२४ श्रावण २०८३, आइतबार | August 9, 2026

त्रिविद्वारा शैक्षिक क्यालेण्डर सार्वजनिक



काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले यस वर्षदेखि सुरु हुने शैक्षिक सत्रका लागि ‘शैक्षिक क्यालेण्डर’ सार्वजनिक गरेको छ ।

त्रिविले यसै शैक्षिकसत्रका लागि स्नातक तह वार्षिक परीक्षा र सेमेष्टर प्रणाली तथा स्नातकोत्तर तह सेमेष्टर प्रणालीको ‘शैक्षिक क्यालेण्डर’ मङ्गलबार सार्वजनिक गरेको हो ।

त्रिविका शिक्षाध्यक्ष प्राडा खड्ग केसीले त्रिविको प्राज्ञिक परिषद्बाट निर्णय गरेर नै ‘शैक्षिक क्यालेण्डर’ सार्वजनिक गरिएको जानकारी दिए। उनले समयमा नै कक्षा सञ्चालन, परीक्षा र परीक्षाफल प्रकाशन गर्नका लागि ‘शैक्षिक क्यालेण्डर’ सार्वजनिक गरिएको बताए। उनले त्रिविका ६४ आङ्गिकसहित सम्बन्धनप्राप्त क्याम्पस र ४४ केन्द्रीय निकायलाई ‘शैक्षिक क्यालेण्डर’अनुसार कक्षा सञ्चालन, परीक्षा र परीक्षाफल प्रकाशन गर्न निर्देशनसमेत दिइसकेको जानकारी दिए ।

त्रिविले स्नातक तहको चार वर्षे वार्षिक कार्यक्रम र आठ सेमेष्टर प्रणाली तथा स्नातकोत्तर तहका चार वटा सेमेष्टर प्रणालीको ‘शैक्षिक क्यालेण्डर’ सार्वजनिक गरेको हो । ‘शैक्षिक क्यालेण्डर’अनुसार स्नातक तह सेमेष्टर प्रणालीको भर्ना परीक्षा फारम यही कात्तिकसम्म, प्रवेश परीक्षा, भर्ना र कक्षा सञ्चालन मङ्सिरलाई तोकिएको छ ।

स्नातक तहतर्फ आठवटा सेमेष्टर भएकाले निर्धारित समममा भर्ना, कक्षा सञ्चालन, परीक्षा र परीक्षाफल प्रकाशित गर्ने कार्यतालिका शैक्षिक क्यालेण्डरमा रहेको छ । प्रथम सेमेष्टरको परीक्षा यही २०८२ चैतभित्र र परीक्षाफल २०८२ असारमा प्रकाशित गर्ने क्यालेण्डरमा उल्लेख गरिएको छ ।

यस्तै, स्नातक तहको आठ सेमेष्टर निर्धारित चार वर्षमा सक्नेगरी क्यालेण्डर बनाइएको छ । आठ सेमेष्टरको कक्षा सञ्चालन २०८६ माघमा, परीक्षा २०८७ जेठ र परीक्षाफल प्रकाशित २०८७ भदौमा गर्ने उल्लेख छ । यस्तै स्नातक तहको वार्षिक कक्षाका लागि साउनदेखि मङ्सिरसम्म भर्ना र मङ्सिरदेखि कक्षा सञ्चालन, २०८३ वैशाखमा परीक्षा फारम भर्ने, २०८३ साउनमा परीक्षा र २०८३ कात्तिकमा परीक्षाफल प्रकाशन गर्ने क्यालेण्डरमा उल्लेख गरिएको छ ।

यस्तै, वार्षिक कक्षाअन्तर्गत चार वर्षको अध्ययन २०८५ चैतमा सक्ने त्रिविको लक्ष्य रहेको छ । चौथौ वर्षको कक्षा सञ्चालन २०८४ चैतमा सुरु, २०८५ को कात्तिकमा परीक्षा फारम भर्ने, सोही वर्षको पुसमा परीक्षा र चैतमा परीक्षाफल प्रकाशित गर्ने कार्यतालिका क्यालेण्डेरमा उल्लेख गरिएको छ । यस्तै त्रिविले स्नातकोत्तर तहको सेमेष्टर प्रणालीअन्तर्गतको यस शैक्षिक सत्रदेखि सञ्चालन हुने पढाइको पनि शैक्षिक क्यालेण्डर सार्वजनिक गरेको छ ।

क्यालेण्डरअनुसार २०८२ सालको शैक्षिक सत्रका लागि प्रथम सेमेष्टरको भर्नाका लागि फारम वितरण यही मङ्सिरमा, पुसमा प्रवेश परीक्षा, माघदेखि कक्षा सञ्चालन, परीक्षा जेठ र २०८३ भदौमा परीक्षाफल प्रकाशित गर्ने कार्यतालिका रहेको छ । यस्तै २०८२ सालमा भर्ना भएका विद्यार्थी २०८४ मङ्सिरमा पढाइ पूरा गर्नेछन् । शैक्षिकसत्रको चौथो सेमेष्टरको कक्षा सञ्चालन २०८४ वैशाख, परीक्षा भदौ र परीक्षाफल सोही वर्षको मङ्सिरमा हुनेछ ।

प्रकाशित मिति : १२ कार्तिक २०८२, बुधबार  १२ : ३१ बजे

बढ्दै ग्यासको आयात, बिस्तारै हट्दै अभाव

काठमाडौँ । काठमाडौँ उपत्यकासहित देशका विभिन्न भागमा पछिल्ला केही दिनयता

तीन दिनदेखि बेपत्ता कपिलवस्तुका पूर्वमेयर किरण सिंह गोरुसिंगे जंगलमा मृत फेला

बुटवल । तीन दिनदेखि बेपत्ता रहेका कपिलवस्तु नगरपालिकाका पूर्वमेयर तथा

सुनको मूल्य प्रतितोला ३ लाख १ हजार ७ सय रुपैयाँ पुग्यो

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य पहिलोपटक प्रतितोला ३ लाख

विविधतामा एकताले राष्ट्रिय अखण्डता बलियो बनाउँछ : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको संविधानले विविधतामा एकतालाई आत्मसात्

तीनबुँदे सहमतिअनुसार कर्णालीमा मन्त्रिपरिषद् विस्तार हुँदै

कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले चाँडै मन्त्रिपरिषद् विस्तार