१३ भदौ २०८३, शनिबार | August 29, 2026

स्थापना दिवसमा मानवसेवा आश्रममा आश्रितहरुसँग पौवाको एक छाक खाना



नेपालगन्ज । होटल पौवाले मानवसेवा आश्रममा आश्रय लिइरहेका आश्रितहरुलाई खाना खुवाएर १० औ स्थापना दिवस बनाएको छ । पौवाको नेपालगन्ज शाखाले मानवसेवा आश्रम नेपालगन्जमा आश्रितहरुलाई खाना खुवाएर स्थापना दिवस मनाएको हो ।

स्थापना दिवसका दिन संस्थाको सामाजिक उत्तरदायित्व अन्तर्गत जेष्ठ नागरिक, शारिरिक कमजोरी तथा मानसिक कमजारी रहेका आश्रितहरुलाई खाना प्रदान गरिएको होटल पौवाका अध्यक्ष दुर्गाप्रसाद भण्डारीले बताए । आश्रय बिहिनहरुका लागि ठुलो योगदान गरिरहेको मानवसेवा आश्रमको अभियानमा थोरै भएपनि जोडिन पाउनु पौवाका लागि गौरवको विषय भएको उनले बताए । अध्यक्ष भण्डारीले पौवाका २० वटै शाखाले स्थापना दिवसमा कुनै न कुनै सामाजिक उत्तरदायित्वको कार्य गरिरहेको जानकारी दिए ।

पौवा नेपालगन्जका महाप्रबन्धक गिरिराज पाण्डेले मानवसेवा आश्रममा आश्रित जेष्ठ नागरिक र आश्रित व्यक्तिहरुलाई खाना खुवाएर आशिर्वाद प्राप्त गर्न पाउँदा पौवा टिमलाई खुसी लागेको बताए । ग्राहकहरुलाई उत्कृष्ठ खाना खुवाएर पटक पटक सरकारबाट उत्कृष्ट र स्वस्थकर खानाको उपाधि पाएको पौवाको तर्फबाट आश्रममा आश्रितहरुलाई स्वस्थ र फरक स्वाद दिन स्थापना दिवसमा खाना खुवाउने कार्यक्रम राखिएको उनले बताए ।

मानवसेवा आश्रम नेपालगन्जकी सह संयोजक विष्णु घर्तीले पौवाले स्थापना दिवसमा मानवसेवा आश्रममा आश्रितहरुलाई खाना प्रदान गर्ने कार्यक्रम राखेकोमा साधुवाद प्रकट गरिन् ।

आश्रममा आश्रित ८० आश्रयकर्ता सहित सेवामा खटने स्वयम सेवकहरुलाई पौवाले आज बिहानको खाना प्रदान गरेको हो । खाना वितरण गर्न पौवा नेपालगन्जका शाखा अध्यक्ष ज्ञानेन्द्र श्रेष्ठ, शेयर सदस्य झबिन्द्र मरासिनी, शरण कर्माचार्य, वरिष्ठ शेफ दीपक भण्डारीलगायत पौवाका कर्मचारीहरु मानवसेवा आश्रम पुगेका थिए ।

प्रकाशित मिति : २५ चैत्र २०८२, बुधबार  २ : ५७ बजे

राष्ट्रपति पौडेलले पठाए चिनियाँ समकक्षीलाई समवेदना सन्देश; भारतीय राष्ट्रपतिप्रति कृतज्ञ

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले चीनको सिजाङ स्वायत्त प्रदेशको केरुङ

त्रिशूली ‘थ्रि-ए’ सुरुङमा फसेकाको उद्धारका लागि ‘ड्रिलिङ’ सुरु

काठमाडौं । नेपाली सेना, सशस्त्र प्रहरी बल नेपाल र नेपाल

बाढी प्रभावित क्षेत्रमा अन्तर्राष्ट्रिय उद्धार टोली परिचालन गर्न कांग्रेसको माग

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बाढी तथा पहिरो

भोटेकोशी बाढी : मधेस प्रदेशका हराइरहेकामध्ये २२ जना सम्पर्कमा

जनकपुरधाम । रसुवाको भोटेकोशी नदी आएको बाढीपछि हराइरहेका मधेस प्रदेशका

गाईजात्रामा दिवङ्गत आफन्तको सम्झना, झाँकीसहित नगर परिक्रमा

काठमाडौँ । राजधानीका विभिन्न स्थानमा एक वर्षभित्र दिवङ्गत भएका आफन्तको