर कहिल्यै नजाउँ जस्तो लाग्छ । कैलाशको काख र मानसरोवरको पवित्रताले मानिसलाई फरक सोच्न बाध्य बनाउँछ । यो ठाउँमा जो पुगेको छ, उसले यसको अनुभूति गर्नसक्छ । त्यसैले, हिन्दू तथा बौद्ध दुवै धर्मावलम्बीका लागि यो क्षेत्र पवित्र स्थल मानिन्छ ।

कोरोना भाइरसको महामारीका कारण तिब्बत स्वायत्त प्रदेश सरकारले यसपटक कैलाश मानसरोवर यात्रा खोलेको छैन । नत्र यो समय कैलाश यात्राका लागि नेपाल अति व्यस्त हुने समय हो । अहिलेसम्म नेपालको बाटो हुँदै कैलाश मानसरोवर पुग्ने सहज प्रबन्ध थियो । हवाई यात्राबाट काठमाडौं–ल्हासा पुगेपछि ल्हासा–सिगात्से–सागा–डार्चेन पुग्न सकिन्छ । डार्चेन कैशाल–मानसरोवरका लागि भौतिक सुविधा सम्पन्न बेस क्याम्प जस्तै हो ।

नेपालगन्जबाट हुम्लाको सिमिकोटसम्म जहाजबाट, त्यसपछि हेलिकोप्टरमार्फत हिल्सासम्म पुगेर त्यहाँबाट ताक्लाकोट हुँदै डार्चेन पुग्ने अर्को लोकप्रिय रुट हो । यसैगरी काठमाडौंबाट केरुङ हुँदै तिब्बतको सागा पुगेर त्यहाँबाट डार्चेन पुग्ने अर्को सजिलो रुट हो । यस्तै भारतको सिक्किमको नाथुला हुँदै तिब्बतको ग्यात्सेबाट सिगात्से–सागा हुँदै डार्चेन पुग्ने अर्को रुट हो । भारतीयहरुका लागि यो निकै लामो रुट हो । भारतीय नागरिकले उत्तराखण्डको पिथौरागढबाट नेपालको लिपुलेक हुँदै डार्चेनसम्म पनि पुग्छन् । नेपाली भूमि अतिक्रमण गरेको भारतले नेपालकै भूमि हुँदै हालै मात्र लिपुलेससम्म सडक मार्ग खुलाएको छ, कैलाश यात्राकै नाममा ।)

यी अनेकौं रुट हुँदै डार्चेन पुगेपछि कैशाश पर्वतका लागि पैदल यात्रा सुरु हुन्छ । नसक्ने मानिसहरु घोडा पनि चढ्छन् । तर, कैलास परिक्रमा गर्ने नै हो भने हिँड्नुको विकल्प छैन ।


कैलाश मानसरोवर जाने मुख्य सिजन मेदेखि सेप्टेम्बरसम्म हो । यो बीचमा हजारौं तीर्थयात्रीहरु, पर्यटकहरु कैलाश मानरोवर पुग्छन् । हिन्दु र बौद्ध धर्मावलम्बीबाहेक पश्चिमा देशका पर्यटक पनि कैलास ट्रेकिङमा जान्छन् ।

डेरापुक बेसक्याम्प

६ हजार ६३८ मिटर अग्लो कैशाश पर्वतको परिक्रमा गर्न ५५ किलोमिटर यात्रा गर्नुपर्छ । जसमध्ये पहिलो ७ किलोमिटर जीपमार्फत जान सकिन्छ भने अन्तिम ४ किलोमिटर पनि जीप मार्फतै फर्किन सकिन्छ । डार्चेनबाट १५ किलोमिटर पैदल यात्रा गरेपछि कैलाश पर्वतको काखैमा रहेको बेस क्याम्पमा पुग्न सकिन्छ । परिक्रमा गर्न नसक्नेहरु ५ हजार ८० मिटर उचाईमा रहेको डेरापुक बेस क्याम्पमा पुगेर फर्किने गर्छन् । सक्नेहरु परिक्रमा गर्छन् ।


कैलाशको परिक्रममा पछि मानसरोवर (४६०० मिटर) पुग्ने चलन हुन्छ । ४१२ वर्गकिलोमिटर रहेको मानसरोवर सर्किट जीपमार्फत पुरा गर्न ३ घण्टा लाग्छ । यौटा सानो डाँडाले अर्को एक ताललाई छुट्याएको छ । त्यस ताललाई राक्षस ताल भनिन्छ । मानसरोवरको पानी अति पवित्र मानिन्छ । राक्षस तालको पानी त छुन पनि हुँदैन भन्ने मान्यता रहेको छ ।

डार्चेन

धार्मिक आत्याध्मिक जस्तो मान्यता रहेको भएपछि यो सबै क्षेत्रको रमणीयताले मानिसलाई मन्त्रमुग्ध बनाउँछ । उत्तरमा कैलाश पर्वत दक्षिणमा गुरुमण्डना पर्वत बीचमा मानसरोवर । विश्वको छानो तिब्बतमा रहेको यो पवित्र ठाउँको पवित्रता जोगाउन तिब्बत स्वायत्त प्रदेश सरकारले कुनै कसर बाँकी राखेको छैन ।

हेरौं कैलाश-मानसरोवर र त्यसआसपाका केही थप तस्विरहरु

 

 

प्रकाशित मिति : ३ श्रावण २०७७, शनिबार  १२ : २३ बजे

महिला मतदाता कम हुनुको कारणबारे अध्ययन हुन्छ : प्रमुख निर्वाचन आयुक्त भण्डारी

काठमाडौँ । कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले कूल मतदाता सङ्ख्यामा

राष्ट्रपति पौडेलद्वारा महाशिवरात्रिमा साधुसन्तलाई प्रदान गरिने सामग्री सङ्कल्प

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले महाशिवरात्रिका अवसरमा पशुपतिनाथ दर्शनमा आउने

‘बाँकेको क्षेत्र नम्बर २ मा जितको नजिक पुगिसकेका छौं’ : कांग्रेस उम्मेदवार कोइराला

नेपालगन्ज । नेपाली कांग्रेसका युवा उम्मेदवार शुधान्सु कोइरालाले बाँके क्षेत्र

प्रधानमन्त्री कार्कीद्वारा बङ्गलादेश सरकार र जनतालाई बधाई

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले १३औँ संसदीय निर्वाचन सफलतापूर्वक सम्पन्न

New Chinese Ambassador Zhang Maoming Pledges to Deepen Strategic Partnership and Advance Shared Future Community

Kathmandu : Zhang Maoming, the newly appointed 23rd Ambassador Extraordinary