५ श्रावण २०८३, मंगलबार | July 21, 2026

दोहोरो अङ्कले घट्यो नेप्से



काठमाडौं । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक बुधबार दोहोरो अङ्कले घटेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से १७ दशमलव५० अङ्कले घटेर एक हजार ४३२ दशमलव ४४ पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ३ दशमलव ९० अङ्कले घटेर ३०३ दशमलव १४ मा पुगेको छ ।

बुधबार कूल १८३ कम्पनीका ३५ लाख ८६ हजार कित्ता शेयर एक अर्ब ५३ करोड २५ लाख ११ हजार ७१६ मा खरिद बिक्री भयो ।

कारोवार भएका कूल १२ मध्ये दुई उपसमूहको शेयर मात्र बढेको छ । होटल १३४दशमलव४५ र सामूहिक लगानी कोषको शेयर ०दशमलव०७ अङ्कले बढेको छ ।

बैंकिङ २१ दशमलव५१, व्यापार ७दशमलव९४, विकास बैंक ३दशमलव८३, जलविद्युत् १३ दशमलव०३, वित्त ७ दशमलव१६, निर्जीवन बीमा ५ दशमलव५४, उत्पादन २० दशमलव९५, अन्य १४ दशमलव३४, लघुवित्त १५ दशमलव१ र जीवन बीमा ७१ दशमलव६ अङ्कले घटेको छ ।

कारोवार रकमका आधारमा एनआइसी एशिया लघुवित्त वित्तीय संस्था शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको शेयर १८ करोड १५ लाख ८४ हजार ८२१ मा खरिद बिक्री भयो ।

त्यस्तै नेपाल पुनःबीमा कम्पनी रु १६ करोड २३ लाख ७६ हजार २६७, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रु नौ करोड ९२ लाख ६९ हजार ६५५, एनएमबी बैंकको आठ करोड १३ लाख ७३ हजार ३४०, हिमालयन डिष्टिलरी लिमिटेड सात करोड ४८ लाख ८७ हजार ४७६ र एनआइसी एशिया बैंकको शेयर सात करोड १३ लाख चार हजार ५१७ मा खरिद बिक्री भयो ।

ओरियन्टल होटल लिमिटेडका लगानीकर्ताले आज सबैभन्दा बढी १० प्रतिशतले कमाए । यस्तै तारागाउँ रिजेन्सी होटल ९ दशमलव९५, सोल्टी होटल ९ दशमलव ४९, एनआइसी एशिया लघुवित्त वित्तीय संस्था ६ दशमलव ४८, श्रीराम सुगर मिल्स ६ दशमलव२७ र हिमाल दोलखा हाइड्रोपावर कम्पनीका शेयरधनीले ५ दशमलव४३ प्रतिशतले कमाए ।

यस्तै नेपाल सेवा लघुवित्त वित्तीय संस्था ८ दशमलव ६१, घलेम्दी हाइड्रोपावर ६दशमलव ९०, सिनर्जी पावर डेभलपमेन्ट ६ दशमलव ५४, जोशी हाइड्रोपावर ५ दशमलव ८८, रिडी हाइड्रोपावर ५दशमलव ८१ र मिथिला लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ५ दशमलव ८० प्रतिशतले गुमाए ।

प्रकाशित मिति : ७ श्रावण २०७७, बुधबार  ६ : ०२ बजे

जानकी गाउँपालिकाको सेवा नयाँ प्रशासनिक भवनबाट सुरु

नेपालगन्ज । बाँकेको जानकी गाउँपालिकाले नयाँ प्रशासनिक भवनबाट सेवा प्रवाह

विश्वकप लिग-२ मा नेपालले आज नामिबियासँग प्रतिस्पर्धा गर्दै

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय शृङ्खलामा

संसदीय सुनुवाइ समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौं । सङ्घीय संसद्, संसदीय सुनुवाइ समितिको बैठक आज बिहान

केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव छ । जल

प्रहरीबाट “लागू औषध मुक्त खजुरा अभियान” संचालन

खजुरा । पछिल्लो समय लागू औषधको मुख्य बजार बन्दै गएको