१४ फाल्गुन २०८२, बिहिबार | February 26, 2026

वीरगन्ज बन्यो ‘कोरोना मृत्युुको हटस्पट’, अर्की एक युवतीको पनि मृत्यु कोरोनाबाटै



वीरगन्ज । पर्साको वीरगञ्जमा कोरोना भाइरसको संक्रमणबाट थप १ जनाको मृत्यु भएको छ । शुक्रबार साँझ वीरगन्जमा उपचाररत बाराको परवानीपुर घर भएकी १७ वर्षीया युवतीको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको हो ।

गण्डक कोभिड अस्पतालमा उपचाररत ती युवतीको अपरान्ह मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ । उनको मृत्यु पछि कोरोना पुष्टि भएको थियो ।

बुधबार नारायणी अस्पतालमा भर्ना भएकी उनको स्वास्थ्य अवस्था गम्भीर भएपछि वीरगञ्ज हेल्थ केयर अस्पताल लगिएको थियो । त्यहाँको आकस्मिक कक्षमा भर्ना गर्दा अवस्था गम्भीर देखिएपछि उनको र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) विधिबाट परीक्षण गरिएको थियो ।

आरडीटी एन्टीबडी पोजेटिभ देखिएपछि कोरोना संक्रमणको आशंकामा उनलाई बिहीबार गण्डक कोभिड अस्थायी अस्पतालमा रिफर गरिएको थियो ।

वीरगन्जको गण्डक कोभिड अस्पतालमा उपचाररत ८५ वर्षीया एक वृद्धा महिलाको आज बिहान मात्र मृत्यु भएको थियो । यसअघि बिहीबार अर्का एक वृद्धको मृत्यु भएको थियो ।

कोरोना संक्रमण निकै बढेपछि जिल्ला प्रशासन कार्यालयले वीरगन्ज महानगरमा निषेधाज्ञा जारी गरेको छ ।

प्रकाशित मिति : ९ श्रावण २०७७, शुक्रबार  ९ : ०४ बजे

सुप्रिम सहकारी पीडितको व्यथा : जीवनभरको कमाइ गुमाएका पीडित त्रासमा मौन

बुटवल । बुटवलस्थित सुप्रिम सहकारीको बचत अपचलन प्रकरणमा रकम गुमाएका

निर्वाचनले छोएन चितवनको माझी, मुसहर बस्ती

चितवन । देशभर निर्वाचनको माहोल भएपनि यहाँको एक बस्तीमा हालसम्म

रास्वपा नवलपरासीका सभापति ठकुरी नेपाली कांग्रेसमा प्रवेश

नवलपरासी । प्रतिनिधिसभा निर्वाचन हुन एक साता बाँकी रहँदा राष्ट्रिय

सहकारी ठगीविरुद्ध कांग्रेसको ‘शून्य सहनशीलता’ नीति

काठमाडौं । नेपाली कांग्रेसले बचतकर्ताको सुरक्षा र ठगीविरूद्ध ‘शून्य सहनशीलता’को

फागुन २० गतेदेखि मतदान सम्पन्न नहुँदासम्म सवारीसाधन चलाउन नपाइने

काठमाडौं । निर्वाचन आयोगले फागुन २० गते राति १२ः०० बजेदेखि मतदान