४ पुस २०८२, शुक्रबार | December 20, 2025

नेकपा स्थायी कमिटी बैठक पुन: एक साताका लागि स्थगित, उद्धार र राहतमा जुट्ने प्रस्ताव पारित



काठमाडौं । पार्टीभित्रको अन्तरविरोध हल हुने कुनै बाटो नभेटिएपछि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटी बैठक पुनः एक हप्तासम्म स्थगित गरिएको छ ।

आज मंगलबार बिहान ११ बजे बस्ने भनिएको बैठक स्थगित गरेर १ बजे बस्ने गरी सारिएको थियो । तर, १ बजेपछि केही मिनेट बसेको बैठक एकसाताका लागि सारिएको हो ।

अविरल वर्षाले पारेको जनधनको क्षतिको लागि उद्धार र राहतमा जुट्ने प्रस्ताव पारित गर्दै बैठक एक हप्ताका लागि स्थगित गरिएको स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले बताए ।

देशभर बाढीपहिरोको कारण उद्दारमा केन्द्रित हुन परेको भन्दै बैठक स्थगित गरिएको हो । बैठकमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली भने अनुपस्थित रहेका थिए ।

बाढी पहिरो बहाना बनेपनि नेकपाभित्र चर्किएको अन्तरर्संघर्ष समाधान गर्ने बाटो पहिल्याउन नसक्दा यतिबेला शिर्ष नेताहरु नै तनाबमा परेका छन् ।

प्रकाशित मिति : ६ श्रावण २०७७, मंगलबार  २ : १६ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको