काठमाडौं । बैतडीमा आइतबार दिउँसो ४.२ म्याग्निच्युडको भूकम्प गएको छ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका भूकम्पविद् राजेश शर्माका अनुसार दिउँसो १ बजेर ६ मिनेट जाँदा बैतडीको अरिगाउँ आसपास केन्द्रविन्दु भएर भूकम्प गएको हो।
भूकम्पको धक्का बैतडी आसपासका क्षेत्रमा महसुस गरिएको छ। भूकम्पको मापन भूकम्प मापन केन्द्र सुर्खेतले समेत गरेको जनाएको छ।
यसअघि गत असोज २१ गते राति बाजुरामा ४.१ म्याग्निच्युडको भूकम्प गएको थियो।


















प्रतिक्रिया