२६ फाल्गुन २०८२, मंगलबार | March 11, 2026

राजविराजका १३ जनासहित सप्तरीका १४ जनामा कोरोना संक्रमण



सप्तरी । कोरोना संक्रमणबाट गत बिहीबार मृत्यु भएका ७३ वर्षीय एक पुरूषको सम्पर्कमा आएका १० जनासहित १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

बुधबार गजेन्द्र नारायण सिंह अस्पताल तथा विराटनगरस्थित पिसिआर परीक्षण प्रयोगशालाबाट प्राप्त रिपोर्टले मृतकको सम्पर्कमा आएका१० जनासहित १४ जनामा संक्रमण पुष्टि भएको हो ।

गत बिहीबार निधन भएका राजविराजका प्रतिष्ठित व्यवसायीको सम्पर्कमा उनीहरू रहेका थिए ।

गजेन्द्र नारायणसिंह अस्पताल हाताभित्र संचालित पोषण गृहकी एक महिला स्वास्थ्यकर्मीसहित राजविराज नगरपालिका वडा नं. २, ३, ६ र ७ का ६ महिला तथा ६ पुरुषलाई संक्रमण भएको छ । यस्तै, जिल्लाको अग्निसाइर कृष्णासवरण गाउँपालिकाका एक पुरुष गरी १४ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।

संक्रमित हुनेहरुमा गजेन्द्र नारायण सिंह अस्पतालमा कार्यरत एक जना सफाईकर्मी पनि रहेका छन् । योसँगै जिल्लामा संक्रमितको संख्या ४ सय ४ पुगेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुनियालाल यादवले जानकारी दिए ।

कोरोना संक्रमणबाट निधन भएका व्यवसायीका परिवारका ५ जना सदस्य, दुई जना कामदार र दुई जना छिमेकीमा पनि यस अघि नै कोरोना संक्रमण पुष्टि भइसकेको छ ।

संक्रमणबाट मृत्यु भएका तथा उनका परिवारजनको सम्पर्कमा रहेकाहरु कतिपयको परिक्षण रिपोर्ट नआएको तथा परिक्षण नै नगराई कतिपय खुल्ला रुपमा डुलिरहेको बुझिएपछि नगर क्षेत्रमा त्रास फैलिएको हो ।

मृतकको सम्पर्कमा आएका तथा मृतक परिवारसँग भेटघाट गर्न गएकाहरुमा समेत ठूलो संख्यामा संक्रमणको पुष्टि भएपछि राजविराजमा खैलाबैला मच्चिएको छ ।

कममात्रामा परिक्षण भएपनि जिल्लामा हालसम्म ४ सय ४ जना संक्रमण देखिसकिएको र दिनहुँ संक्रमित फेला पर्न थालिएपछि पिसिआर परिक्षणको दायरा बढाउन र लकडाउनमा कडाई गर्न स्थानियले माँग गरेका छन् ।

यता गजेन्द्र नारायण सिंह अस्पतालका सफाइकर्मी तथा सोही अस्पताल हाताभित्र संचालित पोषण गृहका स्वास्थ्यकर्मीमा समेत संक्रमण पुष्टि भएपछि अस्पताललाई सेनिटाइन र पोषण गृहलाई सिल गर्ने तयारी थालिएको स्थानिय प्रशासनले जानकारी दिएको छ ।
यस्तै संक्रमित पुष्टि भएका एक दम्पत्तिकी छोरी सनराईज बैंकमा कार्यरत रहेकाले उक्त बैंक पनि सिल गरिएको छ । पछिल्लो दुई दिनमा संकलित २ सय ५१ जनाको पिसिआर रिपोर्ट आउन अझै बाँकी रहेको गजेन्द्र नारायण सिंह अस्पतालका प्रमुख डा. रन्जित झाले जानकारी दिए ।

नगरमा दिनहुँ संक्रमितको संख्या बढ्दै गएपछि राजविराज नगरपालिकाले बुधबारदेखि नगर क्षेत्रभित्र पूर्ण लकडाउनको घोषणा गरी सोको पालना गर्न एक सूचनामार्फत आग्रह गरेको छ । नगर प्रमुख शम्भुप्रसाद यादवले नगर क्षेत्रमा दैनिक कोरोना संक्रमितको संख्या बढ्दै गएकाले अनिश्चितकालका लागि पूर्ण लकडाउनको निर्णय गरिएको बताए ।

उनले समुदायस्तरमा कोरोना भाइरस संक्रमणको उच्च जोखीम देखिएको बताउँदै सबैलाई सचेत र उच्च सतर्कता अपनाउन सूचनामार्फत अपील समेत गरेका छन् ।

प्रकाशित मिति : ७ श्रावण २०७७, बुधबार  ९ : २६ बजे

समानुपातिक प्रणालीतर्फको मतगणना बुधबार सकिने, १ करोड ६ लाख गन्दा रास्वपाको ५१ लाख

काठमाडौँ, २६ फागुन स् यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा

जापनिज इन्सेफलाइटिस सङ्क्रमणपछि खोप अभियान

नवलपुर । नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा जापनिज इन्सेफलाइटिसको सङ्क्रमण दर

रुपन्देहीमा समानुपातिकतर्फ रास्वपा पहिलो, कर्णालीमा कांग्रेसले पायो सर्वाधिक मत

बुटवल । प्रतिनिधिसभा निर्वाचनमा रुपन्देहीमा प्रत्यक्षतर्फ पाँचवटै क्षेत्र जितेको राष्ट्रिय

प्रहरीद्वारा रूपन्देहीमा लाखौँ मूल्य बराबरका अवैध सामान बरामद

भैरहवा । रूपन्देहीका विभिन्न स्थानबाट प्रहरीले भन्सार छली गरी ल्याइएका

तीन महिनापछि पोखरा-जोमसोम हवाई सेवा सञ्चालन

मुस्ताङ । हिउँदयामको प्रतिकूल मौसम तथा पर्यटकीय अफसिजनका कारण विगत