१० कार्तिक २०८३, मंगलबार | October 27, 2026

१०.१३ अंकले बढ्यो सेयर बजार



काठमाडौं । सोमबारदेखि लगातार घटेको सेयर बजार विहीबार १०.१३ अंकले बढेको छ ।

बढेको बजारमा एक अर्व ३२ करोड भन्दा माथिको कारोबार भएको छ । यस दिन बजार बढ्दा ४ कम्पनीहरुको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ।
बिहीबार कारोबारमा आएको तारगाउँ रिजेन्सी होटल, मिर्मिरे माइक्रोफाइनान्स, ओरियण्टल होटल र कालिका लघुवित्तको शेयरमा सकारात्मक सर्किट लागेको हो।

त्यसैगरी, मिथिला लघुवित्तको शेयरमूल्य करिब साढे ९ प्रतिशत बढेको छ यस्तै एनआइसी एसिया लघुवित्तको सात करोड भन्दा माथिको कारोबार भएको छ ।
यस्तै बिमा तर्फ नेपाल पुर्नविमा कम्पनीको सर्वाधिक एघर करोड भन्दा माथिको कारोवार भएको छ भने नेपाल लाइफ इन्स्योरेन्सको १० करोड भन्दा माथिको कारोबार भएको छ ।

कारोबारमा आएका १२ उपसमूहमध्ये १० उपसमूहको परिसूचक बढेको छ भने दुई उपसमूहको परिसूचक घटेको छ। यस दिन होटल र निर्जीवन बीमा उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ भने लघुवित्त र जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ।

प्रकाशित मिति : ८ श्रावण २०७७, बिहिबार  ३ : ४६ बजे

विराटनगरमाथि चितवनको ८ रनको रोमाञ्चक जित, एनपीएलमा विजयी सुरुवात

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा चितवन राइनोजले

गोलबजारका पूर्वमेयरसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा, सवा करोडभन्दा बढीको बिगो माग

सिरहा । सिरहाको गोलबजार नगरपालिकाका तत्कालीन नगरप्रमुख (पूर्वमेयर) देवनाथ साह

झिनो अङ्कले बढ्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

नेपाललाई गाभीबाट आठ अर्ब ५९ करोडको खोप सहायता

काठमाडौं । नेपाललाई ग्लोबल एलाइन्स फोर भ्याक्सिन्स एन्ड इमुनाइजेसन (गाभी)ले

आधुनिक यन्त्रले सहज बन्दै ग्रामीण कृषि

नेपालगन्ज । गाउँगाउँमा परम्परागत खेती प्रणालीलाई आधुनिक प्रविधिले विस्थापित गरेसँगै