२२ भदौ २०८३, सोमबार | September 7, 2026

कोरोना आतंककै बीच एनआरएन दोस्रो ग्लोबल स्वास्थ्य सम्मेलन सेप्टम्बरमा हुने



लन्डन । कोरोना भाइरसले आतंक मच्चाइरहेका बेला विश्वभरि छरिएर रहेका नेपाली डाक्टरहरुको सम्मेलन सम्मेलन हुने भएको छ ।

ग्लोबल नेपाली स्वास्थ्य सम्मेलन नाम दिएको उक्त सम्मेलन सेप्टेम्बर १८–२० मा हुनेछ । यो सम्मेलन दोस्रो संस्करण हो ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) को स्वास्थ्य समितिले सम्मेलनको आयोजना गरेको छ । सम्मेलन सेमी भच्र्योलमा हुनेछ, केही सेशनहरु प्रत्यक्ष बसेर छलफल गरिने छ भने बाँकी भर्चुअल छलफल हुने एनआरएनए स्वास्थ्य कमिटीले जनाएको छ ।

पहिलो सम्मेलन सन् २०१९ को सेप्टेम्बर २०–२२ सम्म अमेरिकी राज्यको एटलान्टामा भएको थियो । दोस्रो सम्मेलन पनि त्यही मितिको आसपासमा तोकिएको छ ।

विश्वभर छरिएर रहेका झन्डै सयभन्दा पनि बढी नेपाली डाक्टरहरु सम्मेलनमा सहभागी हुनेछन् । सम्मेलनमा सहभागिताका लागि विश्वभर छरिरएर रहेका गैरआवासीय नेपालीहरुलाई सहभागिताका लागि एनआरएनए स्वास्थ्य समितिका संयोजक डा सन्जिब सापकोट़ाले अनुरोध गरेका छन् ।

कोेभिड–१९ को संक्रमणले विश्वव्यापी रुपमा आक्रान्त बनेका बेला नेपाली डाक्टरहरुको यो सम्मेलनले विशेष अर्थ राख्ने बताइएको छ ।

कोभिड–१९ का बारेमा चरणबद्ध रुपमा छलफल हुनेछ भने युवा स्वास्थ्य, महिला स्वास्थ्य र पेशा स्वास्थ्यसम्बन्धी छलफल हुने एनआरएन स्वास्थ्य समितिले जनाएको छ ।

सम्मेलनमा विदेशमा कार्यरत एक सय भन्दा बढी चिकित्सकको सहभागिता रहने अपेक्षा छ १

प्रकाशित मिति : ९ श्रावण २०७७, शुक्रबार  १२ : १९ बजे

खजुराको प्रशंसनीय कामः बाँझो जमिन आम्दानीको स्रोत

नेपालगञ्ज । खजुरा गाँउपालिकाले प्रशंसनीय काम गरेको छ । खेर

राष्ट्रपति रामचन्द्र पौडेलले गरे बाढी प्रभावित क्षेत्रको निरीक्षण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बाढीबाट प्रभावित नुवाकोटका विभिन्न क्षेत्रको

पीडितले सरकारको अभाव महसुस गर्न नपरोस्ः सभामुख अर्याल

धादिङ ।  सभामुख डोलप्रसाद अर्यालले प्राकृतिक विपद्बाट प्रभावित कुनै पनि

नबिल बैंकद्वारा १५.८० प्रतिशत लाभांश प्रस्ताव

काठमाडौ । नबिल बैंक लिमिटेडले आर्थिक वर्ष २०८२र८३ को वितरणयोग्य

भोटेकोशी बाढीपीडित व्यवसायिक लागि पुनरुत्थान प्याकेजः करमा पूर्ण छुटदेखि सहुलियतपूर्ण कर्जासम्म

काठमाडौ । सरकारले भोटेकोशी बाढीबाट प्रभावित उद्योग, व्यापार, व्यवसाय तथा