१७ चैत्र २०८२, मंगलबार | March 31, 2026

इडनद्वारा शिक्षक तथा कर्मचारीलाई राहत वितरण



बुटवल । इडन बोर्डिङ स्कुल बुटवल ११ नहरपुरले आफना शिक्षक तथा कर्मचारीलाई राहतस्वरुप खाद्यान्न तथा नगद सहयोग गरेको छ ।

लकडाउनको समयमा विद्यालय तथा विद्यार्थीलाई सहयोग गरेका विद्यालयका सबै पूर्णकालीन शिक्षक कर्मचारीलाई राहत प्रदान गरिएको विद्यालयले जनाएको छ ।
कोरोना महामारीको समयमा शिक्षक कर्मचारीलाई कुनै समस्या नआओस् भन्नका लागि राहत वितरण गरिएको विद्यालयका अध्यक्ष नकुल शाहीले बताए ।

विभिन्न बहानामा अन्य स्कुलले शिक्षक कर्मचारी कटौती गरेको, सेवासुविधा कटौती गरेको आवाज सुनिएपनि आफ्नो विद्यालयमा त्यस्तो नभएको शाहीले बताए ।
सो स्कुलले आगामी आइतबारदेखि सबै विद्यार्थीको घरघरमा पुगेर शैक्षिक अभियान शुरु गरिने र सबै शिक्षक कर्मचारीलाई ऊर्जा प्रदान गर्नका लागि राहत वितरण गरिएको संचालक आशिष सूर्यवंशीले बताए ।

कोरोना महामारीको समयमा निरन्तर विद्यालय तथा विद्यार्थीलाई विभिन्न माध्यमबाट सहयोग गरेकोमा संचालक भीमलाल तिवारीले धन्यवाद दिएका थिए ।
विद्यालय व्यवस्थापनले सबै शिक्षक तथा कर्मचारीलाई प्रदान गरेको नगद तथा खाद्यान्न सहायक प्रिन्सिपल जगत पोखे्रललाई अध्यक्ष नकुल शाहीले हस्तान्तरण गरेका थिए ।

प्रकाशित मिति : ९ श्रावण २०७७, शुक्रबार  ५ : २० बजे

आगामी बजेट सन्तुलित आउँछ : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले आगामी आर्थिक वर्षको बजेट सन्तुलित

बुटवलमा आठौं राष्ट्रिय लन टेनिस प्रतियोगिता सुरु

बुटवल । बुटवलमा आठौं बुटवल राष्ट्रिय खुल्ला लन टेनिस तथा

प्रमुख प्रशासकीय अधिकृतबिहिन स्थानीयतहका ६३ स्थानमा सरकारले पठायो उपसचिवहरु (सूचीसहित)

काठमाडौँ । लामो समयदेखि प्रमुख प्रशासकीय अधिकृत विहिन भएका स्थानीय

नेपाली सेनाको ‘आधुनिक राज्य व्यवस्था र मौलिकता’ विषयक सेमिनार सम्पन्न

काठमाडौँ । रक्षा मन्त्रालयको समन्वय र नेपाली सेनाको व्यवस्थापनमा शिवपुरीस्थित