५ पुस २०८२, शनिबार | December 20, 2025

ज्यानमार्ने उद्योगका २ फरार अभियुक्त बाँकेको गोदहानाबाट पक्राउ



नेपालगन्ज । गत जेठ ९ गते बाँकेको खजुरा ७ गोदहानाका सोनु जसगढ भन्ने सद्दाम शेषलाई मरनासन्न हुने गरि कुटपिट गरेर फरार रहेका २ जनालाई बाँके प्रहरीले पक्राउ गरेको छ । कुटपिट गरि फरार रहेका उनीहरुलाई बाँके प्रहरीले ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गराएर फरार अभियुक्तको सुचिमा राखेको थियो ।

प्रहरीका अनुसार ईलाका प्रहरी कार्यालय धनौलीले फरार रहेका मध्य खजुरा–७ गोदहानाका २९ वर्षिय कलिम भाट र १९ वर्षिय समिर भाटलाई बिहिबार राती नियन्त्रणमा लिएको हो ।

गत जेठ ९ गते गोदहाना स्थित पिबिसि ईट्टा उद्योग परिसरमा जसगढलाई कुटपिट गरि फरार भएका थिए ।

प्रहरीले दुबै जनालाई बिहीबार गोदहानाबाट नियन्त्रणमा लिएर म्याद थप गरी अनुसंन्धान सुरु गरेको जनाएको छ ।

घटनामा संलग्न स्थानीय नजिर भाट र ईरफान भाट भने अझै परार रहेका छन् । पक्राउ परेका २ जना सहित ४ जनाको बिरुद्ध प्रहरीले ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गराएको थियो ।

पक्राउ परेको दुबै जनालाई प्रहरीले बाँके जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धानको सुरु गरेको छ ।

प्रकाशित मिति : ९ श्रावण २०७७, शुक्रबार  ११ : ०७ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको