५ पुस २०८२, शनिबार | December 20, 2025

आगामी ६८सय वर्षसम्म नदेखिने दुर्लभ खगोलीय घटना



यतिबेला विश्व एक दुर्लभ खगोलीय घटनाको साक्षी बन्दैछ । विश्वभरका खगोलशास्त्री एक शानदार पुछ्रेतारा लाई हेरिरहेका छन् ।

नियोभाइस पुछ्रेतारालाई सबैभन्दा पहिला गत मार्चको अन्तिम साता देखिएको थियो । यो २१ औं शताब्दीको केही पुछ्रेतारा मध्ये एक तारा बनेको छ जसलाई सूर्यतर्फ बढ्दै गर्दा नाङ्गो आँखाले समेत देख्न सकिएको छ ।

यो पुछ्रेतारा  २३ जुलाईमा पृथ्वीको सबैभन्दा नजिक आउनेछ । तर पनि पृथ्वीबाट १०३ मिलियन किलोमिटर टाढै हुनेछ ।

आज हामी केही यस्तो ठाउँको बारेमा हामी कुरा गर्दैछौं जहाँका मानिसले यो अनौठो खगोलीय घटनाको साक्षी बनेका छन् अर्थात उनीहरुले पुछ्रेतारा  देखिसकेका छन् ।

पुछ्रेतारा  सूर्योदयभन्दा पहिला र सूर्यास्तपछि उत्तरी गोलार्धको मिड–लेटिट्यूडमा देखिन्छ । अर्थात, यूरोप अमेरिका र क्यानडाबाट देखिन्छ ।

जिन्दगीमा एकपटक देखिने खगोलीय घटना

कैयौं देशका मानिसले समेत यो पुछ्रेतारा को अनौठो दृश्य हेरेर आनन्दित बनेका छन् ।

धूमकेतु नियोभाइस रातको समयमा रूसको रियाजान मठ स्थित एपीफेनी चर्चबाट देखिएको थियो ।

यो निकै दुर्लभ खगोलीय घटना हो । किनकी यसपछि धूमकेतु आगामी ६८०० वर्षसम्म फेरि पृथ्वी नजिकबाट जानेछैन । यसैले मानिसका लागि जीवनमा एकपटक देख्नैपर्ने र जान्नैपर्ने अनौठो घटना बनेको छ ।



सजिलै देख्न सकिन्छ
इटलीस्थित यो चर्चको माथि पुग्दा लिइएको  पुछ्रेताराको तस्विरमा पुछ्रेतारा  नियोभाइस एक धार जस्तै देखिएको थियो ।

२३ जुलाईमा पुछ्रेतारा  चन्द्रमाको ४०० गणा बढी दूरीमा देखिनेछ । तर, तपाईंलाई यो हेर्न टेलिस्कोपको आवश्यकता पर्ने छैन । तपाईं नाङ्गो आँखाले देख्न सकिनेछ यद्यपी सफा र धेरै नजिक हेर्न पर्यो भने टेलिस्कोप प्रयोग गर्न पनि सकिनेछ ।

पुछ्रेतारा  नियोभाइसलाई १२ जुलाईमा टर्कीको वानमा देखिएको थियो । पुछ्रेतारा  पत्थर, बर्फ र ग्याँसका ससाना कणबाट बन्छ । सूर्यको तापले बर्फ पग्लिन्छ जसबाट ग्याँस निस्किन्छ । यसैको कारणले हामी पुछ्रेतारामा पुच्छर भएको अनुमान गर्छौ ।

मार्चमा खोजिएको थियो
९ जुलाईमा स्पेनको केटेलोनिया स्थित बार्सिलोना नजिकै मूनसराटको पहाडबाट पनि पुछ्रेतारा  देखिएको थियो । धूमकेतु नियोभाइसलाई नासाको स्याटलाईटले मार्चको अन्तिमबाट खोज्न सुरु गरेको थियो । हालै केही समय अघि सूर्यको निकै नजिक समेत पुगेको थियो पुछ्रेतारा  । तर सूर्यको तापले ध्वस्त हुनबाट वच्यो । अब अहिले यो पुछ्रेतारा  सौर्यमण्डको बाहिरतिर फर्किँदै छ ।


एकपटक हेर्नेका लागि उपयुक्त समय
९ जुलाईमा चीनको हेइलोङ्गजियाङ प्रान्तको हार्बिन शहरबाट यो पुछ्रेतारा  देखिएको थियो । विश्वभर मानिसहरु यो अविश्वसनीय घटनाको आनन्द लिइरहेका छन् ।

जुलाई पछि पुछ्रेतारा  पश्चिमी आकाशमा जाने अनुमान गरिएको छ । जुलाईको मध्यबाट यसलार्य पुरै रातमा देखिन थालेको छ । यद्यपी यसलाई सधैं उत्तरी दिशामा तलतिर मात्र जाँदै गरेको देखिन्छ । फेरि यो गायव हुनेछ । किनकी, सौर्यमण्डलमा निकै भित्र यात्रा गर्दछ ।

अन्तरिक्ष केन्द्रबाट देखिएको पुछ्रेतारा
धूमकेतुको यो चमक ५ जुलाईमा अन्तराष्ट्रिय स्पेस स्टेशनको पूर्वी क्षितिजबाट देखिएको थियो । पुछ्रेतारा  अन्तरिक्षमा घुमिरहेको विश्वास गरिएको छ । अन्तरिक्षयात्री इवान वेइगनरले पुछ्रेतारा  नियोभाइसबारे भनेकाछन्, ‘यो पछिल्लो सात वर्षमा देखिएको सबैभन्दा चम्किलो पुछ्रेतारा  हो । यसको पुच्चर स्पेस स्टेशनबाट एकदमै सफा देखिएको थियो ।’

बीबीसी

प्रकाशित मिति : ५ श्रावण २०७७, सोमबार  १० : ३३ बजे

सप्तगण्डकी बहुउद्देश्यीय आयोजना अगाडि बढाउनुपर्ने कुलमानको धारणा

काठमाडौं । ऊर्जामन्त्री कुलमान घिसिङले नारायणी नदीबाट तल्लो तटीय क्षेत्रमा

प्रचण्ड भन्छन् – ‘कम्तीमा एक लाख अट्ने खुला मञ्च नहुनु देशकै लज्जा हो’

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

मधेस प्रदेशसभा : सभामुख पदका लागि नाम दर्ता

धनुषा । मधेस प्रदेशसभाको सभामुख पदका लागि जनता समाजवादी पार्टी

‘जेनजी’ कसैको पेवा हैन, त्यसको नाममा हुने स्टन्ट नगरे हुन्छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

केपीलाई ईश्वरको प्रष्ट सन्देशः ‘विभाजन स्वीकार्य छैन, आत्मसमर्पण पनि हुँदैन’

काठमाडौं । नेकपा (एमाले)का नेता ईश्वर पोखरेलले पार्टीभित्र विभाजन अस्वीकार्य