१० चैत्र २०८२, मंगलबार | March 24, 2026

काठमाडौंको सितापाइलामा २२ वर्षीया युवतीमाथि एसिड प्रहार, एसिड प्रहार गरेको आरोपमा दुईजना पक्राउ



काठमाडौं । राजधानीको सीतापाइलामा एक युवतीमाथि बिहीबार एसिड प्रहार भएको छ ।

बिहीबार साँझ एसिड प्रहार भएकी युवतीको कीर्तिपुरस्थित कीर्तिपुर अस्पतालको बर्न सेन्टरमा उपचार भइरहेको छ ।

ती युवतीमाथि एसिड प्रहार गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

रौतहट लक्ष्मीपुर घर भई हाल काठमाडौँको डल्लु बस्ने मोहम्मद आलम र भारतीय नागरिक मुन्ना महम्मदलाई प्रहरीले पक्राउ गरेको हो ।

राति ११ बजे उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

साँझको समयमा दही किन्न निस्किएकी ओखलढुंगाकी २२ वर्षीया पवित्रा कार्कीलाई एसिड प्रहार भएको हो । उनलाई अज्ञात व्यक्तिले एसिड प्रहार गरी फरार भएका थिए । उनी आफन्तसँग बस्दै आएकी थिइन् ।

पवित्रा राजधानीको हायात होटलमा अकाउन्ट सेक्सनमा काम गरिरहेको र लकडाउनपछि कोठामै बसिरहेको जनाइएको छ ।

एसिडले युवतीको अनुहार र हातमा जलन भएको छ । एसिड प्रहार गर्नेको पहिचान खुल्न सकेको छैन । खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ९ श्रावण २०७७, शुक्रबार  ६ : २६ बजे

सुनको मूल्य आजपनि घट्यो, चाँदीमा भने सामान्य वृद्धि

काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य आज पनि घटेको छ।

काम नगर्ने ठेकेदारलाई कारबाही अघि बढायो टेम्केमैयुङले

भोजपुर । भोजपुरको टेम्केमैयुङ गाउँपालिकाले ठेक्का सम्झौताअनुसार निर्माण नगर्ने ठेकेदारलाई

महिलाको हत्या अभियोगमा किशोर पक्राउ

भैरहवा । शुद्धोधन गाउँपालिका-१ सिसइचोककी ६० वर्षीया रेनु पटवाको हत्या

रास्वपा केन्द्रीय समितिको बैठक आगामी बिहीबार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको नेतासम्बन्धी विषयमा

चितवन राष्ट्रिय निकुञ्जमा सुरक्षार्थ तालिमप्राप्त कुकुर परिचालन

चितवन । चितवन राष्ट्रिय निकुञ्जले सुरक्षाका लागि प्रविधिको प्रयोगमा ल्याएको