२५ मंसिर २०८०, सोमबार | December 12, 2023

तपाईं कब्जियतले तनाबमा हुनुहुन्छ कि ? नआत्तिनुस हामी दिँदैछौं महत्वपूर्ण घरेलु टिप्स



बढ्दो शहरीकरण तथा आधुनिक अप्राकृतिक जीवनशैलीले मानव जीवनलाई सहज त बनाएको छ तर सहजताकाबीच केही त्यस्ता समस्याहरु पनि सँगसँगै निम्त्याइरहेका छन्, ती मध्ये एक समस्या हो कब्जियत ।

सर्वप्रथम कब्जियत के हो त ? यसबारे छलफल गरौं । कब्जियतले पाचन तन्त्रको त्यस स्थितिको अवस्था बताउँछ, जसमा केहि व्यक्ति वा जनावरको मल एकदम कडा हुन जान्छ तथा मल त्यागमा कठिनाई हुन जान्छ । कब्जियत आमाशयको स्वभाविक परिवर्तनको त्यस अवस्था हो, जसमा मल निष्कासनको समय अत्याधिक बलको प्रयोग गर्नु पर्दछ ।

सामान्य आवृत्ति र आमाशयको गति व्यक्ति विशेषमा निर्भर गर्दछ । एक हप्तामा ७ देखि १२ पटक मल निष्कासनको प्रकृति सामान्य मानिन्छ । कब्जियत हुनाले शौच गर्नमा बाधा उत्पन्न हुन्छ, पाचनतन्त्र प्रभावित हुन्छ, जसको कारण शौच गर्न एकदम पीडा हुन्छ । कसै कसैलाई केवल ग्यासको समस्या हुन्छ, कसै कसैलाई खाना अपच हुन्छ ।

आजकल यो समस्याले वच्चादेखि वृद्धा सबैलाई समस्या गरिरहेको छ । व्यक्तिलाई दुई तीन दिनसम्म शौच नहुँदा कब्जियतको समस्या उत्पन्न हुन्छ । एक स्वस्थ व्यक्तिले दिनमा कम्तिमा एकपटक बिहान अथवा बिहान बेलुका गरी दुईपटक मल त्याग गर्न जानु पर्दछ। प्रतिदिन पेट सफा नहुनाले कब्जियत उत्पन्न हुन्छ । कब्जियतको चाँडै उपचार नभए अनेक विकार उत्पन्न हुन्छ ।

कब्जियतका प्रमुख कारणहरु ?
१. कम रेशायुक्त भोजनको सेवन गर्नु, दैनिक भोजनमा फाइबरको अभाव
२. अल्पभोजन ग्रहण गर्नु
३. शरीरमा पानीको मात्रा कम हुनु
४. कम काम गर्नु अथवा कम चलमल गर्नु , कुनै प्रकारको शारीरिक मेहनत नगर्नु , आलस्य गर्नु , शारीरिक कामको सट्टा दिमाखी काम ज्यादा गर्नु
५. कुनै खास किसिमको दबाइको प्रयोग गर्नु
६. आमाशयमा घाउ खटिरा आउनु
७. थाइराइड हर्मोन कम बन्नु
८. क्याल्सियम र पोटासियमको मात्रा कम
९. मधुमेहको रोगीमा पाचनसम्बन्धी समस्या
१०. पार्किनसनको समस्या
११. चिया, कफी बढीमात्रामा सेवन, धुम्रपान तथा मदिराको सेवन
१२. गरिष्ठ भोजन (ढिलो पच्ने खाद्यपदार्थ) को सेवन बढि गर्नु
१३. आँत, लिभर र स्प्लिनको बिरामी
१४. दुःख , चिन्ता, डर आदि हुनु
१५. सहीसमयमा भोजन नगर्नु, सही समयमा सुत्ने उठ्ने नगर्नु
१६. पाचन अग्नि कम हुनु
१७. भोजन खुब चपाईचपाई नखानु अथवा भोजन एकदम हतारमा निल्नु
१८. विना भोक भोजन गर्नु
१९. ज्यादा उपवास बस्नु
२०. भोजन गर्ने समय ध्यान भोजन चपाउनेमा नभई अन्यत्र हुनु जस्तै टेलिफोनमा कुरा गर्दै भोजन गर्नु, टेलिभिजन हेर्दै भोजन गर्नु आदि

कब्जियतका लक्षणहरु
१. श्वासमा गन्ध आउनु
२. भोक नजाग्नु
३. टाउको दुख्नु
४. चक्कर लाग्नु
५. अनुहारमा दाना देखिनु
६. शरीर तातिनु र चिडचिडाहट हुनु आदि

कब्जियतबाट मुक्त रहने केहि उपायहरु
जतिसक्दो जीवनलाई प्राकृतिक बनाउने अथवा जीवनलाई प्रकृति अनुरुप ढाल्दै जाने साथै दैनिक भोजनमा क्षार र अम्लको अनुपात क्रमशः ८० प्रतिशत र २० प्रतिशत कायम गर्न व्यक्तिले निम्न प्रकारको भोजन गर्नोस :
*  ३० प्रतिशत ऋतुफल
*  २५ प्रतिशत हरियो सागपात एवं तरकारी जस्तै : लौका, स्कुस, घिरौंला आदि
*  १५ प्रतिशत काँचो सलाद
*  २० प्रतिशत अनाज वा कन्दमूल जस्तै : मकै, कोदो, आलु आदि
*  ५ प्रतिशत दाल वा दुई दलिय अन्न
*  ५ प्रतिशत दूध, दहि, सुकेको फल जस्तै : आलमोण्ड, छोकडा, किसमिस आदि
*  प्रशस्त शुद्ध जल सेवन गर्ने
*  बिहानको नास्तामा अंकुरित अनाज (अमृत भोजन) को सेवन

(जानकारी : सुख्खा फल लिँदा सकेसम्म राती पखालेर पानीमा भिजाई बिहान पानी समेत सेवन गर्दा सुपाच्य हुन्छ )

यसको अतिरिक्त केहि विशेष घरेलु प्रयोगः
* ईसबगोल : २ चम्चा ईसबगोल ६ घण्टा पानीमा राखेर अलिकति मिश्री मिलाएर सेवन गरेमा पेट सफा हुन्छ ।

*  चना : कब्जियतको लागि चना उपयोगी हुन्छ । यसलाई राती भिजाएर बिहान अलिकति बिरेनुन राखी खाएमा अथवा यसलाई आँटा बनाई गहुँको आँटासँग मिलाई वा चना मात्रको आँटाको रोटी जीरा र अदुवा हाली स्वाद अनुसार नुन हाली रोटी खाएमा पेट सफा हुन्छ साथै पौष्टिक तत्व पनि प्राप्त गरिन्छ ।

*   बेल
पाकेको बेलको गुदी पानीमा हालेर सर्वत बनाई सेवन गरेमा पेट सफा हुन्छ साथै अन्य फाईदा पनि हुन्छ ।

*  कागती
कागतीको रस र करिब १२ ग्राम सख्खर एक गिलास मनतातो पानीमा सेवन गर्नाले पूरानो कब्जियत पनि दूर हुन्छ ।

*  सुन्तला
बिहानको नास्तामा सुन्तलाको रस केहि दिनसम्म पिउनाले मल प्राकृतिक रुपमा निष्कासन हुन्छ साथै पाचन शक्ति पनि बढ्छ ।

*   मेथी
मेथीको साग सेवनले कब्जियत दूर हुन्छ ।

*   गहुँ
गहुँको जमराको रस सेवनले कब्जियत दूर हुन्छ ।

*  दालचिनी
दालचिनी, अदुवा र अलैची पाउडर बनाई सेवन

*   गोलभेडा
गोलभेडा कब्जियतको राम्रो औषधी मानिन्छ । आमासयमा जम्मा भएको मललाई निकाली अंगलाई चेतना प्रदान गर्न धेरै मद्दत गर्दछ ।

*   एक गिलास दुधमा एक चम्चा घ्यू मिलाएर राती सुत्ने समयमा सेवन गर्दा कब्जियत दूर हुन्छ ।

*  बिहान सबेरै उठि आफ्नो क्षमता अनुसार मनतातो जलको सेवन

*  अम्बा र मेवा कब्जियतको अति राम्रो औषधी

*   अन्जिर, सुख्खा अंगुर (किसमिस) राती पानीमा भिजाएर बिहान सेवन गर्नाले आँतलाई राम्रो गर्छ साथै कब्जियत दूर गर्छ ।

*  आलसको पाउडर राती पानीमा भिजाएर बिहान पानी समेत सेवन गरेमा आलसमा पाउने ओमेगाफ्याटी एसिडले कब्जियतलाई निवारण गर्ने भूमिमा खेल्छ ।

*  पालकको रस अथवा पालक काँचै खानाले कब्जियत नाश हुन्छ । हरेक दिन एक गिलास पालकको रस सेवन गर्नाले पुरानो कब्जियत पनि नाश हुन्छ ।

कब्जियत समस्याको लागि योगासन :

बिहान सबेरै उठेर कागासनमा बसी आफ्नो क्षमता अनुसार मनतातो पानी सेवन गरी टाडासनमा गोडाको औंलाको टुप्पाले टेकेर हिँड्ने र टाडासन, त्रियक टाडासन र कटि चक्रासन यी तीन आसन पस्चात शौचालय जाने ।

शौच गर्दा ध्यान दिनुपर्ने कुराहरु :

शौचालयमा मल निष्कासन गर्दा प्राचीन तरिका प्यान छ भने टुसुक्क बसि ढाडलाई सिधा पारी दुबै हात दुबै गोडाको भित्र कुहिनाले दुबै गोडालाई अलि फट्याई दबाब दिने जसले गर्दा अपान बायु सक्रिय भई मल त्याग गर्न सहज हुन्छ । यदि घुँडाको समस्या छ भने कमड (आधुनिक तरिका) मा ढाडलाई सोझो बनाई दुबै हातले तिघ्रामा राखि दुबै गोडालाई फट्याई मल त्याग गर्ने । मल त्याग पछि योगासनमा लाग्ने ।

योगासनस, अपानासन, उत्तानपादासन , नौकासन , कन्दरासन (सेतुबन्दासन), बज्रासन , कुम्भकासन (चतुरङ्ग दण्डासन )

(जानकारीः अरु आसन गर्न समय नभएको बेला कुम्भकासन गरे पनि हुन्छ )

आसन पश्चात प्राणायाम (भस्त्रिका), हठयोग शद्धिक्रिया (कपालभाति, नौलि क्रिया ), अग्निसार क्रिया, भ्रामरी, ध्यान आदि गरेमा कब्जियत दूर हुन्छ ।

(योगी रमेश सिटौला गुरुकुल योगाश्रम काठमाडौंका संस्थापक हुन् ।)

प्रकाशित मिति : ३ श्रावण २०७७, शनिबार  २ : ११ बजे

ध्रुवे हात्तीलाई रेडियोकलर जडान

चितवन । चितवन राष्ट्रिय निकुञ्जले जङ्गली हात्ती ध्रुवेलाई रेडियोकलर जडान

रास्वपाले संसदीय दलको विधान पुनःसंरचना गर्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको विधान पुनःसंरचना

गणतन्त्रको विकल्प निरङ्कुशतन्त्र हुनै सक्दैन : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले थालनी गरेका जनपक्षीय

कुश्मा-नयाँ बुटवल दुई सय २० केभी प्रसारण लाइनको उद्घाटन

काठमाडौं । नवलपरासी, रुपन्देहीलगायत जिल्लामा सहज विद्युत् आपूर्तिका लागि महत्वपूर्ण

उद्योगी ब्यवसायीले पठाए प्रधानमन्त्री र गभर्नरलाई आन्दोलनको चेतावनी सहितको ज्ञापनपत्र

नेपालगन्ज । बैंक तथा बित्तीयसंस्थाहरुले ज्यादती गरेको भन्दै आन्दोलित भएका