२५ मंसिर २०८०, सोमबार | December 12, 2023

बुटवलमा मानित विश्वविद्यालय सम्बन्धी अन्तरक्रिया कार्यक्रम हुदै



बुटवल । बुटवलको लुम्बिनी वाणिज्य क्याम्पसले मानित विश्वविद्यालय सम्बन्धी अन्तरक्रिया तथा प्रतिवद्धतात्मक कार्यक्रम आयोजना गर्ने भएको छ । २०३८ सालमा जनस्तरवाट स्थापना भई सञ्चालनमा आएको क्याम्पसले पाँच वटा आफ्नै स्वायत्त कार्यक्रम संचालन गरिरहेको छ ।

निकट भविष्यमै मानित विश्वविद्यालयमा रुपान्तरण हुने लक्ष्यका साथ अगाडी बढिरहेको क्याम्पसले श्रावण १० गते प्रदेश सरकार प्रदेश ५ का माननीय मन्त्रीहरु, प्रदेश सभा सदस्यहरु, नगर प्रमुखहरु, उद्योग वाणिज्य संघ तथा व्यापार संघका अध्यक्षहरु, क्याम्पस व्यवस्थापन तथा विकास परिषद्का सदस्यहरु, राजनैतिक दलका प्रतिनिधिहरु, विद्यार्थी संगठन, पत्रकार, विभिन्न संघसंस्थाका प्रतिनिधि लगायत सरोकारवालाहरुको उपस्थितिमा अन्तरक्रिया तथा प्रतिवद्धतात्मक कार्यक्रम आयोजना गरेको हो ।

अन्तरक्रिया कार्यक्रमवाट क्याम्पसले मानित विश्वविद्यालय स्थापनार्थ आवश्यक जग्गा व्यवस्थापनमा सहयोग, कोषहरु स्थापनार्थ आर्थिक सहयोग, विज्ञान तथा प्रविधितर्फ आवश्यक दक्ष प्राध्यापक तथा कर्मचारीको व्यवस्थापनमा सहयोग, उत्पादित जनशक्तिलाई उचित व्यवस्थापनमा सहयोग, भौतिक पूर्वाधारहरु निर्माणमा सहयोग लगायतको प्रतिवद्धता प्राप्त हुने अपेक्षा गरेको क्याम्पस प्रमुख प्रा.डा. तारा प्रसाद उपाध्यायले जानकारी दिए ।

त्रिभुवन विश्वविद्यालयवाट सम्वन्धन प्राप्त क्याम्पसले विश्वविद्यालय अनुदान आयोगद्धारा दोश्रोपटक गुणस्तर सुनिश्चितता तथा प्रत्यायनको प्रमाणपत्र प्राप्त गरिसकेको छ भने नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयवाट २०७५ सालमा नेपालकै सर्वोत्कृष्ट सामुदायिक क्याम्पसको रुपमा र प्रदेश स्थापना दिवसको अवसरमा प्रदेश सरकार प्रदेश नं. ५ वाट प्रदेश प्रज्ञा पदक द्धितिय २०७६ वाट पनि विभुषित भएको थियो ।

प्रकाशित मिति : ९ श्रावण २०७७, शुक्रबार  ६ : २२ बजे

ध्रुवे हात्तीलाई रेडियोकलर जडान

चितवन । चितवन राष्ट्रिय निकुञ्जले जङ्गली हात्ती ध्रुवेलाई रेडियोकलर जडान

रास्वपाले संसदीय दलको विधान पुनःसंरचना गर्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको विधान पुनःसंरचना

गणतन्त्रको विकल्प निरङ्कुशतन्त्र हुनै सक्दैन : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले थालनी गरेका जनपक्षीय

कुश्मा-नयाँ बुटवल दुई सय २० केभी प्रसारण लाइनको उद्घाटन

काठमाडौं । नवलपरासी, रुपन्देहीलगायत जिल्लामा सहज विद्युत् आपूर्तिका लागि महत्वपूर्ण

उद्योगी ब्यवसायीले पठाए प्रधानमन्त्री र गभर्नरलाई आन्दोलनको चेतावनी सहितको ज्ञापनपत्र

नेपालगन्ज । बैंक तथा बित्तीयसंस्थाहरुले ज्यादती गरेको भन्दै आन्दोलित भएका