४ पुस २०८२, शुक्रबार | December 20, 2025

त्रिभुवन विश्वविद्यालय आजबाट खुल्ने, स्थगित परीक्षा भदौ ७ देखि



काठमाडौं । त्रिभुवन विश्वविद्यालय अन्तर्गतका सबै क्याम्पसहरु आजदेखि खुल्ने भएका छन् । आजैदेखि सरकारले औपचारिक रुपमा लकडाउन समाप्त गरेपछि त्रिविले सुरक्षा मापदण्ड कार्यान्वयन गर्दै सबै क्याम्पसहरु सञ्चालनमा ल्याउने निर्णय गरेको हो ।

लकडाउन खुलासँगै विश्वविद्यालयले आफ्नो नियमित कार्यक्रम सुचारु गर्ने निर्णय गरेको त्रिविले जनाएको छ । नेपालमा कोरोना भाइरसको सन्त्रास बढेपछि गत चैत्र ११ गतेदेखि त्रिविका सबै कार्यक्रमहरु बन्द भएका थिए । विश्वविद्यालय पूरै सञ्चालन गर्ने निर्णयसँगै त्रिविले विदामा बसेका सबै अध्यापकहरुलाई बोलाउने निर्णय गरेको छ ।

सबै अध्यापकहरु अब विश्वविद्यालय मातहतका सबै क्याम्पसमा हाजिर हुनेछन् । त्यसलगत्तै नियमित पठनपाठन बाहेकका अन्य शैक्षिक गतिविधिको काम अघि बढाउने योजना त्रिविको रहेको छ ।

परीक्षा भदौ ७ बाट
सरकारले भदौ १ गतेबाट विद्यार्थी भर्ना अभियान सुरु गर्दै रोकिएका सबै परीक्षा समेत सुचारु गर्ने निर्णय गरे लगत्तै त्रिविले पनि परीक्षा लिने योजना बनाएको छ ।

यसअघि स्थगित भएका सबै परीक्षा भदौ ७ गतेबाट लिने गरी तयारी भएको त्रिविका रजिष्ट्रार प्रा. पेशल दाहालले जानकारी दिए । ‘पहिले रोकिएका परीक्षा दशैं अगावै सकिनेछन् । नियमित हुनुपर्ने परीक्षा दशैं सकिएपछि लिने तयारी छ’, रजिष्ट्रार दाहालले भने ।

कोरोना भाइरसको सन्त्रासका कारण परीक्षा दिन नपाएर घरमै बसेका त्रिविका हजारौं विद्यार्थीलाई अब राहत हुनेभएको छ ।

प्रकाशित मिति : ७ श्रावण २०७७, बुधबार  ८ : १९ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको