२२ भदौ २०८३, सोमबार | September 7, 2026

राहत संकलन गर्न आउने जो कसैलाई सहयोग नगर्न प्रहरीको अनुरोध



काठमाडौं । नेपाल प्रहरीले भूकम्प प्रभावितको नाममा अवाञ्छित गतिविधि र ठगी हुनसक्ने भएकाले निश्चित गरेर मात्रै सहयोग गर्न आम नागरिकमा अनुरोध गरेको छ ।

भूकम्प पीडितहरूलाई इन्टरनेट वा अन्य माध्यमबाट आर्थिक वा अन्य सहयोग गर्दा सहयोग माग्ने व्यक्ति वा सङ्घसंस्था आधिकारिक हो वा होइन निश्चित गरेर मात्र सहयोग गर्न अनुरोध गरिएको प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले बताए ।

प्रवक्ता कडायतका अनुसार विगतमा यसरी सहयोगका नाममा ठगिएका र वास्तविक प्रभावितहरूले राहत नपाएका जानकारी आएको भन्दै त्यसतर्फ सचेत हुन भनिएको हो । प्रहरीले आज सार्वजनिक सूचना नै जारी गरेर सबैमा उक्त अनुरोध गरेको हो ।

विभिन्न सरकारी निकाय तथा सङ्घसंस्थाले भूकम्प प्रभावित क्षेत्रमा सहयोगको घोषणा गरेका छन् । जाजरकोट केन्द्रविन्दु भएर आज गएको ६ दशमलव ४ रेक्टर स्केलको भूकम्पमा परी अहिलेसम्म एक सय ५७ जनाको मृत्यु भइसकेको छ । झण्डै दुई सय जना घाइते भएका छन् । खोज र उद्धार कार्य अहिले पनि जारी रहेको छ ।

प्रकाशित मिति : १८ कार्तिक २०८०, शनिबार  ८ : ०७ बजे

भोटेकोसी बाढीमा हराइरहेका मानिस खोज्न सरकारले कुनै कसर बाँकी राखेको छैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले भोटेकोसी बाढीमा हराइरहेका मानिसहरुको खोज

भोटेकोशी बाढी : एक हजार ३५६ शव फेला, चार हजार ९९४ जना सम्पर्कविहीन

काठमाडौँ । रसुवा बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार

भोटेकोशी बाढीमा परी निधन भएकाहरूको सम्झनामा बाँकेमा दीप प्रज्वलन

नेपालगन्ज । रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते आएको

खजुराको प्रशंसनीय कामः बाँझो जमिन आम्दानीको स्रोत

नेपालगञ्ज । खजुरा गाँउपालिकाले प्रशंसनीय काम गरेको छ । खेर

राष्ट्रपति रामचन्द्र पौडेलले गरे बाढी प्रभावित क्षेत्रको निरीक्षण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बाढीबाट प्रभावित नुवाकोटका विभिन्न क्षेत्रको