७ आश्विन २०८३, बुधबार | September 23, 2026

सामुदायिक वनमा सेनाको ब्यारेक नराख्न रक्षामन्त्रीलाई ध्यानाकर्षण



काठमाडौं । नुवाकोट सरोकार समाजले विदुर नगरपालिका २ स्थित बाराही सामुदायिक वनमा नेपाली सेनाको ब्यारेक सार्न लागिएकामा चिन्ता गर्दै मंगलबार उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेललाई ध्यानाकर्षण गराएको छ ।

स्थानीयवासीको बस्ती रहेको र नेवार समुदायको सामाजिक कार्यसमेत सो क्षेत्रमा हुने भएकाले त्यहाँ सेनाको कुनै ब्यारेक वा तालिम केन्द्र राख्न नहुने समाजको भनाइ छ ।

समाजका अध्यक्ष रामशरण प्याकूरेल र महासचिव अनुजकुमार श्रेष्ठसहितको प्रतिनिधिमण्डलले सोबारे ध्यानाकर्षण गराएपछि रक्षामन्त्री पोखरेलले सोबारे स्थानीय निर्वाचित जनप्रतिनिधिमूलक निकाय र प्रशासन बुझेर जानकारी गराउन मन्त्रालयका सचिवमार्फत नेपाली सेनालाई निर्देश गरिने बताए ।

उनले सेनाले स्थानीय सम्बन्धित पक्षको परामर्श र आफ्नो रणानीतिक आवश्यकताका आधारमा ब्यारेक वा तालीम केन्द्र खोल्ने वा सार्ने भएको पनि स्पष्ट गरे ।

बट्टारस्थित बारही वनमा ऐतिहासिक महत्वको लिच्छविकालीन बाराही मन्दिर रहेको छ । सो मन्दिरमा स्थानीय नेवार समुदायले विवाह, पास्नी, गुफा संस्कारपछि पुजाआजा गरी पारिवारिक जमघट गर्दै आएकाले त्यहाँ सेनाका तालिम केन्द्र नराख्न समाजले आवाज उठाउँदै आएको छ । रासस

प्रकाशित मिति : ७ श्रावण २०७७, बुधबार  ५ : ५५ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई