१३ भदौ २०८३, शनिबार | August 29, 2026

कार्यकक्ष तोडफोड गर्नेलाई कारबाही गर्न गृहमन्त्रालयलाई त्रिविको आग्रह



काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले शिक्षाध्यक्ष र विज्ञान तथा प्रविधि अध्ययन संस्थान डिनको कार्यालयमा तोडफोड गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयसँग आग्रह गरेको छ ।

त्रिविका सूचना अधिकारी शान्ताकुमारी नेउपानेले आज जारी गर्नुभएको विज्ञप्तिमा कार्यकक्ष तोडफोड गर्ने कार्यमा संलग्न व्यक्तिलाई प्रचलित कानुनबमोजिम अनुसन्धान गरी न्यायिक कठघरामा ल्याउन अपिल गरेकी हुन् ।

यही फागुन २३ गते त्रिविका शिक्षाध्यक्ष प्राडा खड्ग केसी र अध्ययन संस्थानको डिन कार्यालयको कार्यकक्षमा विद्यार्थी समूहले तोडफोड गरेको थियो । देश–विदेशमा छुट्टै पहिचान कायम गर्न सफल त्रिवि आफ्नो उद्देश्यअनुसार काम गर्दा कुनै कमीकमजोरी देखिए वा कुनै समस्या देखिए वार्ता र संवादद्वारा समस्या समाधान गर्न प्रतिबद्ध रहेको विज्ञप्तिमा उल्लेख छ ।

“फागुन २३ गते कार्यालय समयमा विश्वविद्यालयको सेवामा कार्यरत कर्मचारीहरूलाई आतङ्कित गर्दै शिक्षाध्यक्षको कार्यालय र विज्ञान तथा प्रविधि अध्ययन संस्थान डिनको कार्यालय जुनसुकै समूह वा व्यक्तिबाट भएको तोडफोड क्षम्य नहुने अपराध भएको विश्वविद्यालयको ठहर रहेको छ”, विज्ञप्तिमा भनिएको छ ।

सार्वजनिक सम्पत्तिको तोडफोड गर्ने कार्य यही चैत ५ गते हुन गइरहेको स्ववियुलाई भयरहित वातावरणमा सम्पन्न हुन नसकोस् भन्ने उद्देश्यबाट प्रेरित रहेको स्पष्ट रहेको त्रिविले जनाएको छ ।

 

प्रकाशित मिति : २४ फाल्गुन २०८१, शनिबार  १० : ४६ बजे

आइएमई ग्रुपले गर्यो बाढी प्रभावितको सहयोग राहत कोषमा १० करोड सहयोग

काठमाडौ । आइएमई ग्रुपले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण

चार दिनपछि रसुवाको टिमुरेमा सात वर्षीया बालिकाको जीवितै उद्धार

रसुवा । भोटेकोशी नदीमा बाढी आएको चार दिनपछि गोसाइँकुण्ड गाउँपालिका-२

‘चीनले नेपाललाई अग्रिम सूचना दिएन’ भन्ने आरोपप्रति चिनियाँ दूतावासको आपत्ति

काठमाडौं । नेपालमा हालै आएको बाढी तथा पहिरोबारे चीनले नेपाललाई

आइसिआरसीको मापदण्डअनुसार शव समाधिस्थ गरिँदै, डीएनए संकलन हुँदै

चितवन । अन्तरराष्ट्रिय रेडक्रस समिति (आइसिआरसी)को मापदण्डअनुसार चितवनमा सङ्कलित शव

रसुवाको बाढी प्रभावित क्षेत्रमा पुग्यो चिनियाँ प्राबिधिक टोली

काठमाडौं । रसुवा भोटेकोशीमा आएको बाढीका कारण विभिन्न जलविद्युत् परियोजनाका