३ पुस २०८२, बिहिबार | December 19, 2025

भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले भन्यो, कोराना भाइरसबाट एकै दिन ४८ हजार ९१६ जना सङ्क्रमित



भारत । भारतमा कोरोनाभाइरसको संख्या दैनिक रुपमा बृद्धि हुँदै गएको छ । पछिल्लो २४ घण्टामा ४८ हजार ९१६ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएको भारतको केन्द्रिय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले शनिबार जानाकारी दिएको छ ।

भारतमा अहिलेसम्म कोरोनाबाट सङ्क्रमित भएकाहरुको कुल संख्या १३ लाख ३६ हजार ८६१ पुगेको छ । ती मध्ये चार लाख ५६ हजार ७१ जना अझै पनि सङ्क्रमित अवस्थामै रहेका छन् भने अरु आठ लाख ४९ हजार ४३१ जना सङ्क्रणमुक्त भइसकेका छन् ।

त्यसैगरी पछिल्लो २४ घण्टामा भारतमा कोरोनाबाट सङ्क्रमित भएर ७५७ जनाको मृत्यु भएको छ । योसँगै कुल मृतकको संख्या ३१ हजार ३५८ पुगेको अधिकारीहरुले जनाएका छन् ।

प्रदेश अनुसार हेर्दा सवैभन्दा धेरै महाराष्ट्र राज्यमा तीन लाख ५७ हजार सङ्क्रमित भएका छन् । त्यसैगरी तमिल नाडुमा एक लाख ९९ हजार ७४९ जना र दिल्ली राज्यमा एक लाख २८ हजार ३८९ जना सङ्क्रमित भएका छन् ।

प्रकाशित मिति : १० श्रावण २०७७, शनिबार  ३ : ५२ बजे

कालिका कप २०८२ : भलिवल र कबड्डीमा नकआउट चरणका खेल सकिए

बुटवल । कालिका मानवज्ञान माविको ६५ औ बार्षिक उत्सवको अवसरमा

जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले जेनजी आन्दोलनका क्रममा सुन्धारा कारागारबाट भागेका

एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित

काठमाडौँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनले समसामयिक विषयमा

तदर्थ समिति गठन गर्ने सहमति पछि वरिष्ठ अधिवक्ता गुप्ताले तोड आमरण अनशन

नेपालगन्ज । अदालतको आदेश कार्यान्वयन नगरिएको भन्दै कार्यान्वयनको माग राखेर

निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु हो : अर्थमन्त्री रामेश्वर खनाल

बुटवल । अर्थमन्त्री रामेश्वर खनालले अहिलेको संकट समाधान गर्न निर्वाचनको