१९ आश्विन २०८३, सोमबार | October 5, 2026

राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालको ३१ औ वार्षिकोत्सव कार्यक्रम सम्पन्न



काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालको ३१औं वार्षिकोत्सव कोभिड–१९ को कारण सामाजिक दुरी कायम गरी यस वर्ष सरल रुपमा सम्पन्न भएको छ ।

वार्षिकोत्सवको अवसरमा संघका अध्यक्ष हेमराज सुवेदी, बैंक, बिमा तथा वित्तीय क्षेत्र कर्मचारी संघका अध्यक्ष नारायणप्रसाद सुवेदी, संघका पूर्वअध्यक्ष वेतबहादुर लावतीले संयुक्त रुपमा संघको झण्डोत्तलन गरेका छन् ।

संघको वािर्षकोत्सवको अवसरमा बैंकको केन्द्रीय कार्यालय सिंहदरबार प्लाजा परिसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले वृक्षारोपण गरेका छन् ।

दरबारमार्ग परिसर कार्यालयमा संघका अध्यक्ष हेमराज सुवेदी, तालिम तथा विकास विभागका प्रमुख दीपकराज न्यौपाने र दरबारमार्ग शाखाका प्रबन्धक दिनेश न्यौपानेले पनि संयुक्त रुपमा वृक्षारोपण गरेका छन् । वार्षिकोत्सवको अवसरमा प्रादेशिक कार्यालयहरुको परिसरमा समेत वृक्षारोपण गरिएको थियो ।

बैंकको केन्द्रीय कार्यालय सिंहदरबारप्लाजा स्थित सम्पूर्ण कर्मचारीलाई मास्क वितरण गरिएको थियो ।

वार्षिकोत्सवको कार्यक्रममा सघंका बरिष्ठ उपाध्यक्ष श्री रामप्रसाद जोशी, उपाध्यक्ष श्री बद्रिप्रसाद तिमिल्सिना, महासचिव लक्ष्मीप्रसाद पाण्डेय, बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कबिराज अधिकारी, उपकार्यकारी अधिकृत देवेन्द्ररमण खनाल लगायत संघका कार्यकारीणी, केन्द्रीय समिति, क्षेत्रीय समितिका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपाल पेसागत हक, हित र संस्थाको सम्वद्र्धन गर्ने उद्देश्यले २०४७ साउन ६ गते स्थापना भएको राष्ट्रिय वाणिज्य बैंकको सबैभन्दा ठूलो र जेठो प्रतिष्ठानस्तरको ट्रेड युनियन हो । साउन ६ गतेको दिन राष्ट्रिय वाणिज्य बैंक लिमिटेडमा ट्रेड युनियन आन्दोलनको विधिवत रुपमा शुरुवात भएको दिन पनि हो ।

प्रकाशित मिति : ६ श्रावण २०७७, मंगलबार  ३ : ५० बजे

असोज २६ गते भारत जाँदै गृहमन्त्री गुरुङ

काठमाडौं । गृहमन्त्री सुधन गुरुङो पहिलो विदेश भ्रमण भारत हुने

नेपाल-भारतबीच जलवायु परिवर्तनमा समन्वय आवश्यक : प्रा. मोहपात्रा

काठमाडौं । भारतीय प्राध्यापक अनिलकुमार मोहपात्राले जलवायु परिवर्तनको असर न्यूनीकरण

रोकिएन सेयर बजारमा पहिरो, नेप्सेसँगै कारोबार रकम पनि घट्यो

काठमाडौं । साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार राताम्मै

औद्योगिक क्षेत्रका लागि यथाशीघ्र जग्गा उपलब्ध गराउन आग्रह

काठमाडौं । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित

झलनाथले छाडे नेकपा, हरिबोलको साथमा खोले ‘समाजवादी जागरण अभियान’

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा वरिष्ठ नेता झलनाथ खनालले नेकपा