२० आश्विन २०८३, मंगलबार | October 7, 2026

कोरोनाले थला परेको पर्यटन व्यवसाय मुर्झाउने प्रयासमा, गोसाइँकुण्ड पदमार्गका होटल सञ्चालनमा



नुवाकोट । नजिकिँदो जनैपूर्णिमा पर्वलाई लक्षित गर्दै लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रका होटल तथा रेष्टुरेन्ट सञ्चालनमा आएको छ ।

सरकारले कोभिड–१९ रोगको सङ्क्रमण फैलनबाट रोक्न लगाएको बन्दाबन्दी खुला भएसगैँ गोसाइँकुण्ड पदमार्गको नुवाकोटतर्फका होटल सञ्चालन गरिएको ‘लाङटाङ–गोसाइँकुण्ड–हेलम्बु–होटल व्यवसायी सरोकार समिति’का उपाध्यक्ष पेम्बा लामाले जानकारी दिए ।

लामाका अनुसार नेपाल सरकारले यही साउन १५ देखि होटल व्यवसाय सुचारु गर्ने जनाए पनि साउन १० गते नागपञ्चमीदेखि गोसाइँकुण्ड जान नुवाकोटस्थित पदमार्गमा धर्मालम्बी आउने अपेक्षासहित होटल सञ्चालनमा ल्याइएको छ ।

‘नेपाल भ्रमण वर्षलाई लक्षित गरेर थप सेवा र सुविधासहित सञ्चालित होटल कोभिड–१९ को जोखिमका कारण बन्द भएकोमा बन्दाबन्दी खुला भएसगैँ सञ्चालन गरिएको छ ।”

लामा गेष्ट हाउस तथा रेष्टुरेन्टका सञ्चालक समेत रहेका पेम्बा लामाले भने “पैदलमार्फत सुन्दरीजलबाट नुवाकोटकोे घ्याङफेदी हुदैँ गोसाइँकुण्ड जाने तीर्थयात्री सुरक्षा, खाद्यान्न, पथप्रदर्शक, भरिया, प्राथमिक स्वास्थ्य उपचारलगायतको व्यवस्था समेत होटल सञ्चालक व्यावसायीले मिलाएका छन् ।”

निकुञ्ज क्षेत्रमा नुवाकोटतर्फ सुविधा सम्पन्न सातवटा होटल सञ्चालनमा छन् भने पदमार्गमा साना–ठूला दुई दर्जन भन्दा बढी होटल तथा रेष्टुरेन्ट रहेका छन् ।

ती अधिकाांश सञ्चालनमा आउन शुरु भएको दुप्चेश्वर गाउँपालिकाको अध्यक्ष योविन्द्रसिंह तामाङले जानकारी दिए

हिन्दू र बौद्ध धर्मालम्बीको अस्थाको केन्द्र गोसाइँकुण्डमा जनैपूर्णिमा पर्वको अवसरमा लाग्ने मेलाको स्नान नागपञ्चमीदेखि नै शुरु हुने गर्दछ । गोसाइँकुण्ड पुग्न रसुवाको धुञ्चे हुँदै जाने पदमार्ग मुख्य हो भने विकल्पमा दुई दशकअघि नुवाकोटको घ्याङ्फेदीबाट खोलिएको पदमार्ग सुन्दरीजल (काठमाडौँ) बाट शुरु हुने गर्दछ ।

गाउँपालका अध्यक्ष तामाङका अनुसार काठमाडौंको सुन्दरीजलबाट पैदलयात्रा शुरु गरेर चिसापानी, कुटुङसाङ, मङ्गनीगोठ हुँदै छहरेपाटी, घोप्टेभीरबाट सिधँ सूर्यकुण्ड/गोसाइँकुण्ड पुग्न सकिने छ ।

उक्त पदमार्ग हुँदै सुन्दरीजलबाट गोसाइँकुण्ड दुई दिनमा सजिलै पुगिन्छ । जेठ महिनामा पर्ने दशहरा पर्व कोभिड–१९ को सङ्क्रमणका कारण प्रभावित भए पनि जनैपूर्णिमा पर्वमा आंशिक रुपमा तीर्थयात्री सहभागी हुने अपेक्षाको साथमा भन्दै पदमार्गमा पर्ने होटल व्यवसायी सेवा सञ्चालनको लागि तयारीमा जुटेका छन् ।

प्रकाशित मिति : ८ श्रावण २०७७, बिहिबार  २ : ३६ बजे

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला । गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ ।

घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि रुट परमिट खुला

काठमाडौँ । दसैँको समयमा यात्रुको सहज आवागमनलाई व्यवस्थित बनाउन घटस्थापनादेखि

कांग्रेस सभापतिमा तीन जनाको उम्मेदवारी

काठमाडौँ । नेपाली कांग्रेसको पार्टीको १५औँ महाधिवेशन अन्तरर्गतको निर्वाचनका लागि

शिक्षा पत्रकार समूहको अध्यक्षमा जनक नेपाल चयन

काठमाडौँ । शिक्षा पत्रकार समूहको १३औँ अधिवेशनबाट पत्रकार जनक नेपालको

दसैँको साइत : कात्तिक ४ गते बुधबार १०ः२६ बजे विजया दशमीको उत्तम

काठमाडौं । यस वर्ष विजया दशमीको साइत कात्तिक ४ गते