७ आश्विन २०८३, बुधबार | September 23, 2026

बुटवल लेडीज जेसीजले विभिन्न सप्ताहव्यापी कार्यक्रमगरी जेसीज सप्ताह-२०२६ मनाउँदै



बुटवल । बुटवल लेडीज जेसीजले विभिन्न सप्ताहव्यापी कार्यक्रम आयोजना गरी जेसीज सप्ताह-२०२६ मनाउने भएको छ । साउन २३ गतेदेखि ३० गतेसम्म विभिन्न रचनात्मक, सामाजिक तथा जनचेतनामूलक कार्यक्रम आयोजना गरी जेसीज सप्ताह मनाउन लागिएको हो ।

एक कार्यक्रमका बिच शनिबार जेसीज सप्ताहको उद्घाटन गर्दै नेपाल जेसीजका पूर्व राष्ट्रिय अध्यक्ष अनुपमान सैँजूले महिला नेतृत्व विकासका लागि जेसीजले महत्वपूर्ण भूमिका खेल्दै आएको बताए ।

जेसी रूपा श्रेष्ठ पाठकको अध्यक्षतामा भएको कार्यक्रममा बुटवल जेसीजका अध्यक्ष येदुमणि पोखरेल, पूर्व अध्यक्ष मोहन न्यौपाने, बुटवल महिला जेसीजका पूर्व अध्यक्ष ओमी पुनलगायतले जेसीज सप्ताहको सफलताको शुभकामना दिएका थिए ।

जेसीज सप्ताहअन्तर्गत साउन २३ गते जेसीज सप्ताह समुद्घाटन तथा नवआगन्तुक सदस्यहरूका लागि तालिम, साउन २४ गते फेलोसिप कार्यक्रम (श्रावण विशेष), साउन २५ गते ‘गेट बिगिन वन’ कार्यक्रम, साउन २६ गते वडा नं. ६ का महिलाहरूका लागि रजोनिवृत्ति सम्बन्धित अभिमुखीकरण, साउन २७ गते महिला डिजिटल अधिकारको संरक्षणः साइबर अपराध, साइबर कानुन र साइबर सुरक्षा सम्बन्धी कार्यक्रम, साउन २८ गते मन्दिर परिसर सरसफाइ कार्यक्रम तथा साउन २९ गते पुरस्कार वितरण तथा समापन कार्यक्रम आयोजना गरिने भएको मुल सम्योजक सुस्मा जिसीले जानकारी दिईन ।

महासचिव जेसी बिनु देवी रिजालको संचालनमा भएको कार्यक्रममा आस्था आठ भगवता बेल्बासे र मिसन भिजन अन्जु पन्थीले गरेकी थिईन ।

प्रकाशित मिति : २३ श्रावण २०८३, शनिबार  ५ : १७ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई