१३ बैशाख २०८१, बिहिबार | April 26, 2024

हतियारधारी समूहद्वारा धरानको प्रहरी चौकीमा आक्रमण, पाँच प्रहरी घाइते



सुनसरी । सुनसरीको धरानस्थित एक प्रहरी चौकीमा स्थानिय हतियारधारी युवकहरूको एक समूहले आक्रमण गरेका छन् ।

जाहेरी दिन आएका व्यक्तिलाई खोज्दै प्रहरी चौकीमा प्रवेश गरेका ८-९ जनाको समूहले प्रहरीमाथि नै आक्रमण गरेको हो ।

धरान १५ बाझगरस्थित वडा समिति कार्यालयको अगाडि रहेको प्रहरी चौकीमा आक्रमण हो । घटनामा असईसहित पाँचजना प्रहरी घाइते भएको प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी प्रवक्ता एवम् प्रहरी उपरिक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।

प्रहरीका अनुसार एउटा समूह उजुरी लेख्न आएको थियो । त्यसको पछि पछि आएको सो ८-९ जनाको समूहले चौकीभित्रै प्रवेश गरी जाहेरीकर्तालाई नै आक्रमण गरेपछि त्यसलाई रोक्न खोज्दा हतियारधारी युवाहरुले प्रहरीमाथि नै आक्रमण गरेको प्रवक्ता श्रेष्ठले बताए ।

आक्रमणबाट प्रहरी चौकीका इन्चार्ज असई सुमन दाहालको हातमा गहिरो चोट लागेको छ । उनको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

प्रहरीमाथि आक्रमण गर्ने युवाहरुको खोजी कार्यमा प्रहरी परिचालन गरिएको श्रेष्ठले बताए ।

प्रकाशित मिति : १४ जेष्ठ २०७८, शुक्रबार  ६ : ५६ बजे

टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न सर्वोच्च अदालतबाट अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले एमालेका नेता टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न

बजारमा निम्न गुणस्तरको वाईवाई चाउचाउ, चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौँ महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

पूर्वमन्त्री आलमलाई जन्मकैदको सजाय

काठमाडौं । पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई जन्मकैदको सजाय भएको छ

एएचजेड यूके युनिभर्सिटी रिप्रेजेन्टेटिभको नयाँ शाखा बुटवलमा सञ्चालन

बुटवल । अध्ययनका लागि बेलायत जाने विद्यार्थीहरुलाई लक्षित गरि बुटवलमा

भीम रावलले गरे एमाले छोड्ने संकेत !

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम