२७ कार्तिक २०८२, बिहिबार | November 13, 2025

कोभिड-१९ बिरुद्धको चेतना फैलाउँदै, सडकको छाडा चौपाया हटाउँदै प्रदेश ५ ट्राफिक प्रहरी



बुटवल । प्रदेश ५ ट्राफिक प्रहरी कार्यालय, बुटवलमा कार्यरत ट्राफिक प्रहरीहरुले प्रभातफेरी गर्दै जन समुदायमा कोरोना भाइरस बिरुद्धको सचेतना फैलाएका छन् ।

ट्राफिक प्रहरीले कोभिड १९ बिरुद्धका नारा तथा नागरिकहरुले अपनाउनु पर्ने सचेतनाहरु लेखिएको प्ले कार्ड र ब्यानर बोकेर ट्राफिक प्रहरीले चेतनामुलक ¥याली निकालेको हो ।

समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत बुटवलमा निस्केको ट्राफिक प्रहरीको ¥याली, बुटवल उप(महानगरपालिका राजमार्ग चौराहा देखी ५ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालयसम्म पुगेर समापन गरिएको थियो ।

प्रदेश ट्राफिकमा प्रमुख प्रहरी उपरीक्षक डम्बर बहादुर बि.क सरुवा भएर आए देखिनै प्रदेश ट्राफिकले बिभिन्न गतिबिधि सञ्चालन गर्दै आएको छ । कोभिड १९ बिरुद्ध नागरिकलाई सचेत बनाउनु प्रहरीको कर्तब्य भएको प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता डिएसपी डिल्ली नारायण पाण्डेयले बताए । उनले नागरिक सचेतनासँगै ट्राफिकले बुटवल उपमहानगरको सडकबाट छाडा चौपाया हटाउने अभियान पनि सुरु गरेको जानकारी दिए ।

प्रदेश ट्राफिकको संयोजनमा भएको ¥यालीमा ईलाका प्रहरी कार्यालय बुटवल अन्तर्गतका नेपाल प्रहरीको पनि सहभागिता रहेको थियो ।

प्रकाशित मिति : ६ श्रावण २०७७, मंगलबार  ५ : ४२ बजे

राष्ट्रिय परिचयपत्र भएका नेपालीले घर/कार्यस्थलबाटै मतदाता नामावली दर्ता गर्न सक्ने

काठमाडौँ। मतदाता नामावलीमा समावेश हुन अव आयोग अन्तर्गतको कार्यालयमा जान

‘युवा पुस्तालाई मतदानको अवसर प्रदान गर्न मतदाता नामावली ऐन संशोधन गरिएको हो ’

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले तोकिएकै समयमा निर्वाचन सम्पन्न गरी

गुल्मीमा आजदेखि सातामा चार पटक हवाई उडान सुरु

गुल्मी । रेसुङ्गा विमानस्थलमा आजदेखि सातामा चार पटक हवाई उडान

बुटवलमा एमालेले शनिबार जनसभा गर्दै

बुटवल । नेकपा एमालेले आगामी शनिबार देशभरका जिल्लाहरूमा जनसभा गर्दै