१४ फाल्गुन २०८२, बिहिबार | February 26, 2026

विज्ञहरु भन्छन् ‘कोरोनाको भयावह जोखिम कायमै छ, अत्यावश्यक कामबाहेक बाहिर ननिस्कौं’



काठमाडौं । कोभिड–१९ को सङ्क्रमणको जोखिम कायमै रहेकाले सर्वसाधारणलाई अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन विज्ञले सुझाएका छन् ।

छिमेकीमूलुक भारतमा समुदायस्तरमा सङ्क्रमण फैलिएको र नेपालमा पनि बन्दाबन्दी खुलेकाले सङ्क्रमणको जोखिम कायमै रहेको भन्दै विज्ञले सर्वसाधरणलाई घर बाहिर ननिस्कन आग्रह गरेका हुन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले बन्दाबन्दी खुलेसँगै सङ्क्रमणको जोखिम बढ्काले सतर्कता अपनाउन आग्रह गरेका छन् ।

“सङ्क्रमणको जोखिम कायमै रहेकाले अत्यावश्यक काम नभइकन अझै पनि कोही पनि बाहिर हुदैन”, अधिकारी भन्छन्, “निस्कन परे कोभिड–१९ का लागि तयार पारिएका स्वास्थ्यका मापदण्ड अपनाएर मात्र निस्कनुपर्दछ ।” अधिकारीले घर बाहिर निस्कदा मास्क, स्यानिटाइजर र सामजिक दूरी कामय राख्नुपर्ने बताउँछन् ।

सरकारले कोभिड–१९ को कारणले गरेको बन्दाबन्दी यही साउन ७ गतेदेखि अन्त्य गरेको हो । बन्दाबन्दीको अन्त्यसँगै उपत्यकामा सवारी साधन सञ्चालन हुन थालेर मानिसको भीडभाड हुन थालेको छ ।

यसैगरी बाहिर निस्कँदा हातले केही वस्तु छोए पनि स्यानीटाइजर लगाउनुपर्ने, कोही व्यक्तिसँग कम्तीमा दुई मिटर टाढा रहनुपर्ने, भरसक बसमा यात्रा नगर्ने, गर्नेपरे स्वास्थ्यमा न्यूनतम मापदण्ड अपनाउन समेत विज्ञले सुझाव दिएका छन् ।

मन्त्रालयका सहप्रवक्ता डा अधिकारीले भारतसँग सिमाना जोडिएका क्षेत्रमा सङ्क्रमित बढ्नु, भारतबाट अझै मानिसहरु नेपाल भित्रने जस्ता गतिविधि भइरहेकाले जोखिममा नै रहेको देखाउने बताए ।

“बन्दाबन्दी खुल्यो अब त सङ्क्रमण हुँदैन भनेर ढुक्क हुनुहुँदैन, साथीभाईलाई पनि सङ्क्रमण हुनसक्दछ, त्यसैले सधैं टाढा रहने गर्नुपर्दछ”, मन्त्रालयका प्रवक्ता डा अधिकारीले भने, “बाहिरबाट आएका मानिसलाई निको भयो आफूलाई पनि सङ्क्रमण लागेर निको भइहाल्छ भनेर पनि ढुक्क हुनुहुदैन, आफूलाई सङ्क्रमण लागे घरपरिवारका वृद्ध, बालबालिकालाई सङ्क्रमण लाग्न सक्दछ ।”

मन्त्रालयले कोभिड–१९ को महामारी र व्यवस्थित बन्दाबन्दीमा जनस्वास्थ्यका मापदण्ड–२०७७ मा सबै किसिमका जमघट र भेलामा कम्तीमा दुई मिटरको दूरी कायम गर्नुपर्ने आग्रह गरिरहेको छ ।

यसैगरी, घर बाहिर जाँदा मास्कको प्रयोग र सार्वजनिकस्थल तथा कार्यालयले आफ्नो परिसरमा हात धुने साबुन र पानी वा स्यानीटाइजरको अनिवार्य व्यवस्था मिलाउनुपर्ने र भवन प्रवेश गर्दा अनिवार्य रुपले साबुन पानीले हात धोको वा स्यानीटाइजर प्रयोग गरेको सुनिश्चित गर्ने जस्ता सावधानी अपनाउने कुरा उल्लेख छ ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका कार्यकारी निर्देशक डा सागरराज भण्डारीले उपत्यकामा भीडभाड बढेकाले सङ्क्रमणको जोखिम रहेको बताउँछन् ।

डा. भण्डारीले उपत्यकामा विदेशबाट आउने र बन्दाबन्दीमा बाहिर गएका मानिस पनि भित्र्ने क्रम बढेकोले सङ्क्रमण बढ्ने खतरा रहेको औंल्याए ।

केही दिनअघि मात्र उपत्यकामा समुदायस्तरमा कोभिड–१९ को सङ्क्रमण छ वा छैन भनेर अग्रपङ्क्तिमा काम गर्ने बैंक, सरकारी कार्यालयका कर्मचारी गरी करिब पाँच हजार ५०० मा गर्ने परीक्षण गर्दा तीन जनामा मात्र सङ्क्रमण देखिएको थियो ।

अस्पतालका कार्यकारी निर्देशक डा. राजभण्डारी आफू बच्न र अरुलाई बचाउन पनि भीडभाड, जमघट भएको स्थानमा जान नहुने बताउँछन् । उनका अनुसार बाहिर निस्केका मानिसका घरपरिवारमा वृद्ध, दीर्घ रोगी, गर्भवती महिला, बालबालिका पनि रहने हुनाले उनीहरुमा सङ्क्रमणको बढी जोखिम हुने गर्दछ ।

सार्वजनिक यातायातमा यात्रा गर्दा एक पङ्क्तिको सिटमा एक जना क्रस गरेर बस्ने व्यवस्था मिलाएर, स्यानिटाइजरको व्यवस्था गर्ने र सबैले मास्कको प्रयोग गर्नुपर्ने छ ।

नेपालमा १८ हजार २४१ जनामा सङ्क्रमण देखिएको छ । यस्तै ४३ जनाको निधन भएको छ भने १२ हजार ८४० जना निको भई घर फर्किएका छन् ।

विश्वमा एक करोड ४० लाख ४३ हजार १७६ जनामा सङ्क्रमण देखिएको छ भने पाँच लाख ९७ हजार ५८३ जनाको मृत्यु भएको छ । -रासस

प्रकाशित मिति : ९ श्रावण २०७७, शुक्रबार  ३ : ३२ बजे

सुप्रिम सहकारी पीडितको व्यथा : जीवनभरको कमाइ गुमाएका पीडित त्रासमा मौन

बुटवल । बुटवलस्थित सुप्रिम सहकारीको बचत अपचलन प्रकरणमा रकम गुमाएका

निर्वाचनले छोएन चितवनको माझी, मुसहर बस्ती

चितवन । देशभर निर्वाचनको माहोल भएपनि यहाँको एक बस्तीमा हालसम्म

रास्वपा नवलपरासीका सभापति ठकुरी नेपाली कांग्रेसमा प्रवेश

नवलपरासी । प्रतिनिधिसभा निर्वाचन हुन एक साता बाँकी रहँदा राष्ट्रिय

सहकारी ठगीविरुद्ध कांग्रेसको ‘शून्य सहनशीलता’ नीति

काठमाडौं । नेपाली कांग्रेसले बचतकर्ताको सुरक्षा र ठगीविरूद्ध ‘शून्य सहनशीलता’को

फागुन २० गतेदेखि मतदान सम्पन्न नहुँदासम्म सवारीसाधन चलाउन नपाइने

काठमाडौं । निर्वाचन आयोगले फागुन २० गते राति १२ः०० बजेदेखि मतदान