३१ असार २०८३, बुधबार | July 15, 2026

ज्यानमार्ने उद्योगका २ फरार अभियुक्त बाँकेको गोदहानाबाट पक्राउ



नेपालगन्ज । गत जेठ ९ गते बाँकेको खजुरा ७ गोदहानाका सोनु जसगढ भन्ने सद्दाम शेषलाई मरनासन्न हुने गरि कुटपिट गरेर फरार रहेका २ जनालाई बाँके प्रहरीले पक्राउ गरेको छ । कुटपिट गरि फरार रहेका उनीहरुलाई बाँके प्रहरीले ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गराएर फरार अभियुक्तको सुचिमा राखेको थियो ।

प्रहरीका अनुसार ईलाका प्रहरी कार्यालय धनौलीले फरार रहेका मध्य खजुरा–७ गोदहानाका २९ वर्षिय कलिम भाट र १९ वर्षिय समिर भाटलाई बिहिबार राती नियन्त्रणमा लिएको हो ।

गत जेठ ९ गते गोदहाना स्थित पिबिसि ईट्टा उद्योग परिसरमा जसगढलाई कुटपिट गरि फरार भएका थिए ।

प्रहरीले दुबै जनालाई बिहीबार गोदहानाबाट नियन्त्रणमा लिएर म्याद थप गरी अनुसंन्धान सुरु गरेको जनाएको छ ।

घटनामा संलग्न स्थानीय नजिर भाट र ईरफान भाट भने अझै परार रहेका छन् । पक्राउ परेका २ जना सहित ४ जनाको बिरुद्ध प्रहरीले ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गराएको थियो ।

पक्राउ परेको दुबै जनालाई प्रहरीले बाँके जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धानको सुरु गरेको छ ।

प्रकाशित मिति : ९ श्रावण २०७७, शुक्रबार  ११ : ०७ बजे

सम्पत्ति छानबिन आयोगका सबै काम रोक्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले उच्चस्तरीय सम्पत्ति छानबिन आयोगका सम्पूर्ण कामकारबाही

नियमावलीका केही प्रावधानप्रति ईक्यान रुपन्देहीको असन्तुष्टि, संशोधनका लागि पहल गर्ने

बुटवल । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जारी गरेको “शैक्षिक

३४ लाख ६६ हजार लगानीकर्ता टिएमएसमार्फत शेयर कारोबारमा सक्रिय

काठमाडौँ । नेपाल धितोपत्र बोर्डले हालसालै सार्वजनिक गरेको नेपाल पुँजीबजार

लायन्स क्लब अफ बुटवलको वार्षिक साधारणसभा सम्पन्न, गभर्नर्स टिमलाई सम्मान

बुटवल । लायन्स क्लब अफ बुटवलले वर्ष २०२६/२७ को आफ्नो

कर्णालीका मुख्यमन्त्री कँडेलद्वारा चार मन्त्रीको राजीनामा राजीनामा स्वीकृत

सुर्खेत । कर्णाली प्रदेश सरकारमा नेपाली कांग्रेसको तर्फबाट सहभागी चार