१० आश्विन २०८०, बुधबार | September 27, 2023

वीरगन्जमा कोरोना संक्रमण : समुदायमा फैलिएको आशंका, गम्भीर बन्न जनस्वास्थ्यविद्को चेतावनी



कोरोना भाइरसको संक्रमणको सन्त्रासका कारण गत चैत्र ११ गतेदेखि लगाएको लकडाउन अहिले हटाइसकेको छ । एक दुई जनामा मात्र संक्रमण पुष्टि भएको बेलामा लकडाउन लगाइएको थियो । लकडाउनको बीचमा १७ हजारबढीलाई संक्रमण भएको छ ।

आम मानिसको जनजीवन कष्टकर भयो भनेर लकडाउन हटाइएको छ । तर, संक्रमण सकिएको छैन । लकडाउनपछि पनि संक्रमित हुनेहरु दैनिक १५० को हाराहारीमा थपिइरहेका छन् ।

लकडाउनलाई कमजोर बनाउन थालेसँगै आम मानिसमा स्वास्थ्य सतकर्ततामा समेत कमजोरी देखिँदै आएको थियो । अहिले पूर्ण समाप्तिसँगै मानिसको बुझाई कोरोना संक्रमण नै सकियो कि भन्ने जस्तो देखिँदै गएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले लकडाउन हटेपनि कोरोनाको संक्रमण नहटेको भन्दै सावधान रहन चेतावनी दिन्छन् । हरेदिन जसो उनले मन्त्रालयमा गर्ने पत्रकार सम्मेलनमा दिने सन्देश यही नै हो, ‘सावधानी अपनाउनुस, घरबाहिर काम नपरे ननिस्कनुस,  निस्कँदा ध्यान पुर्याउनुस ।’

शुक्रबार मात्रै पर्सामा ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालमा गरिएको पीसीआर परीक्षणमा उनीहरुको रिपोर्ट पोजेटिभ आएको हो ।

संक्रमित मध्ये ५ जना थुनुवा समेत रहेका छन् । वडा प्रहरी कार्यालय श्रीपुरको थुनुवा कक्षमा रहेका ५ जना थुनुवामा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पताल स्रोतले जनाएको छ । संक्रमित थुनुवाहरुमध्ये ४ जना भारतीय नागरिक हुन् । उनीहरु ३ जना बिहारका र १ जना उत्तर प्रदेशका छन् ।

वीरगन्ज महानगरपालिकामा मात्रै बिहीबार एक पुरुषको मृत्यु भयो । गण्डक अस्पतालमा उपचार गराएका ती वृद्ध पुरुषको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरिसकेको छ । १७ जनामा कोरोना संक्रमण देखियो ।

मृतक पुरुषको ट्राभल हिस्ट्री केही पनि देखिँदैन । जनस्वास्थ्यविद्हरुले यो अवस्थालाई गम्भीर मानेका छन् । कोरोना संक्रमण समुदायमा फैलिएको टिप्णी उनीहरुले गरेका छन् ।

१७ संक्रमितमध्ये एक जना नारायणी अस्पतालका र एक जना बाहिर कार्यरत चिकित्सक छन् । सुख्खा बन्दरगाहमा कार्यरत दुई जना कर्मचारी, एक ट्रक चालक र एक जना स्कुले विद्यार्थि समेमा कोरोना संक्रमण देखिएको छ ।

संक्रमण पुष्टि भएका सबै जना क्वारेन्टाइनमा नबसेका व्यक्ति हुन् । अर्थात, उनीहरु घरमै बसिरहेको समयमा कोरोना संक्रमण भएको छ । केहीले आफैलाई शंका लागेर समेत पीसीआर परीक्षण गर्दा कोरोना पुष्टि भएको छ ।

विभिन्न अस्पतालमा कार्यरत चिकित्सक र विरामीमा कोरोना संक्रमण पुष्टि भएपछि नेपाल चिकित्सक संघले वीरगन्जका अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द गर्न आह्वान गरेको छ ।

साउन ९ गतेदेखि अर्को सूचना जारी नभएसम्मका लागि आकस्मिक बाहेकका सेवा बन्द गर्न संघका सचिव डा. उदय नारायण सिंहले विज्ञप्ती जारी गर्दैआग्रह गरेका छन् । बिहीबार मृत्यु भएका कोरोना संक्रमित पहिलो पटक उपचार गर्न गएको एडभान्स अस्पताल पुरै बन्द भएको छ ।

पर्सामा पछिल्लो दिनमा देखिएको कोरोना संक्रमणको तथ्याङ्कले गम्भीर अवस्थाको संकेत गरेको छ । वीरगन्जको यो अवस्थाले कोरोनाको खास अवस्थाबारे छ । अर्थात, कोरोनको वास्तविक चुनौती अब देखिन थालेको छ ।

जनस्वास्थ्यविज्ञ डा. शेरबहादुर पुनका अनुसार कोरोनाबाट बच्ने उपायहरु व्यवहारमा लागू गर्न आनाकानी अथवा बेवास्ता गर्ने गर्दा संकट झन गहिरिँदै छ ।

पुनले कोरोनाको जोखिम शून्यमा झरेर लकडाउन नखोलिएको बताउँदै कोरोनाबाट बच्ने के(कस्ता व्यक्तिगत उपायहरु कस्तो प्रकारले अवलम्बन गर्छौं भन्नेमा भर पर्ने बताएका छन् ।

लकडाउनअगाडि दुई जना संक्रमित थिए भने हाल दैनिक औसतमा डेढ सयको हाराहारीमा संक्रमित देखिँदै आइरहेका छन् । पहिला यो संक्रमण देश बाहिरबाट आउने जोखिम बढी थियो ।

अब वीरगन्जकै अवस्था हेर्ने हो भने त समुदायमा पुगेको आशंका गर्ने ठाउँ बढेको छ । चुनौती पहिला भन्दा अहिले बढेको छ । स्वास्थ्य सम्बन्धी सुरक्षात्मक उपाय इमान्दारिताका साथ लागु नगरे अवस्था भयावह बन्न पनि सक्छ ।

जनस्वास्थ्य विज्ञहरुले नेपाललाई लकडाउन खुलेको र हवाई यातायात समेत खुल्न लागेको अवस्थामा नेपाललाई कोरोना संक्रमणबाट सुरक्षित राख्न चुनौती थपिने चेतावनी दिएका छन ।

जनस्वास्थ्यविज्ञ डा. रवीन्द्र पाण्डेका अनुसार अब झन भारत लगायत विभिन्न देशबाट ठूलो संख्यामा संक्रमितहरु नेपाल आएमा समुदायमा कोरोना संक्रमण फैलिने खतरा ह्वात्तै बढेर जानेछ ।

डा. पाण्डेले नेपालमा कोरोना संक्रमण हराएको छैन भन्ने तथ्य नबिर्सन चेतावनी दिएका छन् ।

प्रकाशित मिति : ९ श्रावण २०७७, शुक्रबार  ८ : २६ बजे

Tourism Minister welcomes foreign tourists

Kathmandu: Foreign tourists were welcomed at the Kathmandu-based Tribhuvan International

जसपाले दियो केन्द्रीय नेतालाई जिम्मेवारी

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले आफ्ना केन्द्रीय नेतालाई

मंगोलिया विरुद्ध नेपालको कीर्तिमानी जित

काठमाडौं । चीनमा जारी १९औं एसियाली खेलकुद अन्तर्गत भएको मंगलबार

पर्यटनमन्त्रीद्वारा विदेशी पर्यटकलाई स्वागत

काठमाडौं । विश्व पर्यटन दिवसका अवसरमा नेपाल आउने विदेशी पर्यटकलाई

Namaste Academy Receives Inspection and Praise from Ofsted Education Inspector

Rupandehi, Nepal, September 27, 2023 – In a significant milestone