४ पुस २०८२, शुक्रबार | December 19, 2025

इडनद्वारा शिक्षक तथा कर्मचारीलाई राहत वितरण



बुटवल । इडन बोर्डिङ स्कुल बुटवल ११ नहरपुरले आफना शिक्षक तथा कर्मचारीलाई राहतस्वरुप खाद्यान्न तथा नगद सहयोग गरेको छ ।

लकडाउनको समयमा विद्यालय तथा विद्यार्थीलाई सहयोग गरेका विद्यालयका सबै पूर्णकालीन शिक्षक कर्मचारीलाई राहत प्रदान गरिएको विद्यालयले जनाएको छ ।
कोरोना महामारीको समयमा शिक्षक कर्मचारीलाई कुनै समस्या नआओस् भन्नका लागि राहत वितरण गरिएको विद्यालयका अध्यक्ष नकुल शाहीले बताए ।

विभिन्न बहानामा अन्य स्कुलले शिक्षक कर्मचारी कटौती गरेको, सेवासुविधा कटौती गरेको आवाज सुनिएपनि आफ्नो विद्यालयमा त्यस्तो नभएको शाहीले बताए ।
सो स्कुलले आगामी आइतबारदेखि सबै विद्यार्थीको घरघरमा पुगेर शैक्षिक अभियान शुरु गरिने र सबै शिक्षक कर्मचारीलाई ऊर्जा प्रदान गर्नका लागि राहत वितरण गरिएको संचालक आशिष सूर्यवंशीले बताए ।

कोरोना महामारीको समयमा निरन्तर विद्यालय तथा विद्यार्थीलाई विभिन्न माध्यमबाट सहयोग गरेकोमा संचालक भीमलाल तिवारीले धन्यवाद दिएका थिए ।
विद्यालय व्यवस्थापनले सबै शिक्षक तथा कर्मचारीलाई प्रदान गरेको नगद तथा खाद्यान्न सहायक प्रिन्सिपल जगत पोखे्रललाई अध्यक्ष नकुल शाहीले हस्तान्तरण गरेका थिए ।

प्रकाशित मिति : ९ श्रावण २०७७, शुक्रबार  ५ : २० बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको