३१ असार २०८३, बुधबार | July 15, 2026

आजको मौसम : धेरैजसो स्थानमा हल्कादेखि मध्यम वर्षा, पहाडी तथा पश्चिमी तराईमा बाढी पहिरोको सम्भावना



काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव कायमै छ । यसकासाथै मनसूनी न्युन चापीय रेखा नेपालको तराई भू–भागदेखि केही दक्षिणतिर अवस्थित छ ।                  जसअनुसार देशभर सामान्य देखि पुर्ण बदली रही धेरैजसो स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भईरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

आज विहान २ बजे मापन भएको डाटा अनुसार पछिल्लो ३ घण्टामा कपिलवस्तुको बाणगंगा र आसपास भारी बर्षा भएको थियो भने थप बर्षा हुन सक्ने तथा बाणगंगा, गुडुंग लगायत आसपासका स–साना नदी तटीय क्षेत्रमा बाढी आउन सक्ने विभागले जनाएको छ ।

त्यसैगरी पछिल्लो ३ घण्टामा परासी, बर्दघाट, डण्डा बजार र नवलपरासीका धेरैजसो स्थानमा आज विहान ५ बजे भारी बर्षा मापन भएको छ । यसकासाथै थप बर्षा हुन सक्ने सम्भावना पनि रहेको छ ।

जसअनुसार आरूणखोला, गिरूवारी खोला र नवलपरासीका साना नदी तटीय क्षेत्रमा एक्कासी बाढी आउन सक्ने सम्भावना रहेकाले सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले जनाएको ।

आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही धेरैजसो स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका केही स्थानहरुकासाथै प्रदेश १ र प्रदेश ५ का केही स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको विभागले जनाएको छ ।

आज राती देशभर पूर्ण बदली रही धेरैजसो स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका केही स्थानहरुकासाथै प्रदेश १ का केही स्थानहरुमा भारी वर्षाकोसमेत सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

प्रकाशित मिति : ४ श्रावण २०७७, आइतबार  ७ : १३ बजे

लायन्स क्लब अफ बुटवलको वार्षिक साधारणसभा सम्पन्न, गभर्नर्स टिमलाई सम्मान

बुटवल । लायन्स क्लब अफ बुटवलले वर्ष २०२६/२७ को आफ्नो

कर्णालीका मुख्यमन्त्री कँडेलद्वारा चार मन्त्रीको राजीनामा राजीनामा स्वीकृत

सुर्खेत । कर्णाली प्रदेश सरकारमा नेपाली कांग्रेसको तर्फबाट सहभागी चार

नेप्से परिसूचक १४ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

निजी क्षेत्रलाई सरकारले उच्च प्राथमिकता दिएको छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले देशको पर्यटन प्रवर्द्धनका निम्ति द्रुत

बुटवलमा नक्कली नोट छाप्ने गिरोह पक्राउ, ६ लाखभन्दा बढी नक्कली नोट बरामद

बुटवल । रुपन्देहीको बुटवल उपमहानगरपालिका-६ नेपालगञ्जरोडस्थित एक पसलबाट नक्कली नेपाली