२१ भदौ २०८३, आइतबार | September 7, 2026

कोभिड-१९ बिरुद्धको चेतना फैलाउँदै, सडकको छाडा चौपाया हटाउँदै प्रदेश ५ ट्राफिक प्रहरी



बुटवल । प्रदेश ५ ट्राफिक प्रहरी कार्यालय, बुटवलमा कार्यरत ट्राफिक प्रहरीहरुले प्रभातफेरी गर्दै जन समुदायमा कोरोना भाइरस बिरुद्धको सचेतना फैलाएका छन् ।

ट्राफिक प्रहरीले कोभिड १९ बिरुद्धका नारा तथा नागरिकहरुले अपनाउनु पर्ने सचेतनाहरु लेखिएको प्ले कार्ड र ब्यानर बोकेर ट्राफिक प्रहरीले चेतनामुलक ¥याली निकालेको हो ।

समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत बुटवलमा निस्केको ट्राफिक प्रहरीको ¥याली, बुटवल उप(महानगरपालिका राजमार्ग चौराहा देखी ५ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालयसम्म पुगेर समापन गरिएको थियो ।

प्रदेश ट्राफिकमा प्रमुख प्रहरी उपरीक्षक डम्बर बहादुर बि.क सरुवा भएर आए देखिनै प्रदेश ट्राफिकले बिभिन्न गतिबिधि सञ्चालन गर्दै आएको छ । कोभिड १९ बिरुद्ध नागरिकलाई सचेत बनाउनु प्रहरीको कर्तब्य भएको प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता डिएसपी डिल्ली नारायण पाण्डेयले बताए । उनले नागरिक सचेतनासँगै ट्राफिकले बुटवल उपमहानगरको सडकबाट छाडा चौपाया हटाउने अभियान पनि सुरु गरेको जानकारी दिए ।

प्रदेश ट्राफिकको संयोजनमा भएको ¥यालीमा ईलाका प्रहरी कार्यालय बुटवल अन्तर्गतका नेपाल प्रहरीको पनि सहभागिता रहेको थियो ।

प्रकाशित मिति : ६ श्रावण २०७७, मंगलबार  ५ : ४२ बजे

भोटेकोशी बाढी : एक हजार ३५३ शव फेला

काठमाडौँ । भोटेकोशी बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार

बाढी प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको सन्देश : तपाईंहरुको यो योगदानको उच्च कदर हुनेछ

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले बाढी प्रभावित क्षेत्रमा अहोरात्र खटिने

कोरला नाका चलायमान : भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप

मुस्ताङ । नेपाल(चीन उत्तरी कोरला नाकास्थित लोमान्थाङ गाउँपालिका-४ न्हेचुङमा रहेको

अनुशासन उल्लङ्घन, पार्टी परित्याग गरेका, निधन भएका बाहेकले १५औँ महाधिवेशनमा भाग लिन पाउने

ललितपुर । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले पार्टीको अनुशासन उल्लङ्घन

रसुवा बाढीपछि कोरला नाकाबाट चिनियाँ सामान ढुवानी हुँदै

रसुवा । भोटेकोशी नदीमा गएको बाढीसँगै सडक–पुललगायतका भौतिक संरचना ध्वस्त