१९ फाल्गुन २०८२, मंगलबार | March 3, 2026

रातो मच्छिन्द्रनाथको रथारोहण सम्पन्न, रथ तान्ने मिति अझै अनिश्चित



काठमाडौं । पाटनको तः बहाल स्थित सत्तलमा राखिएको रातो मछिन्द्रनाथलाई आज रथारोहण गराईएको छ । सत्तलबाट निकालेर खटमा राखेर नगर परिक्रमा गराउँदै पुल्चोकमा बनाइएको रथमा राथारोहण गराईएको हो । ‘वर्षा र सहकाल’का देवताकारुपमा धार्मिक बिश्वास रहेको रातो मच्छिन्द्रनाथको रथारोहण हरेक वर्ष वैशाख शुक्ल प्रतिबपदाबाट सुरु हुने भएपनि यस वर्ष भने कोभिड १९ का कारण पछाडी सारिएको थियो ।

नागपञ्चमीके साईत पारेर दिउँसो सवा १२ बजेको शुभसाइतमा मच्छिन्द्रनाथलाई रथारोहण गराईएको थियो । रातो मच्छिन्द्रनाथको रथारोहण यात्रालाई काठमाडौं उपत्यकाको सबैभन्दा लामो रथजात्राका रुपमा लिने गरिन्छ ।

नेवारी तिथि अनुसार वैशाख १२ गते रथारोहण गर्नुपर्नेभएपनि कोरोनाका कारण यो वर्ष सम्भव नभएको रातो मच्छिन्द्रनाथका मुख्य पुजारी कमलराज बज्राचार्यले बताए । पुजारीहरुको समूहले असार २४ गते साइत हेरेर रथारोहण गराउने निर्णय गरेपनि जारी लकडाउन र कोरोनाको महामारी नघटेको भन्दै स्थगित गरिएको थियो । समुदायमा यस वर्ष रथयात्रा नै नहुने हो कि भन्ने आशंकालाई चिर्दै आज रातो मच्छिन्द्रनाथको रथारोहण भएको छ ।

लिच्छवीकालदेखि निरन्तर चल्दै आएको जात्रामा रथारोहणको अन्तिम साइज आज परेकाले आज नै रथारोहण गरिएको पुजारी बज्राचार्यले बताए । शनिबार रथारोहण गरिएपनि रथ कहिले तान्ने भन्ने निर्णय भने नगरिएको उनले जानकारी दिए ।

रथारोहणमा सामाजिक दुरी कायम गर्दै २० जनाभन्दा बढीलाई सहभागि नगराइने बताईएपनि परम्परालाई निरन्तरता दिंदै स्थानीय स्वस्फुर्त रथयात्रामा सहभागि बनेका थिए ।

प्रकाशित मिति : १० श्रावण २०७७, शनिबार  ४ : २२ बजे

फागुन २१ मा चुनाव हुन नसक्ने भविश्यवाणी गर्ने ज्योतिष पक्राउ

काठमाडौं । निर्वाचन विरोधी अभिव्क्ति दिने एक ज्योतिषलाई प्रहरीले पक्राउ

प्रतिनिधिसभा निर्वाचन : वीर अस्पतालमा द्रुत कार्यदल गठन

काठमाडौँ । चिकित्सा विज्ञान प्रतिष्ठान (वीर अस्पताल)ले यही फागुन २१

खाना बनाउँदा बेहोस भएका निर्वाचन प्रहरीको मृत्यु

महेन्द्रनगर । कञ्चनपुर निर्वाचन प्रहरीसहित दुई जनाको मृत्यु भएको छ

सोविता गौतमले आदिवासी जनजातिमाथि लाञ्छना लगाएको भन्दै जनजाति महासंघको आपत्ति

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की नेतृ तथा चितवन क्षेत्र

भक्तपुरबाट हतियारसहित एक जना पक्राउ

भक्तपुर । सशस्त्र प्रहरी बल इन्टेलिजेन्ट ब्यूरोको टोलीले सूर्यविनायक नगरपालिका–८